काठमाडौं । जेनजी पुस्ताले गएको भदौ २३ र २४ गते आन्दोलन गरी सत्ताबाट बिस्थापित गरेको केपी ओली सरकारका सबैभन्दा विवादित र बदनाम मन्त्री दीपक खड्काका ब्यापारीक साझेदार अरुण केसीलाई नागरिक सरकारले लगानी बोर्डको सदस्य नियुक्त गर्ने भएको छ ।
पूर्वऊर्जामन्त्री खड्काका जग्गादेखि होटल सबै ब्यवसायमा साझेदार रहेका केसीलाई प्रधानमन्त्री सुशीला कार्कीले आज बस्ने लगानी बोर्डको बैठकमा उनलाई सदस्य बनाउने एजेन्डा राख्न लगाएकी छन् । लगानी बोर्डको अध्यक्ष प्रधानमन्त्री हुन्छन् ।
अरुण केसी खड्का उर्जामन्त्री हुँदा विद्युत प्राधिकरणको पीपीएदेखि सबैको डिल गर्ने बिचौलियाका रुपमा परिचालित पात्र थिए । केसी दीपक खड्काका कतिपय हाइड्रोपावरको साझेदारसमेत हुन् । सोलार पावरको पीपीएमा पनि अरुण केसी जोडिएका थिए ।
जेनजीले खड्का संलग्न जगदुल्लाको चेक काण्ड छानबिन गर्न उजुरीको दिएको छ । १०६ मेगावाट क्षमताको डोल्पामा बन्ने जगदुल्ला हाइड्रोपावर कम्पनीको ठेक्कामा पूर्व उर्जा, सिंचाई तथा जलस्रोत मन्त्री दीपक खड्का विरुद्ध चेक लेनदेन गरेको प्रमाणमा अख्तियारमा उजुरी परेको थियो । अख्तियारले जेनजीको उजुरीपछि पनि छानबिन फाष्टट्रयाकमा अगाडि बढाएको छ ।
जेनजीले खड्काको जगदुल्ला चेक काण्ड, स्काउटदेखि बिद्युत खरिद सम्झौता( पीपीए) र सरुवामा भएको अनियमिततामा पनि उजुरी दिएको छ । अख्तियारले खड्कामाथि लागेको आरोपसँग सम्बन्धित प्रमाणसमेत फेलापारेको छ । उक्त प्रमाणलाई प्रहरीको विधि विज्ञान प्रयोगशालामा समेत पठाइएको छ ।
खड्का र उनका बिचौलिया अरुण केसीले जगदुल्लामा पूरै लागत स्टीमेट (भ्याटबाहेक १३ अर्ब ४० करोड) मा ठेक्का दिलाउन तत्काल पटेलको नामबाट काटेको घुसबापतको चेकको फोटोकपीसहित अख्तियारमा उजुरी परेको थियो ।
८ सय मेघावाटको सोलार प्लान्टको पीपीएमा समेत अरुण केसीले दीपक खड्काको तर्फबाट डिल गर्ने जिम्मा पाएका थिए । मन्त्री खड्काको निर्देशनमा उत्तम ब्लोन तामाङ र अरुण केसीको बिचौलिया समूह सोलार कम्पनीहरूसँग मोलमोलाइमा सक्रिय भएको थियो । यो समूहले प्रतिमेगावाट ३ लाख घुसको दररेट तय गरी बिद्युत खरिद सम्झौता (पीपीए) र सोलार आयोजनाको सर्भे लाइसेन्स गराउने जिम्मा नै लिएको थियो ।
सर्वोच्च अदालतका बरिष्ठतम न्यायाधीश सपना मल्ल प्रधानको सिफारिसमा आफू लगानी बोर्डमा नियुक्त हुन लागेको भन्दै बिचौलिया केसीले भोजभतेरसमेत गरिसकेका छन् ।
काठमाडौं । सम्पत्ति शुद्धीकरणको कसूरमा थुनामा रहेका सुलभ अग्रवालसँग कारोबार देखिएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)बिहीबार पक्राउ गरेकी मृदुला सरियालाई बिरामी नै नभए पनि...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले पछिल्लो समय उद्योगी–ब्यवसायीलाई छानीछानी भेटिरहेका छन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवविना...
काठमाडौं । स्वास्थ्य उपकरणका ब्यापारी बिशाल पण्डितले संघदेखि प्रदेशसम्मका सरकारी अस्पतालका खरिद र मर्मतमा सिन्डिकेट नै कायम गरेका छन् । त्यो सिन्डीकेट वालेन्द्र शाह...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को बाचापत्रमा राजनीतिक नियुक्तिमा मेरिटोक्रेसी लागू गर्दै योग्यतमहरुबाट गर्ने उल्लेख छ । तर सरकारले गुठी संस्थानको प्रशासक(सदस्यसचिव)मा विगतका सरकारका पालामा...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल मेडिकल काउन्सिलको रजिष्टारमा निमित्तमाथि निमित्त तोकेको छ । अध्यादेशबाट पदाधिकारीबिहीन भएको काउन्सिलको अध्यक्षदेखि रजिष्टार नियुक्ति हुन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend