टंक कार्की
भर्खरै भएको आमनिर्वाचनले नेपाली राजानीतिक बृत्तमा कम्युनिष्ट आन्दोलनलाई, विशेषगरी नेकपा(एमाले)लाई गम्भीर धक्का लागेको छ । यसको आयतन विस्तृत छ र प्रभाव दूरगामी पनि । यो आकस्मिक होइन र अप्रत्यासित पनि थिएन । यसको पुनर्जागरण रातारात संभव छैन तर असंभव भने होइन । त्यसको निम्ति सघन उपचार चाहिन्छ ।
धक्का खानुमा हेतु प्रत्यय गाँसिएको छ । भूयथार्थको वस्तुनिष्ट मुल्याङ्कनमा यति भयङ्कर भूल गरेर निर्माण भएको नीति र एकमना नेतृत्व हाम्रो आन्दोलनको आजसम्मकै पहिलो घटना हो यो । तर यो त्यतिले मात्र भएको होइन । यो लामो समयदेखि गाँजिदै आएको सैद्धान्तिक–वैचारिक र सामाजिक पक्षधरतामा आएको बिचलन र अन्तरपार्टी प्रणालीका दोषहरु मूलरुपमा र बाह्य दबाबको सहउत्पादन पनि हो । यसको सर्वाङ्गिण र विस्तृत अध्ययन हुन जरुरी छ–आत्मसमीक्षाको जरुरी छ । सरोकरवाला सबैले, वैयक्तिक वा सामूहिक रुपमा यस काममा रचनात्मक योगदान गर्दै आन्दोलनको पुनर्जागरणमा मद्दत गर्न चुक्नुहुँदैन ।
नेकपा(एमाले)मा सम्बन्धित रहेर गरिएका सुधारका प्रस्तावहरु :
हालको केन्द्रीय कमिटी विघटन गर्ने र विशेष महाधिवेशन आयोजक समिति बनाउने ।
उक्त महाधिवेशनले संरचनात्मक सुधारको निम्ति
१. पार्टीमा लक्षित सामाजिक वर्ग, समुदायको पक्षधर प्रतिवद्ध नेतृत्व निर्माण गर्ने
२. सामूहिक नेतृत्व र सामूहिक संज्ञानको अक्षरसः पालन गर्ने संरचनात्मक ढाँचा तयार गर्ने
३. बर्गीय पक्षधरतामा प्राथमिकता दिने तर जातीय–सामुदायिक, लैंगिक, भौगोलिक र उमेरगत समूहबीच सामाजिक सहभागिता पनि सन्तुलित रुपमा देखिनेगरी पार्टी निर्माणको प्रतिवद्धता गर्ने । कसैगरी तत्काल मूलप्रवाहीकरण हुन नसकेका समुदायलाई पनि योजनवद्ध ढंगले समावेशको प्रवन्ध मिलाउने । ‘नव वर्ग’ को उत्थान र त्यससँगै मिसिएर खास समुदाय विशेषको बर्चश्व पुनरुत्पादन हुने आधार विनष्ट गर्ने ।
४. नेतृत्वको कार्यकाल सबै तहमा निश्चित गर्ने
५. पार्टीमा व्यक्तिको गुणको कदर गर्ने र त्यो ठालुपन वा अनुकृपामा नभएर सामाजिक वारिसको रुपमा र्पुयाएको योगदानलाई हेरेर गर्न प्रोत्साहित गर्ने ।
वैचारिक क्षेत्रमा :
१. समाजवाद र साम्यवादको रणनीतिक लक्ष्यप्रति निष्ठावान हुने
२.माक्र्सवाद, लेनिनवाद र आफ्नै आन्दोलनले विकास गरेका अनुभवजन्य विचारलाई सैद्धान्तिक आधार बनाउने ।
३ (क) गणतान्त्रिक लोकतन्त्र, (ख) सामाजिक विविधतामा सद्भावपूर्ण एकताको प्रवद्र्धन र राष्ट्रिय स्वाधिनता, सार्वभौमिकता र क्षेत्रीय अखण्डताको संरक्षणमा प्रतिवद्ध राष्ट्रियता र (ग) हाम्रो हालको प्रारम्भिक पूँजीवादी समाजका मजबुरीलाई हृदयंगम गर्दै ‘समाजवादउन्मुख विकास’ मा अभिभाज्य र अविचलित निष्ठा भएको
४. राज्य संचालनमा आफू सत्तामा रहँदा होस् या विपक्षमा, सुशासन, पारदर्शीता र विधिको शासनको अनुशरण र पैरवी गर्ने ्
५. वैचारिक भिन्नताको संचालन गर्दा साझा राष्ट्रिय हितप्रतिको प्रतिवद्धताको सम्मान र सहाकार्य गर्ने ।
विदेश नीति ः
१. संयुक्त राष्ट्रसंघको बडापत्र, असंलग्नता र पंचशीलका सिद्धान्तमा आधारित रहेर बाह्य मुलुकहरुसँग मित्रवत सम्बन्ध बनाउने
२. भारत र चीनसँगको असल छिमेकी सम्बन्धमा प्राथमिकता
३. बहुध्रुवीय विश्व व्यवस्थाको पक्षपाती र वैश्विक दक्षिणका मुलुकहरुका हितको पैरवी गर्ने
४. विश्व शान्ति, स्थिरता, सुरक्षा, मानव जातिको साझा विकास र पर्यावरणको संरक्षणमा विश्व समुदायसँग ऐक्यवद्धता र साझा हातेमालो गर्ने ।
कम्युनिष्ट आन्दोलनको एकीकरण
कम्युनिष्ट आन्दोलनका विभाजित धाराहरुको एकीकरणमा प्रतिवद्धता र प्रयास गर्ने । त्यसको निम्ति रणनीतिक उद्देश्य र प्रस्तावनामा मतैक्यतालाई सर्त बनाएर कार्यनीतिक भिन्नतालाई एकताको बाधक नबनाउने र एकीकृत संरचनामा सुल्झाउँदै जाने । अन्य धारालाई भातृ पार्टी मान्ने र परम्परागत अमैत्रीपूर्ण व्यवहारमा प्रभावकारी विराम लगाउने ।
जनवादी केन्द्रीयताको नाममा अभ्यास गरिंदै आएको सामन्ती केन्द्रिकृत ढाँचाको पूर्णतः विनिर्माण गरी पार्टीको सम्पूर्ण तहमा उन्नत लोकतान्त्रिक अभ्यास गर्ने र सामाजिक मिशनको निम्ति भन्दा नेतृत्वप्रति उत्तरदायी वा वैयक्तिक तुष्टीकरण र स्वार्थ सन्तुलनको निम्ति रहेको प्रचलित भीमकाय र भद्दा ढाँचा हटाएर चुस्त दुरुस्त ढाँचा निर्माण गर्ने ।
यी मेरा निजी विचार हुन् । सामूहिक संज्ञानले अझ परिमार्जन र परिपुष्ट गरेर नेकपा(एमाले) र सिङ्गो नेपाली कम्युनिष्ट आन्दोलनको पुनर्जागरणमा आ–आफ्नो ठाउँबाट रचनात्मक योगदान गरौं ।
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
मोहनकुमार घिमिरे संघीय निजामती सेवा ऐन मुलुकको प्रशासन चलाउने एउटा अर्को कानुनमात्र होइन, यो राज्य र निजामती कर्मचारीबीचको सम्बन्ध, जिम्मेवारी, अधिकार, सेवा–सर्त र उत्तरदायित्व निर्धारण...
सम्राट उपाध्याय काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई शनिबार मध्यराति प्रहरीले नियन्त्रणमा लियो । ब्यवहारिक रुपमा जबरालाई पक्राउ गरिए पनि सैद्धान्तिक रुपमा सुरक्षा प्रदान गरेको दाबी...
सुयोग शर्मा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा बिपद ब्यवस्थापन सम्बन्धी बृहत् छलफल संवाद कार्यक्रम मिनी कुम्भमेला आयोजना गरिएको थियो । जसमा पूर्व महानिर्देशक, सचिव, पूर्व...
क्षितिजविक्रम खनाल नेपाली समाजमा हरितालिका तीज केवल एउटा धार्मिक पर्वमात्र होइन, यो नारी जीवनको आध्यात्मिक, सामाजिक र सांस्कृतिक आयामसँग गहिरो रूपमा जोडिएको जीवन्त परम्परा हो...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend