Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • प्रधानमन्त्री सुशीला कार्कीज्यूलाई स्मरण पत्र, आईजीपीले हप्कायो भन्न सुहाउला र ?


    बुधबार, चैत्र ४ २०८२
    2.6K
    Shares
    गौरीबहादुर कार्की आयोगको प्रतिवेदन बुझ्दै प्रधानमन्त्री सुशीला कार्की
    नेपाल फेस
  • ६ मिनेट पाठ
  • रेशम पराजुली

    देश इतिहासकै अति संवेदनशील र गम्भीर मोडमा उभिएको होइन लर्खराएर ढल्न लागेको बेलामा तपाईंले शासनको बागडोर सम्हालेर तोकिएकै मितिमा निर्वाचन गराएर ट्रयाक बाहिर गएको देश र संविधानलाई सहिट्याकमा ल्याउन सफल हुनुभयो । यसका लागि एउटा साधारण नागरिकको हैसियतले हार्दिक धन्यवाद तथा उच्च सम्मान व्यक्त गर्न चाहन्छु ।

    तपाईंले सफलताकासाथ सम्पन्न गर्नुभएको निर्वाचनबाट करिव दुई तिहाईको सरकारलाई सत्ता हस्तान्तरण गर्न लाग्नुभएको पूर्वसन्ध्यामा तपाईंले गर्नुभएका केही निर्णय र सार्वजनिक मिडिया तथा सामाजिक सञ्जालमा दिनुभएको अभिव्यक्तिले तपाईंले गर्नुभएको त्याग र योगदानलाई कति छायामा त पार्दैन भन्ने डर पीर चिन्ताले यो स्मरणपत्र लेख्दैछु ।

    तपाईं देशको सर्वेसर्वा पदमा पुगेको व्यक्ति त्यसमा पनि जेनजीहरुको दरो साथ समर्थनबाट बनेको प्रधानमन्त्री हो । प्रधानमन्त्री व्यक्तिमात्र होइन संस्था हो पनि हो । आफ्नै निवासको बैठक कक्षमा आईजीपीले हप्कायो भन्न सुहाउला र ???

    तत्कालीन आईजीपी चन्द्रकुवेर खापुङ गएको कात्तिक २६ गते प्रधानमन्त्री सुशीला कार्कीसँग बिदाइ भेट गर्दै

    तपाईं आन्दोलनको रापतापबाट भर्खरै आएको जेनजीको बालहठलाई चित्त बुझाउनका लागि यदि त्यो समयमा तपाईंले दिएको आदेशले केपी ओलीलाई र लेखकलाई पक्राउ गरेको भए मुलुकमा यसरी निर्वाचन हुने त के कुरा देश द्वन्द्वको चपेटामा पुग्दथ्यो । जे गरे ती आइजीपीले सुझबुझपूर्ण काम गरे । यदि तत्काल पक्राउ गरेको भए कुनै पनि हालतमा एमाले र कांग्रेसले निर्वाचनमा भाग लिने थिएनन् । कसरी निर्वाचनबाट भाग्ने भन्ने हरुवा गोरुको भगुवा दाउ खोज्दै थिए । के निहुँ पाउँ कनिका बुकाउँ भन्दै थिए ।

    यदि समयमा निर्वाचन नभएर बंगलादेशमा जस्तो डेढ बर्षमा भएको भए नयाँ दलको अवस्था बंगलादेशमा जस्तो नहुने कुरै थिएन । आईजीपीले हप्काएर देशलाई ठिक दिशानिर्देश गरेछन नभए देश भड्खालोमा जाने रहेछ । आईजीपीले भनेका थिए त मलाई हटाउनुहोस्, राजीनामा स्वीकृत गर्नुहोस् भनेर । किन नहटाउनु भएको हो ? नेपाली सेनाको दह्रो साथ थियो, एपीएफ पनि छँदै थियो ।

    सबै मानिस सबै कुरामा जानिफकार हुँदैन, तपाईं कानूनको जानिफकार, न्याय क्षेत्रको जानिफकार हुनुहुन्छ, त्यस्तै उहाँ पनि सुरक्षाको जानिफकार हो । उहाँ तत्कालपछि अवकाशमा जानुभयो । त्यसपछि फेरि पक्राउ गरेरको भए हुने ? तपाईंले किन त्यसतर्फ लाग्नुभएन ? तपाईंलाइ पनि राम्रोसँग थाहा थियो । अहिले पक्राउ होइन देशलाई लिकमा ल्याउने बेला हो भनेर ।

    लेखक

    अब पक्राउ गर्नुहोस् न किन छानबिन समितिको प्रतिवेदन पनि गुपचुप राख्नुभएको छ ?

    अव त चुनाव पनि सकियो । दुईतिहाईको सरकार बन्दैछ । एमालेले भनिसक्यो केपी ओलीको सति जान सकिँदैन भनेर । लेखकलाई पनि बदलिएको काग्रेसले काँधमा बोकेर किरा पर्नेगरी हिंड्न सक्दैन ।

    हो, ६ महिना कार्यकारी प्रमुख भएर थाहा पाउनुभयो कि सुरक्षा संवेदनशीलता के हो भनेर ? त्यसैले अहिले पनि गौरीबहादुर कार्की आयोगको प्रतिवेदन सार्वजनिक किन नगरेको भनेर नेपाली बौद्धिक दिर्घाबाट भनिएको छैन नि ।

    त्यसैले हरेक कुराको एउटा उपयुक्त बेला आउँछ । हो, त्यो बेला चिन्नसक्ने हुनु भनेको नै परिपक्वता, व्यवसायिक र अनुभवी हुनु हो ।

    अर्को कुरा गरौं, सिंहदरबारका सचिवहरुले तपाईंलाइ घुमाएको प्रसंगबाट । होला तपाईंको ६ महिने अनुभवबाट गरेको कुरा सत्य होला तर अनुभव व्यक्त गर्ने शैली यो भन्दा अरु नै उपयुक्त थियो होला । आउने कार्यकारी प्रमुखलाई यहाँले गरेको अनुभव र गर्नुपर्ने सुधारको उपायसहितको फेहरिस्त दिएको भए कति वैज्ञानिक हुने थियो होला । सबैको साथ र समर्थनबाट जटिल कार्य पूरा गर्नसक्नुभएको हो ।

    अव अन्तिम घडीमा आएर सबै यस्ता साना साना कुराले तपाईंको प्रतिष्ठामा मात्र आँच आउँछ । प्रश्न पनि उठ्छ, त्यसो भए ती घुमाउने काइते सचिवहरुलाई कारबाहीको प्रक्रिया किन सुरु गर्नुभएन त ? जव प्रधानमन्त्रीले त कारबाही गर्न सक्दैन भने अरुले कस्ले के गरेर होला त ती अटेरी सचिवहरुलाई तह लगाउने ?

    अव कुरा गरौं तपाईंको स्वकीय सचिव आदर्श श्रेष्ठलाई राष्ट्रिय प्रकृतिक संरक्षण कोषको अध्यक्ष पदमा नियुक्ति गरेको र हिजो र अस्तिका सामाजिक सञ्जाल, पत्रपत्रिका तथा सञ्चार माध्यमबाट गरिएको तपाईंको आलोचनाबाट ।

    तपाईं आफैंले भन्नुहोस्, के यो काम न्यायसंगत थियो त ? सुरुमा यिनै सचिवले आफ्नी श्रीमती र सालीलाई नियुक्ति गरेर बदनाम हुनासाथ आम नेपालीले सोचेका थिए कि तपाईंले स्वकीय सचिवबाट हटाउनुहुन्छ तर हटाउनुभएन ।

    सचिवले गरेको गलत कामलाई आंशिक संशोधनमात्र गर्नुभयो । र, हालै आएर उहाँको उचाईले थेग्न नसक्ने पद उपहार दिएर जान लाग्नुभयो । यसले गर्दा तपाईंले जीवनभर निष्ठपूर्वक गरेका काम तथा नातावाद कृपावाद विरुद्धको अभियान नै आफैंमा उपहास बन्न पुगेन र ?

    कृपया यो कामलाई सुधार गरेर जानुहोला । दुनियालाई सधैंभरी भन्ने बाटो नदिनुहोला । जुन जोगी आए पनि कानै चिरेका, नेपालको माटो नै यस्तै कुर्सी नै यस्तै हो कि सद्धे आए पनि बिग्रने । भनिन्छ, नेपालमा सत्तामा पुगेपछि कालो चस्मा लगाइदिन्छन् रे ! त्यो कालो चस्माले आफ्ना नजिकका नातेदार, आसेपासे हुक्के बैठके र नोटमात्र देख्छ रे । यस्तो नहोस् भन्नका लागि यति काम सुधारेर जानुहोस् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार