काठमाडौं । सरकारले नयाँ बन्ने सङ्घीय निजामती सेवा ऐनमार्फत सबै निजामती कर्मचारीलाई तहगत प्रणालीमा लैजाने भएको छ । सबै कर्मचारीलाई एउटै प्रणालीमा राख्ने गरी श्रेणीगत प्रणाली हटाएर तहगत प्रणाली बनाउन लागेको हो । अहिले सङ्घमा कार्यरत स्वास्थ्य सेवाबाहेक सबै कर्मचारी श्रेणीगत, प्रदेश र स्थानीय तहमा कार्यरत कर्मचारीको तहगत प्रणाली कायम छ ।
सङ्घ, प्रदेश र स्थानीय तहमा कार्यरत कर्मचारीलाई एउटै वर्गमा राख्ने गरी श्रेणीगत प्रणालीलाई हटाएर तहगत प्रणालीमा राख्ने गृहकार्य भएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।
अहिले ऐन ल्याउनका लागि मन्त्रालयले विभिन्न सरोकारवालासँग छलफल गरी आएका सुझावलाई एकीकृत रूपमा मस्यौदा तयार गरिरहेको छ । मन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङले ऐनको सन्दर्भमा मन्त्रालयले विभिन्न पक्षसँग छलफल गर्दा विभिन्न सुझाव आएको र टे«ड युनियनले तहगत प्रणालीमा नै जानका लागि अलि बढी सुझाव दिएको बताउनुभयो ।
सबै कर्मचारीबीच एउटै प्रणाली राख्दा कुनै पनि कर्मचारीबीच विभेद भएको महसुस नहुने, कर्मचारीको मनोबल उच्च भई सेवा प्रवाहमा समेत गुणस्तरीयता आउने अपेक्षा मन्त्रालयले गरेको छ । अन्तर्राष्ट्रिय अभ्यास पनि तहगतमा नै भएकाले सरकारले ऐनमार्फत सबै कर्मचारीलाई तहगत प्रणालीमा लैजाने तयारी गरेको मन्त्रालयले जनाएको छ ।
नेपाल निजामती कर्मचारी सङ्गठनका अध्यक्ष लेखनाथ कोइरालाले मन्त्रालयले आफूहरूसँग छलफल गर्दा तीनै तहमा कार्यरत कर्मचारीलाई तहगत प्रणालीमा नै जान सुझाव दिएको बताए । उनले भने, “सरकारले श्रेणीभित्र तहगत बनाउने गरी छलफल अगाडि बढाएको तर सबै कर्मचारी सङ्गठनले श्रेणी हटाएर तहगत प्रणाली बनाउन सुझाव दिएका छौँ ।” यो समाचार गोरखापत्र दैनिकमा छ ।
काठमाडौं । चर्चित रेस्टुरेन्ट सेकुवा बाई किलोले भोटेकोशी बाढीबाट प्रभावित परिवारहरूको सहयोगका लागि रु. २० लाख ११ हजार १ सय ११ सहयोग गरेको छ...
काठमाडौँ । नेपाल प्रहरीले विपद्का बेला राहत सामग्री सुरक्षाकर्मीले आफैँले लिएको, वितरण नगरेको वा सामग्री सड्न दिएको भन्ने आशयका सामाजिक सञ्जालमा फैलाइएका सूचना भ्रामक...
काठमाडौं । ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गरी शंकास्पद गतिविधिमा सङ्लग्न रहेको अभियोगमा प्रहरीले १० जना बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको छ । विभिन्न होटल तथा...
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौँ। रसुवाको गोसाईंकुण्ड गाउँपालिका–५ रोङ्गा स्थित रसुवा भोटेकोशी जलविद्युत आयोजनाको टनेलमा एक जनाको शव भेटिएको छ। ड्रोन प्रयोग गरेर खोज तथा उद्धार गर्दा एक जनाको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend