काठमाडौं । मुख्यसचिवका दाबेदारका रुपमा रहेका सचिव मधुसुदन बुर्लाकोटी मन्त्रालय नटेकी बिदा हुने तयारीमा छन् । कसैलाई खातैखात कसैलाई पुर्पुरामा हात भनेझैं बुर्लाकोटीलाई मन्त्रालयमा टेक्नै नदिने, अर्का सचिव मुकुन्द निरौलाले भने रोजीरोजी छानीछानी मन्त्रालयको जिम्मेवारी पाउँदैआएका छन् ।
प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख स्वकीय सचिव आदर्श श्रेष्ठसँग सेटिङ मिलाएर निरौला संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा भएको स्रोतको दाबी छ । स्रोतका अनुसार नेपाल वायुसेवा निगमको प्रमुख र पशुपति विकास कोषको सदस्य सचिव लगायतका नियुक्ति आदर्शले भनेका ब्यक्तिहरुलाई गर्ने सर्तमा उनलाई पर्यटनमा लगिएको हो ।
जेनजी आन्दोलनपछि गठित नागरिक सरकारले सुशासनका पक्षमा काम गर्ने र कर्मचारी प्रशासनमा पनि बिभेद नगर्ने, यसअघि दल नेतृत्वका सरकारले अन्याय गरेका कर्मचारीलाई न्याय दिने आशा गरिएको थियो । तर जेनजी आन्दोलनको भावनाबिपरीत दलहरुका सरकारका पालामा एकपछि अर्को मन्त्रालयमा रजगज गरेका सचिवहरुले नै झन् राम्रो मन्त्रालयको जिम्मा पाउन थालेका छन् । तर दलीय सरकारको कोपभाजनमा परेका बुर्लाकोटीजस्ता सचिवहरु सधैं अपमानित हुनुपरेको छ ।
५ बर्षे सचिवको कार्यकाल बिताएर केही महिनापछि बिदा हुने तयारीमा रहेका बुर्लाकोटीले बढुवा भएदेखि अहिलेसम्म ६ महिना पनि मन्त्रालयमा काम गर्ने अवसर पाएका छैनन् ।
भ्रष्टाचार बिरोधी छवि बनाएका र मन्त्री र बिचौलियाका स्वार्थअनुसार निर्णय नगर्ने हक्की स्वभावका बुर्लाकोटी नागरिक सरकारमा मुख्यसचिव नै हुनलायक पात्र थिए । यसका लागि उनले प्रधानमन्त्री सुशीला कार्की र केही मन्त्रीहरुलाई आफू मुख्यसचिव प्रशासन सुधारका खाका नै प्रस्तुत गरेका थिए । तर सुमन अर्याललाई ७ महिने मुख्यसचिवमा बढुवा गरी अवसर दिने सरकारको कार्यले गर्दा बुर्लाकोटी छायाँमा परे ।
अर्याल बढुवा भएपछि धेरैले बुर्लाकोटीले कुनै मन्त्रालयको प्रशासनिक नेतृत्व पाउने अपेक्षा गरेका थिए । तर उनलाई तथ्यांक कार्यालयमा सीमित गरियो । उनको ५ बर्षे कार्यकालमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रशासनमा ३ महिना र बाणिज्य सचिवका रुपमा ३ महिनाबाहेक कुनै मन्त्रालयमा नेतृत्व गर्ने अवसर पाएनन् ।
तर, उनीभन्दा पछि सचिवमा बढुवा भएका, सहसचिव हुँदा पनि सधैं आकर्षक कार्यालय र मन्त्रालयमा मौका पाएका मुकुन्द निरौला भने केही महिना बागमती प्रदेशको प्रमुख सचिवबाहेक प्रायः एकपछि अर्को मन्त्रालय र कार्यालयको जिम्मेवारी पाउँदैआएका छन् ।
उद्योग सचिवका रुपमा १ बर्षभन्दा बढी समय काम गरेका उनले त्यहाँपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा जाने अवसर पाए । सामान्यमा हुँदा कर्मचारी सरुवामा भित्र्याएको संस्थागत लेनदेनको बिकृति कर्मचारीहरुले बिर्सन सकेका छैनन् । उनी सामान्य सचिव हुँदा बिशेष गरी मधेश र काठमाडौं उपत्यकाका पालिकाकाप्रमुख प्रशासकीय अधिकृतहरु सरुवामा खुलेआम मोलतोलगरेको दृश्य जोकसैले भुल्न सक्दैन । दररेट नै तोकेर सरुवा गर्ने र निमित्त दिने प्रचलन स्थानीय तहमा चरम बेथिति सृजना भएको थियो । जुन अहिलेसम्म हट्न सकेको छैन ।
सामान्यमा हुँदा विवादैविवादमा परेका निरौलालाई तत्कालीन श्रम तथा रोजगार मन्त्री शरतसिंह भण्डारीले सेटिङका लागि रोजेरै लगेका थिए । १ सय कामदार पनि नपठाउने म्यानपावर कम्पनी नवीकरण गर्न नमिल्ने नियम हुँदाहुँदै निरौलाले अन्तिम पटक भन्दै दररेट असुलेर नवीकरण गरेका थिए । १ सय कामदार नपठाउने म्यानपावर कम्पनीहरुसँग करोडौं असुली गरेको उजुरी प्रधानमन्त्री कार्यालयमा परेपछि उनलाई सार्वजनिक खरिद अनुगमन कार्यालयमा पठाइएको थियो ।
भ्रष्टाचार गर्नेले छाल गनेर पनि खान्छ भनेझैं खरिद अनुगमनमा ठूला टेण्डरमा प्रक्रिया नपुगेको, स्पेकमा मिलेमतो भएको कृत्रिम बखेडा निकालेर समेत कुस्त कमाउधन्दा संचालन गरेको आरोप छ ।
प्रदेशका मन्त्रालयमातहतबाट भएका ठेक्कामा समेत उनले चलखेल गरेको आरोप छ । देशभरको सार्वजनिक खरिदको नियमन गर्न गठित उक्त कार्यालयलाई निरौलाले कमाउअड्डाका रुपमा परिणत गरेको आरोप छ । चालु आर्थिक बर्षको नेपाल प्रहरीको ठेक्कामा भएको अनियमितताको उजुरीमा समेत ठेकेदारहरुसँग सेटिङ गरेको आरोप उनीमाथि छ । ठेक्कामा अनियमितता भएको उजुरीमा निरौलाले एक्सन नलिई केही नभएको भन्दै सामसुम पारी लाभ लिएको आरोप छ । जुन ठेक्का गृहमन्त्री ओमप्रकाश अर्यालको निर्देशनपछि रद्द भइसकेको छ ।
कारबाही गर्नुपर्ने सचिव निरौलाले उल्टै प्रधानमन्त्री सुशीला कार्कीलाई भेगीय नाता लगाएर अर्को आकर्षक पर्यटन मन्त्रालयको नेतृत्व गर्ने अवसर पाएका छन् । उनी आइतबार बहाली गर्र्ने साइत जुराएका छन् । निवर्तमान पर्यटन सचिव हरिप्रसाद मैनाली निरौलाको ठाउँमा पुगेका छन् ।
काठमाडौं । बाढी प्रभावित रसुवाका बालबालिकालाई कुपोषणको जोखिमबाट जोगाउन स्वास्थ्य सेवा विभागले ३० हजार स्याचेट Ready-to-Use Therapeutic Food (RUTF) रसुवा पठाएको छ । बाढीका कारण...
सुयोग शर्मा भदौ १० गते रसुवामा बाढी आयो । स्वास्थ्यका सबै निकाय परिचालन भए तर एकीकृत र प्रभावकारी हुन सकेनन् । कतै स्वास्थ्य सामग्रीको अभाव...
ललितपुर । कारागारमा रहेका व्यक्तिको निर्देशनमा ठूलो लागूऔषध सञ्जाल सञ्चालन भइरहेको आशंकाबीच सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्यूरोले ललितपुरको च्यासलबाट १७ हजार ४ सय...
काठमाडौं । देशको राजधानी काठमाडौंको टेकूमा रहेको केन्द्रीय जनस्वास्थ्य प्रयोगशाला(सेन्टर ल्याब) को ब्यवस्थापन प्रभावकारी नहुँदा आम नागरिकले दिनहुँ सास्ती ब्यहोर्नुपरेको छ । भरपर्दो र विश्वसनीयका...
काठमाडौं । नेपालमा जापानिज इन्सेफ्लाइटिस (जेई) संक्रमण र यसबाट हुने मृत्युको अवस्था गम्भीर बन्दै गएपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले उच्च जोखिममा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend