Nepal Face
  • शुक्रबार, २ असोज २०८३
  • उद्योगीलाई जानकारी नदिई ५० करोडभन्दा कम पूँजीका फाइल सुटुक्क प्रदेशमा पठाउँदै


    आइतबार, जेष्ठ ३ २०८३
    945
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । उद्योग बिभागले ५० करोडभन्दा कम पूँजी भएका उद्योगहरुको फाइल धमाधम प्रदेशमा पठाउन थालेको छ ।

    सम्बन्धित उद्योगी र निजी क्षेत्रका संघ संस्थाहरुलाई थाहा पत्तो नै नदिई धमाधम प्रदेशमा फाइल पठाउन थालेपछि उद्योगीहरु आक्रोशित बनेका छन् । प्रदेश अन्तर्गत रहेका उद्योग दर्ता र नियमन गर्ने निकायहरु राम्रोसँग संचालन नभइसकेको अवस्थामा संघबाट पठाइएका फाइल सम्बन्धी उद्योगीहरुको काम सहजै हुन सक्नेमा आशंका उत्पन्न भएको छ ।

    प्रदेशका उद्योग मन्त्रालय मातहत उद्योग निर्देशनालय लगायतका कार्यालयहरुमा उपयुक्त जनशक्ति ब्यवस्थापन हुन नसकिरहेको अवस्थामा दबाबमा संघले जबर्जस्ती फाइलहरु पठाइएको छ ।

    उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवको दबाबमा उद्योग बिभागका महानिर्देशक जितेन्द्र बस्नेतले फाइलहरु प्रदेश अन्तर्गत पठाएका छन् । महानिर्देशकको निर्देशनबमोजिम धमाधम ५० करोडभन्दा कम पूँजीका फाइलहरु संकलन गरी प्रदेशमा पठाउने क्रम सुरु भएको छ । यसरी पठाउँदा ७० प्रतिशत भन्दा बढी फाइलहरु प्रदेशतिर जानेछन् ।

    उद्योग मन्त्री मधेश प्रदेशकै हुनु, मधेश प्रदेशकै उद्योग मन्त्रालय अन्तर्गतका उद्योग बिभागका महानिर्देशक सुशीलकुमार साहको अगुवाइमा फाइलहरु प्रदेशतिर पठाउने क्रम सुरु भएको हो । साहले अन्य प्रदेशका उद्योग मन्त्रालय र बिभागका महानिर्देशकहरुलाई समेत दबाब दिन लगाएपछि उद्योग मन्त्री गौरीले फाइलहरु तत्काल पठाउने निर्देशन दिएकी थिइन् ।

    उद्योग बिभागको ठूलो संरचनामा समेत उद्योगीहरुको समस्या समाधान गर्न नसकिरहेको अवस्थामा प्रदेशतिर फाइल पठाएपछि उद्योगीहरुले ठूलो समस्या झेल्नुपर्ने अवस्था छ । कुनै पनि प्रदेशमा उद्योगको संरचनामा प्राबिधिक र प्रशासनिक जनशक्तिको ठूलो अभाव रहेको छ । पदपूर्ति हुन सकिरहेको छैन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार