काठमाडौं । उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले आफ्नो भूमिका देखाउन सकेकी छैनन् । मन्त्री हुने कल्पनासमेत नगरेकी गौरीलाई प्रधानमन्त्री वालेन्द्र शाहले थेग्नै नसक्ने उद्योग मन्त्रालयको भारी बोकाएको चर्चा उनलाई नजिकबाट चिन्नेहरुले गरेका थिए ।
उद्योग मन्त्रालयमा बहाली गर्नेबित्तिकै बिचौलिया निषेध गर्ने अभिब्यक्ति दिएर कर्मचारीका अगाडि आफ्नै स्तर देखाउने काम गरेकी थिइन् । मन्त्रालय मातहतका बिभागीय कर्मचारी, संस्थान र समितिका प्रमुखहरुले भरिभराउ हलमा गौरीले उद्योग ब्यवसाय प्रबद्र्धनका लागि प्रेरणामूलक अभिब्यक्ति दिने अपेक्षा राखिएको थियो । राति साढे ९ बजेसम्म प्रतिक्षा गरेका बहाली कार्यक्रममै कर्मचारीहरुलाई निराश बनाउने काम उनले गरेकी थिइन् ।
मन्त्रालय स्रोतका अनुसार आजसम्म मन्त्रालयका औपचारिक बैठक र कार्यक्रमहरुमा मन्त्री गौरीले उपस्थिति जनाउनेबाहेक ठोस निर्देशनात्मक सम्बोधन गरेको नजीर छैन । मन्त्री गौरी बिहान ९ बजे नै मन्त्रालय आउने, बेलुका साँझसम्म बसे पनि कर्मचारीले समेत उनलाई भेट्न बडो मुस्किल पर्ने गरेको छ । निजी क्षेत्रका पेशागत संघ संगठनका प्रतिनिधिहरुले भेट्न समय माग्दा नपाएको गुनासो ब्याप्त छ ।
सचिवालयका कर्मचारीले मन्त्रीज्यूको समय छैन भन्दै निजी क्षेत्रका उद्योगी–ब्यवसायी संघ संस्थाका प्रतिनिधिहरुलाई फर्काएर निराश बनाउने काम गरेका छन् । उद्योग मन्त्रीले नै निजी क्षेत्रका प्रतिनिधिलाई भेटेर गुनासो सुन्ने परिस्थिति नभएपछि नेपालमा उद्योग ब्यवसायको प्रबद्र्धन कसरी हुन्छ ? लगानीकर्ता कसरी उत्साहित हुन्छन् भन्ने गम्भीर प्रश्न खडा भएको छ ।
मन्त्री यादवले मन्त्रालय सम्हालेपछि बिदेशी लगानी गर्न चाहनेहरु ह्वात्तै घटेका छन् । स्वदेशी उद्योग दर्ताको संख्या उल्लेख्य रुपमा घटिसकेको छ । उद्योग बिभाग र कम्पनी रजिष्ट्रार कार्यालयका कर्मचारीहरु मन्त्री गौरीबाट माग भएका कागजातहरुको जवाफ दिंदै हैरान छन् । ठोस काम हुनसकेको छैन ।
मन्त्री कमजोर भएपछि प्रधानमन्त्री वालेन्द्रको सचिवालयले समेत उद्योग मन्त्रालयका कामकारबाहीमा प्रत्यक्ष निगरानी गर्दैआएको छ । दोहोरिएर उद्योग मन्त्रालयको प्रशासनिक नेतृत्त्व गर्न आएका सचिव कृष्णबहादुर राउतले बाणिज्य तथा आपूर्ति सचिवको समेत जिम्मेवारी सम्हाल्दैआएका छन् ।
मन्त्रीमा बिषयबस्तुको ज्ञान नभएकाले सचिव राउतले त्यसको भरपूर लाभ उठाइरहेको आरोप छ । कर्मचारी सरुवामा मन्त्रीको नाम लिंदै सचिव राउतले फाइदा र आफ्ना निकटहरुलाई धमाधम महत्वपूर्ण शाखामा खटाउन पाएका छन् ।
जेनजी आन्दोलनमा उद्योग ब्यवसायमाथि भएको आगजनी र रास्वपा नेतृत्वको सरकार बनेपछि इतिहासमै उद्योग ब्यवसाय र निजी क्षेत्र निराश छ । नयाँ सरकारले गौरीलाई मन्त्री बनाएपछि निजी क्षेत्रमा उत्साह जाग्ने विश्वास गरिएको थियो । तर लगानीकर्ताहरु हतोत्साही बनाउने काममात्र भइरहेको छ । यतिसम्म कि निराशा बोकेर हिंडेको निजी क्षेत्रलाई संँगसँगै लिएर अगाडि बढ्नुपर्नेमा मन्त्री यादवले भेटसम्म नदिएर थप निराश बनाउने काम गरेको आरोप छ । जानकारहरुका अनुसार मन्त्रीका रुपमा गौरीलाई कायमै राख्ने हो भने आगामी ३ महिनाभित्रै उद्योग ब्यवसायको अवस्था झन् नाजुक हुँदै जाने निश्चित छ ।
काठमाडौं । बाढी प्रभावित रसुवाका बालबालिकालाई कुपोषणको जोखिमबाट जोगाउन स्वास्थ्य सेवा विभागले ३० हजार स्याचेट Ready-to-Use Therapeutic Food (RUTF) रसुवा पठाएको छ । बाढीका कारण...
सुयोग शर्मा भदौ १० गते रसुवामा बाढी आयो । स्वास्थ्यका सबै निकाय परिचालन भए तर एकीकृत र प्रभावकारी हुन सकेनन् । कतै स्वास्थ्य सामग्रीको अभाव...
ललितपुर । कारागारमा रहेका व्यक्तिको निर्देशनमा ठूलो लागूऔषध सञ्जाल सञ्चालन भइरहेको आशंकाबीच सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्यूरोले ललितपुरको च्यासलबाट १७ हजार ४ सय...
काठमाडौं । देशको राजधानी काठमाडौंको टेकूमा रहेको केन्द्रीय जनस्वास्थ्य प्रयोगशाला(सेन्टर ल्याब) को ब्यवस्थापन प्रभावकारी नहुँदा आम नागरिकले दिनहुँ सास्ती ब्यहोर्नुपरेको छ । भरपर्दो र विश्वसनीयका...
काठमाडौं । नेपालमा जापानिज इन्सेफ्लाइटिस (जेई) संक्रमण र यसबाट हुने मृत्युको अवस्था गम्भीर बन्दै गएपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले उच्च जोखिममा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend