टंक कार्की
भर्खरै भएको आमनिर्वाचनले नेपाली राजानीतिक बृत्तमा कम्युनिष्ट आन्दोलनलाई, विशेषगरी नेकपा(एमाले)लाई गम्भीर धक्का लागेको छ । यसको आयतन विस्तृत छ र प्रभाव दूरगामी पनि । यो आकस्मिक होइन र अप्रत्यासित पनि थिएन । यसको पुनर्जागरण रातारात संभव छैन तर असंभव भने होइन । त्यसको निम्ति सघन उपचार चाहिन्छ ।
धक्का खानुमा हेतु प्रत्यय गाँसिएको छ । भूयथार्थको वस्तुनिष्ट मुल्याङ्कनमा यति भयङ्कर भूल गरेर निर्माण भएको नीति र एकमना नेतृत्व हाम्रो आन्दोलनको आजसम्मकै पहिलो घटना हो यो । तर यो त्यतिले मात्र भएको होइन । यो लामो समयदेखि गाँजिदै आएको सैद्धान्तिक–वैचारिक र सामाजिक पक्षधरतामा आएको बिचलन र अन्तरपार्टी प्रणालीका दोषहरु मूलरुपमा र बाह्य दबाबको सहउत्पादन पनि हो । यसको सर्वाङ्गिण र विस्तृत अध्ययन हुन जरुरी छ–आत्मसमीक्षाको जरुरी छ । सरोकरवाला सबैले, वैयक्तिक वा सामूहिक रुपमा यस काममा रचनात्मक योगदान गर्दै आन्दोलनको पुनर्जागरणमा मद्दत गर्न चुक्नुहुँदैन ।
नेकपा(एमाले)मा सम्बन्धित रहेर गरिएका सुधारका प्रस्तावहरु :
हालको केन्द्रीय कमिटी विघटन गर्ने र विशेष महाधिवेशन आयोजक समिति बनाउने ।
उक्त महाधिवेशनले संरचनात्मक सुधारको निम्ति
१. पार्टीमा लक्षित सामाजिक वर्ग, समुदायको पक्षधर प्रतिवद्ध नेतृत्व निर्माण गर्ने
२. सामूहिक नेतृत्व र सामूहिक संज्ञानको अक्षरसः पालन गर्ने संरचनात्मक ढाँचा तयार गर्ने
३. बर्गीय पक्षधरतामा प्राथमिकता दिने तर जातीय–सामुदायिक, लैंगिक, भौगोलिक र उमेरगत समूहबीच सामाजिक सहभागिता पनि सन्तुलित रुपमा देखिनेगरी पार्टी निर्माणको प्रतिवद्धता गर्ने । कसैगरी तत्काल मूलप्रवाहीकरण हुन नसकेका समुदायलाई पनि योजनवद्ध ढंगले समावेशको प्रवन्ध मिलाउने । ‘नव वर्ग’ को उत्थान र त्यससँगै मिसिएर खास समुदाय विशेषको बर्चश्व पुनरुत्पादन हुने आधार विनष्ट गर्ने ।
४. नेतृत्वको कार्यकाल सबै तहमा निश्चित गर्ने
५. पार्टीमा व्यक्तिको गुणको कदर गर्ने र त्यो ठालुपन वा अनुकृपामा नभएर सामाजिक वारिसको रुपमा र्पुयाएको योगदानलाई हेरेर गर्न प्रोत्साहित गर्ने ।
वैचारिक क्षेत्रमा :
१. समाजवाद र साम्यवादको रणनीतिक लक्ष्यप्रति निष्ठावान हुने
२.माक्र्सवाद, लेनिनवाद र आफ्नै आन्दोलनले विकास गरेका अनुभवजन्य विचारलाई सैद्धान्तिक आधार बनाउने ।
३ (क) गणतान्त्रिक लोकतन्त्र, (ख) सामाजिक विविधतामा सद्भावपूर्ण एकताको प्रवद्र्धन र राष्ट्रिय स्वाधिनता, सार्वभौमिकता र क्षेत्रीय अखण्डताको संरक्षणमा प्रतिवद्ध राष्ट्रियता र (ग) हाम्रो हालको प्रारम्भिक पूँजीवादी समाजका मजबुरीलाई हृदयंगम गर्दै ‘समाजवादउन्मुख विकास’ मा अभिभाज्य र अविचलित निष्ठा भएको
४. राज्य संचालनमा आफू सत्तामा रहँदा होस् या विपक्षमा, सुशासन, पारदर्शीता र विधिको शासनको अनुशरण र पैरवी गर्ने ्
५. वैचारिक भिन्नताको संचालन गर्दा साझा राष्ट्रिय हितप्रतिको प्रतिवद्धताको सम्मान र सहाकार्य गर्ने ।
विदेश नीति ः
१. संयुक्त राष्ट्रसंघको बडापत्र, असंलग्नता र पंचशीलका सिद्धान्तमा आधारित रहेर बाह्य मुलुकहरुसँग मित्रवत सम्बन्ध बनाउने
२. भारत र चीनसँगको असल छिमेकी सम्बन्धमा प्राथमिकता
३. बहुध्रुवीय विश्व व्यवस्थाको पक्षपाती र वैश्विक दक्षिणका मुलुकहरुका हितको पैरवी गर्ने
४. विश्व शान्ति, स्थिरता, सुरक्षा, मानव जातिको साझा विकास र पर्यावरणको संरक्षणमा विश्व समुदायसँग ऐक्यवद्धता र साझा हातेमालो गर्ने ।
कम्युनिष्ट आन्दोलनको एकीकरण
कम्युनिष्ट आन्दोलनका विभाजित धाराहरुको एकीकरणमा प्रतिवद्धता र प्रयास गर्ने । त्यसको निम्ति रणनीतिक उद्देश्य र प्रस्तावनामा मतैक्यतालाई सर्त बनाएर कार्यनीतिक भिन्नतालाई एकताको बाधक नबनाउने र एकीकृत संरचनामा सुल्झाउँदै जाने । अन्य धारालाई भातृ पार्टी मान्ने र परम्परागत अमैत्रीपूर्ण व्यवहारमा प्रभावकारी विराम लगाउने ।
जनवादी केन्द्रीयताको नाममा अभ्यास गरिंदै आएको सामन्ती केन्द्रिकृत ढाँचाको पूर्णतः विनिर्माण गरी पार्टीको सम्पूर्ण तहमा उन्नत लोकतान्त्रिक अभ्यास गर्ने र सामाजिक मिशनको निम्ति भन्दा नेतृत्वप्रति उत्तरदायी वा वैयक्तिक तुष्टीकरण र स्वार्थ सन्तुलनको निम्ति रहेको प्रचलित भीमकाय र भद्दा ढाँचा हटाएर चुस्त दुरुस्त ढाँचा निर्माण गर्ने ।
यी मेरा निजी विचार हुन् । सामूहिक संज्ञानले अझ परिमार्जन र परिपुष्ट गरेर नेकपा(एमाले) र सिङ्गो नेपाली कम्युनिष्ट आन्दोलनको पुनर्जागरणमा आ–आफ्नो ठाउँबाट रचनात्मक योगदान गरौं ।
अच्युतकृष्ण शरण राष्ट्रको इतिहास र भूगोलको कालखण्डमा केही यस्ता यक्षप्रश्नहरू खडा हुन्छन्, जसले केवल राजनीतिक नक्साको सिमाना मात्र कोर्दैनन्, बरु राष्ट्रिय स्वाभिमान, नेतृत्वको नैतिक चरित्र...
वालेन शाह सरकार गठन भएको भए ४० दिन भयो । सपनाको सय बुँदा बाचा प्रतिबद्वता जे भए पनि कार्यशैली प्रजातान्त्रिक देखिएन । १. प्रधानमन्त्री पद...
कुमार दाहाल काठमाडौं । राजनीतिभित्रको मनोविज्ञान र विचारले कर्मचारीतन्त्रको स्वरूप निर्धारण गर्छ । कर्मचारीतन्त्रको इतिहास र दर्शन जे भएपनि यसको संरचना र सङ्ख्या राजनीतिको इच्छा...
सन्तोष चिमरिया ज्ञानेन्द्र शाह पनि साइत र नायकत्व दुबैमा बेजोड आस्था राख्थे । उस्तो बोल्दैनथे तर नमस्कारसम्म चाहिँ होलसेलमा सबैको फर्काउँथे । राम्रो पक्ष चाहिँ...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा भावी प्रधानमन्त्रीका रुपमा प्रस्तावित बालेन्द्र साह (बालेन) ले यही चैत १३ गते शपथ खाँदैछन् । प्रधानमन्त्रीको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend