काठमाडौं । उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले आफ्नो भूमिका देखाउन सकेकी छैनन् । मन्त्री हुने कल्पनासमेत नगरेकी गौरीलाई प्रधानमन्त्री वालेन्द्र शाहले थेग्नै नसक्ने उद्योग मन्त्रालयको भारी बोकाएको चर्चा उनलाई नजिकबाट चिन्नेहरुले गरेका थिए ।
उद्योग मन्त्रालयमा बहाली गर्नेबित्तिकै बिचौलिया निषेध गर्ने अभिब्यक्ति दिएर कर्मचारीका अगाडि आफ्नै स्तर देखाउने काम गरेकी थिइन् । मन्त्रालय मातहतका बिभागीय कर्मचारी, संस्थान र समितिका प्रमुखहरुले भरिभराउ हलमा गौरीले उद्योग ब्यवसाय प्रबद्र्धनका लागि प्रेरणामूलक अभिब्यक्ति दिने अपेक्षा राखिएको थियो । राति साढे ९ बजेसम्म प्रतिक्षा गरेका बहाली कार्यक्रममै कर्मचारीहरुलाई निराश बनाउने काम उनले गरेकी थिइन् ।
मन्त्रालय स्रोतका अनुसार आजसम्म मन्त्रालयका औपचारिक बैठक र कार्यक्रमहरुमा मन्त्री गौरीले उपस्थिति जनाउनेबाहेक ठोस निर्देशनात्मक सम्बोधन गरेको नजीर छैन । मन्त्री गौरी बिहान ९ बजे नै मन्त्रालय आउने, बेलुका साँझसम्म बसे पनि कर्मचारीले समेत उनलाई भेट्न बडो मुस्किल पर्ने गरेको छ । निजी क्षेत्रका पेशागत संघ संगठनका प्रतिनिधिहरुले भेट्न समय माग्दा नपाएको गुनासो ब्याप्त छ ।
सचिवालयका कर्मचारीले मन्त्रीज्यूको समय छैन भन्दै निजी क्षेत्रका उद्योगी–ब्यवसायी संघ संस्थाका प्रतिनिधिहरुलाई फर्काएर निराश बनाउने काम गरेका छन् । उद्योग मन्त्रीले नै निजी क्षेत्रका प्रतिनिधिलाई भेटेर गुनासो सुन्ने परिस्थिति नभएपछि नेपालमा उद्योग ब्यवसायको प्रबद्र्धन कसरी हुन्छ ? लगानीकर्ता कसरी उत्साहित हुन्छन् भन्ने गम्भीर प्रश्न खडा भएको छ ।
मन्त्री यादवले मन्त्रालय सम्हालेपछि बिदेशी लगानी गर्न चाहनेहरु ह्वात्तै घटेका छन् । स्वदेशी उद्योग दर्ताको संख्या उल्लेख्य रुपमा घटिसकेको छ । उद्योग बिभाग र कम्पनी रजिष्ट्रार कार्यालयका कर्मचारीहरु मन्त्री गौरीबाट माग भएका कागजातहरुको जवाफ दिंदै हैरान छन् । ठोस काम हुनसकेको छैन ।
मन्त्री कमजोर भएपछि प्रधानमन्त्री वालेन्द्रको सचिवालयले समेत उद्योग मन्त्रालयका कामकारबाहीमा प्रत्यक्ष निगरानी गर्दैआएको छ । दोहोरिएर उद्योग मन्त्रालयको प्रशासनिक नेतृत्त्व गर्न आएका सचिव कृष्णबहादुर राउतले बाणिज्य तथा आपूर्ति सचिवको समेत जिम्मेवारी सम्हाल्दैआएका छन् ।
मन्त्रीमा बिषयबस्तुको ज्ञान नभएकाले सचिव राउतले त्यसको भरपूर लाभ उठाइरहेको आरोप छ । कर्मचारी सरुवामा मन्त्रीको नाम लिंदै सचिव राउतले फाइदा र आफ्ना निकटहरुलाई धमाधम महत्वपूर्ण शाखामा खटाउन पाएका छन् ।
जेनजी आन्दोलनमा उद्योग ब्यवसायमाथि भएको आगजनी र रास्वपा नेतृत्वको सरकार बनेपछि इतिहासमै उद्योग ब्यवसाय र निजी क्षेत्र निराश छ । नयाँ सरकारले गौरीलाई मन्त्री बनाएपछि निजी क्षेत्रमा उत्साह जाग्ने विश्वास गरिएको थियो । तर लगानीकर्ताहरु हतोत्साही बनाउने काममात्र भइरहेको छ । यतिसम्म कि निराशा बोकेर हिंडेको निजी क्षेत्रलाई संँगसँगै लिएर अगाडि बढ्नुपर्नेमा मन्त्री यादवले भेटसम्म नदिएर थप निराश बनाउने काम गरेको आरोप छ । जानकारहरुका अनुसार मन्त्रीका रुपमा गौरीलाई कायमै राख्ने हो भने आगामी ३ महिनाभित्रै उद्योग ब्यवसायको अवस्था झन् नाजुक हुँदै जाने निश्चित छ ।
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा मुद्दा सेटिङमा मात्र होइन, सहरी विकास तथा भवन बिभागले निर्माण गर्नुपर्ने सर्वोच्च अदालतको भवनको ठेक्का सेटिङको बिषयमा पनि छानबिनमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend