काठमाडौं । एनआईसी एशिया बैंकले भुक्तानी प्रणालीलाई थप सशक्त बनाउने उद्देश्यका साथ आफ्ना ग्राहक महानुभावहरुलाई नेपाल पे (NEPALPAY Card) जारी गर्ने सम्बन्धमा नेपाल क्लियरीङ्ग हाउस लिमिटेड (NCHL) सँग रणनीतिक सम्झौता गरेको छ ।
उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृतसुजित कुमार शाक्य र एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।
यस सम्झौताले नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालक (PSO) को रूपमा इजाजत प्राप्त एनसीएचएलद्वारा सञ्चालित स्वदेशी कार्ड योजना (Domestic Card Scheme) अन्तर्गतको यस NEPALPAY Card आफ्ना ग्राहक महानुभावहरुलाई जारी गर्न बैंक प्रमुख साझेदार बनेको छ भने बैंकलाई एनसीएचएलको राष्ट्रिय कार्ड स्वीच (National Card Switch – NPS–NCS) को प्रमुख साझेदारको रूपमा स्थापित गरेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
यस सम्झौताले बैंकलाई नेपालको राष्ट्रिय भुक्तानी स्वीचमा पूर्ण रूपमा एकीकृत हुन मद्दत गर्नुको साथै स्वदेशी कार्डको रुपमा परिचित NEPALPAY Card जारी गर्न बाटो खुलाउनेछ । साथै, देशभरका पीओएस (POS) र एटीएम ( ATM) नेटवर्कहरू मार्फत गरिने कारोबारहरू राष्ट्रिय शुल्क संरचना अन्तर्गत रहने सुनिश्चितता समेत गर्ने सम्झौतामा उल्लेख छ ।
सम्झौताले बैंकका ग्राहक महानुभावहरुलाई आधुनिक, भरपर्दो र राष्ट्रिय मापदण्डको स्वदेशी कार्ड सेवाहरूमा पहुँच सुनिश्चित गरी डिजिटल बैंकिङ्गप्रति बैंकको दृढ प्रतिबद्धतालाई टेवा दिनेछ ।
NEPALPAY Card मार्फत डिजिटल भुक्तानी गर्दै देशमा वित्तीय पहुँच विस्तारमा महत्वपूर्ण योगदान पुग्ने बैंकले विश्वास लिएको छ ।
साथै, Domestic Card Scheme योजनामा यस बैंकका ग्राहक महानुभावहरुको सक्रिय सहभागिताले सरल र सहज बैंकिङ्ग सेवा पहुँच पु¥याउनुको साथै देशमा नगदरहित अर्थतन्त्रको विकास गर्न समेत टेवा पुग्ने विश्वास लिएको बैंकले जनाएको छ ।
काठमाडौँ। अर्थ मन्त्रालयले चालू आर्थिक वर्ष २०८३/८४ देखि सञ्चालनमा ल्याएको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अन्तर्गत भदौ महिनाको नतिजा आज घोषणा गरिने भएको छ। आन्तरिक राजस्व...
काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा पूर्व ऊर्जा मन्त्री कुलमान घिसिङले विद्युतीय खरिद प्रणाली (ई–जीपी) मा साइबर सुरक्षा जोखिम देखिएको भन्दै यसलाई अनिश्चितकालका...
काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्ब दुई करोड ७३ लाख २९ हजार ७७७ रुपैयाँ जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका...
काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) मा वैज्ञानिक कर्मचारीको तलब संरचनामा देखिएको गम्भीर असमानताले वैज्ञानिक समुदायमा असन्तुष्टि बढ्दै गएको छ । एउटै संस्थामा...
काठमाडौँ। रसुवाको भोटेकोशीमा आएको बाढीका कारण स्थगन गरिएको भदौ महिनाको करदाता प्रोत्साहन उपहार घोषणा आगामी असोज १ गते हुने भएको छ। करदातालाई बिल लिन र...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend