काठमाडौं । सांसदहरुले स्वकीय सचिवको सुबिधा पाउने भएका छन् । जेनजी बिद्रोहपछि गठन भएको सुशीला कार्की सरकारले सांसदहरुले स्वकीय सचिव राख्न पाउने ब्यवस्था खारेज गरेको थियो । तत्कालीन अर्थमन्त्री रामेश्वरप्रसाद खनालले उक्त सुविधा खारेज गराउन भूमिका खेलेका थिए ।
सुशासन कायम गर्न उक्त सुविधा खारेज गरेपछि सत्तारुढ रास्वपाकै सांसदहरुले बिरोध गर्दैआएका थिए । रास्वपाका सहमहामन्त्री विपिन आचार्यले नै स्वकीय सचिव सांसदले राख्न पाउनुपर्ने अभिब्यक्ति निर्वाचनमा बिजयी हुनासाथ राख्दैआएका छन् ।
रास्वपाकै सांसदहरुको दाबबमा स्वकीय सचिवको सुबिधाको ब्यवस्था गर्न सभामुख डोलप्रसाद अर्याल नै अग्रसर भएका छन् ।
सांसदहरुलाई स्वकीय सचिवको ब्यवस्था गर्नका लागि संघीय संसद सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिको बैठकले प्रक्रिया अघि बढाइएको छ ।
सोमबार संघीय संसद सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिको बैठक बसेको थियो । उक्त बैठकले संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको स्वकीय सचिवको योग्यता निर्धारण गरी व्यवस्थित गर्ने प्रक्रिया अघि बढाउन सरकारलाई सिफारिस गर्ने निर्णय गरेको हो ।
काठमाडौँ । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित समारोहमा मन्त्री साहलाई...
काठमाडौँ । सरकारले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकबाट भएका विभिन्न निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सिंहदरबारमा पत्रकार सम्मेलनमार्फत...
काठमाडौं । सुनसरी- ४ बाट निर्वाचित रास्वपाका सांसद दीपक कुमार साह उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री सिफारिस भएका छन्। उनको सिफारिस पत्र राष्ट्रपति कार्यालय शितल...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले उद्योग मन्त्रीका लागि सुनसरी-४ का सांसद दीपककुमार साहको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरेका छन्। उद्योग मन्त्री गौरीकुमारी यादवले राजीनामा दिएपछि रिक्त...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरिमोहन भण्डारीले ‘उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति’को सदस्यबाट राजीनामा दिने घोषणा गरेका छन्...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend