गौरीबहादुर कार्की आयोगको प्रतिवेदन बुझ्दै प्रधानमन्त्री सुशीला कार्की
रेशम पराजुली
देश इतिहासकै अति संवेदनशील र गम्भीर मोडमा उभिएको होइन लर्खराएर ढल्न लागेको बेलामा तपाईंले शासनको बागडोर सम्हालेर तोकिएकै मितिमा निर्वाचन गराएर ट्रयाक बाहिर गएको देश र संविधानलाई सहिट्याकमा ल्याउन सफल हुनुभयो । यसका लागि एउटा साधारण नागरिकको हैसियतले हार्दिक धन्यवाद तथा उच्च सम्मान व्यक्त गर्न चाहन्छु ।
तपाईंले सफलताकासाथ सम्पन्न गर्नुभएको निर्वाचनबाट करिव दुई तिहाईको सरकारलाई सत्ता हस्तान्तरण गर्न लाग्नुभएको पूर्वसन्ध्यामा तपाईंले गर्नुभएका केही निर्णय र सार्वजनिक मिडिया तथा सामाजिक सञ्जालमा दिनुभएको अभिव्यक्तिले तपाईंले गर्नुभएको त्याग र योगदानलाई कति छायामा त पार्दैन भन्ने डर पीर चिन्ताले यो स्मरणपत्र लेख्दैछु ।
तपाईं देशको सर्वेसर्वा पदमा पुगेको व्यक्ति त्यसमा पनि जेनजीहरुको दरो साथ समर्थनबाट बनेको प्रधानमन्त्री हो । प्रधानमन्त्री व्यक्तिमात्र होइन संस्था हो पनि हो । आफ्नै निवासको बैठक कक्षमा आईजीपीले हप्कायो भन्न सुहाउला र ???

तपाईं आन्दोलनको रापतापबाट भर्खरै आएको जेनजीको बालहठलाई चित्त बुझाउनका लागि यदि त्यो समयमा तपाईंले दिएको आदेशले केपी ओलीलाई र लेखकलाई पक्राउ गरेको भए मुलुकमा यसरी निर्वाचन हुने त के कुरा देश द्वन्द्वको चपेटामा पुग्दथ्यो । जे गरे ती आइजीपीले सुझबुझपूर्ण काम गरे । यदि तत्काल पक्राउ गरेको भए कुनै पनि हालतमा एमाले र कांग्रेसले निर्वाचनमा भाग लिने थिएनन् । कसरी निर्वाचनबाट भाग्ने भन्ने हरुवा गोरुको भगुवा दाउ खोज्दै थिए । के निहुँ पाउँ कनिका बुकाउँ भन्दै थिए ।
यदि समयमा निर्वाचन नभएर बंगलादेशमा जस्तो डेढ बर्षमा भएको भए नयाँ दलको अवस्था बंगलादेशमा जस्तो नहुने कुरै थिएन । आईजीपीले हप्काएर देशलाई ठिक दिशानिर्देश गरेछन नभए देश भड्खालोमा जाने रहेछ । आईजीपीले भनेका थिए त मलाई हटाउनुहोस्, राजीनामा स्वीकृत गर्नुहोस् भनेर । किन नहटाउनु भएको हो ? नेपाली सेनाको दह्रो साथ थियो, एपीएफ पनि छँदै थियो ।
सबै मानिस सबै कुरामा जानिफकार हुँदैन, तपाईं कानूनको जानिफकार, न्याय क्षेत्रको जानिफकार हुनुहुन्छ, त्यस्तै उहाँ पनि सुरक्षाको जानिफकार हो । उहाँ तत्कालपछि अवकाशमा जानुभयो । त्यसपछि फेरि पक्राउ गरेरको भए हुने ? तपाईंले किन त्यसतर्फ लाग्नुभएन ? तपाईंलाइ पनि राम्रोसँग थाहा थियो । अहिले पक्राउ होइन देशलाई लिकमा ल्याउने बेला हो भनेर ।

अब पक्राउ गर्नुहोस् न किन छानबिन समितिको प्रतिवेदन पनि गुपचुप राख्नुभएको छ ?
अव त चुनाव पनि सकियो । दुईतिहाईको सरकार बन्दैछ । एमालेले भनिसक्यो केपी ओलीको सति जान सकिँदैन भनेर । लेखकलाई पनि बदलिएको काग्रेसले काँधमा बोकेर किरा पर्नेगरी हिंड्न सक्दैन ।
हो, ६ महिना कार्यकारी प्रमुख भएर थाहा पाउनुभयो कि सुरक्षा संवेदनशीलता के हो भनेर ? त्यसैले अहिले पनि गौरीबहादुर कार्की आयोगको प्रतिवेदन सार्वजनिक किन नगरेको भनेर नेपाली बौद्धिक दिर्घाबाट भनिएको छैन नि ।
त्यसैले हरेक कुराको एउटा उपयुक्त बेला आउँछ । हो, त्यो बेला चिन्नसक्ने हुनु भनेको नै परिपक्वता, व्यवसायिक र अनुभवी हुनु हो ।
अर्को कुरा गरौं, सिंहदरबारका सचिवहरुले तपाईंलाइ घुमाएको प्रसंगबाट । होला तपाईंको ६ महिने अनुभवबाट गरेको कुरा सत्य होला तर अनुभव व्यक्त गर्ने शैली यो भन्दा अरु नै उपयुक्त थियो होला । आउने कार्यकारी प्रमुखलाई यहाँले गरेको अनुभव र गर्नुपर्ने सुधारको उपायसहितको फेहरिस्त दिएको भए कति वैज्ञानिक हुने थियो होला । सबैको साथ र समर्थनबाट जटिल कार्य पूरा गर्नसक्नुभएको हो ।
अव अन्तिम घडीमा आएर सबै यस्ता साना साना कुराले तपाईंको प्रतिष्ठामा मात्र आँच आउँछ । प्रश्न पनि उठ्छ, त्यसो भए ती घुमाउने काइते सचिवहरुलाई कारबाहीको प्रक्रिया किन सुरु गर्नुभएन त ? जव प्रधानमन्त्रीले त कारबाही गर्न सक्दैन भने अरुले कस्ले के गरेर होला त ती अटेरी सचिवहरुलाई तह लगाउने ?
अव कुरा गरौं तपाईंको स्वकीय सचिव आदर्श श्रेष्ठलाई राष्ट्रिय प्रकृतिक संरक्षण कोषको अध्यक्ष पदमा नियुक्ति गरेको र हिजो र अस्तिका सामाजिक सञ्जाल, पत्रपत्रिका तथा सञ्चार माध्यमबाट गरिएको तपाईंको आलोचनाबाट ।
तपाईं आफैंले भन्नुहोस्, के यो काम न्यायसंगत थियो त ? सुरुमा यिनै सचिवले आफ्नी श्रीमती र सालीलाई नियुक्ति गरेर बदनाम हुनासाथ आम नेपालीले सोचेका थिए कि तपाईंले स्वकीय सचिवबाट हटाउनुहुन्छ तर हटाउनुभएन ।
सचिवले गरेको गलत कामलाई आंशिक संशोधनमात्र गर्नुभयो । र, हालै आएर उहाँको उचाईले थेग्न नसक्ने पद उपहार दिएर जान लाग्नुभयो । यसले गर्दा तपाईंले जीवनभर निष्ठपूर्वक गरेका काम तथा नातावाद कृपावाद विरुद्धको अभियान नै आफैंमा उपहास बन्न पुगेन र ?
कृपया यो कामलाई सुधार गरेर जानुहोला । दुनियालाई सधैंभरी भन्ने बाटो नदिनुहोला । जुन जोगी आए पनि कानै चिरेका, नेपालको माटो नै यस्तै कुर्सी नै यस्तै हो कि सद्धे आए पनि बिग्रने । भनिन्छ, नेपालमा सत्तामा पुगेपछि कालो चस्मा लगाइदिन्छन् रे ! त्यो कालो चस्माले आफ्ना नजिकका नातेदार, आसेपासे हुक्के बैठके र नोटमात्र देख्छ रे । यस्तो नहोस् भन्नका लागि यति काम सुधारेर जानुहोस् ।
काठमाडौं । बाढी प्रभावित रसुवाका बालबालिकालाई कुपोषणको जोखिमबाट जोगाउन स्वास्थ्य सेवा विभागले ३० हजार स्याचेट Ready-to-Use Therapeutic Food (RUTF) रसुवा पठाएको छ । बाढीका कारण...
सुयोग शर्मा भदौ १० गते रसुवामा बाढी आयो । स्वास्थ्यका सबै निकाय परिचालन भए तर एकीकृत र प्रभावकारी हुन सकेनन् । कतै स्वास्थ्य सामग्रीको अभाव...
ललितपुर । कारागारमा रहेका व्यक्तिको निर्देशनमा ठूलो लागूऔषध सञ्जाल सञ्चालन भइरहेको आशंकाबीच सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्यूरोले ललितपुरको च्यासलबाट १७ हजार ४ सय...
काठमाडौं । देशको राजधानी काठमाडौंको टेकूमा रहेको केन्द्रीय जनस्वास्थ्य प्रयोगशाला(सेन्टर ल्याब) को ब्यवस्थापन प्रभावकारी नहुँदा आम नागरिकले दिनहुँ सास्ती ब्यहोर्नुपरेको छ । भरपर्दो र विश्वसनीयका...
काठमाडौं । नेपालमा जापानिज इन्सेफ्लाइटिस (जेई) संक्रमण र यसबाट हुने मृत्युको अवस्था गम्भीर बन्दै गएपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले उच्च जोखिममा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend