काठमाडौं । नेकपा(एमाले)का नेता सुरेन्द्र पाण्डेले अबको एमाले केवल राजनीतिक शक्तिमात्र होइन, देशका जटिल समस्या समाधान गर्ने ‘विज्ञता र प्रविधि’ सहितको एउटा गतिशील संस्था बन्नुपर्नेमा जोड दिएका छन् ।
अबको एमाले बचाउन तीनवटा मुख्य क्षेत्रमा तत्काल काम गर्नुपर्ने पाण्डे औंल्याउँछन् । ती तीन कुरामा पहिलो, विज्ञतामा आधारित राजनीति, अब पार्टीले केवल भाषण होइन, विषयविज्ञ र अर्थशास्त्रीहरूसँगको सहकार्यमा देशको आर्थिक संकट समाधान गर्ने ‘प्राविधिक रोडम्याप’ तयार गर्नुपर्ने कुरा उनको छ । दोस्रो, डिजिटल मेरिटोक्रेसी र तेस्रो संरचित पुस्तान्तरण । यति गर्न सके एमालेलाई पहिलेकै लयमा फर्काउन सकिने पाण्डेको तर्क छ ।
पाण्डे सामाजिक संजालमा लेख्छन्–‘के अब एमाले पहिलेकै लयमा फर्किन्छ ?’ मेरो विश्वास छ, हामी फर्किनेमात्र होइन, अझ आधुनिक र शक्तिशाली भएर उदाउन सक्छौँ । तर यसका लागि हामीले ‘इतिहासको ब्याज’ मा होइन, ‘भविष्यको लगानी’ मा ध्यान दिनुपर्छ । अबको एमाले केवल राजनीतिक शक्तिमात्र होइन, देशका जटिल समस्या समाधान गर्ने ‘विज्ञता र प्रविधि’सहितको एउटा गतिशील संस्था बन्नुपर्छ । अबको एमाले बचाउन हामीले तीनवटा मुख्य क्षेत्रमा तत्काल काम गर्नुपर्छ ।
पहिलो, विज्ञतामा आधारित राजनीति : अब पार्टीले केवल भाषण होइन, विषयविज्ञ र अर्थशास्त्रीहरूसँगको सहकार्यमा देशको आर्थिक संकट समाधान गर्ने ‘प्राविधिक रोडम्याप’ तयार गर्नुपर्छ ।
दोस्रो, डिजिटल मेरिटोक्रेसी : व्यक्तिगत पहुँचका आधारमा जिम्मेवारी दिने प्रथा अन्त्य गर्न आधुनिक प्रविधि र पारदर्शी ‘इभ्यालुएसन फ्रेमवर्क’ लागू गर्नुपर्छ, जसले हरेक कार्यकर्ताको क्षमता र योगदानको निष्पक्ष मापन गरोस् ।
तेस्रो, संरचित पुस्तान्तरण : नयाँ पुस्तालाई नेतृत्वमा ल्याउन र अनुभवीहरूको ज्ञान उपयोग गर्न ‘को–लिडरसिप र मेन्टरसिप’ को वैज्ञानिक मोडल सुरु गर्नुपर्छ ।
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैंका अवसरमा सोमबार काठमाडौं उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन एवं पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गरेका छन्। उक्त अवसरमा राष्ट्रपति पौडेलले प्रथम महिला...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend