Nepal Face
  • शनिबार, २२ कार्तिक २०८३
  • एनआईसी एशिया बैंकद्रारा ७५ जना जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति


    बुधबार, माघ २८ २०८२
    1000
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सातै प्रदेशका विभिन्न सरकारी तथा सामुदायिक विद्यालयहरुमा अध्ययनरत गरिब तथा विपन्न, पिछडिएका वर्ग तथा अपाङ्गगता भएका जेहेन्दार ७५ जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको छ ।

    बैंकले काठमाडौं उपत्यका बाहिरको सरकारी तथा सामुदायिक विद्यालयमा कक्षा ६ देखि कक्षा १० सम्म अध्ययनरत विद्यार्थीहरुबाट आएका आवेदनहरुबाट छनौट गरी ७५ जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिएको हो । बैंकले सातै प्रदेशमा सरकारी तथा सामुदकायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको प्रतिनिधित्व हुनेगरी छात्रवृत्तिको लागि आवेदन आह्वान गरेको थियो । विगतका वर्षहरुमा पनि बैंकले सरकारी तथा सामुदायिक विद्यालयमा अध्ययनरत जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्नुका साथै सातै प्रदेशका विभिन्न सरकारी तथा सामुदायिक विद्यालयहरुमा पुस्तकालय भवननिर्माण गरी पुस्तकालय स्थापना गरिसकेको छ ।

    बैंकले सरकारी तथा सामुदायिक विद्यालयहरुमा अध्ययनरत गरिब तथा विपन्न, पिछडिएका वर्ग तथा अपाङ्गगता भएका जेहेन्दार विद्यार्थीहरुलाई प्रदान गरिएको यस छात्रवृत्तिले बिद्यार्थीको शैक्षिक गुणस्तर बढ्नुको साथै व्यक्तित्व विकास तथा आफ्नो अध्ययनलाई निरन्तरता दिन सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार