काठमाडौं । गाईजात्राको अवसरमा संघीय सरकारले आज सार्वजनिक बिदा दिएको छ । तर त्यही संघीय सरकारका ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्कालाई भने कर्मचारी सरुवाको सूची बनाउन भ्याई नभ्याई छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास बुढानीलकन्ठको छेउमै बसोबास गर्दैआएका मन्त्री खड्का आज भने सरुवाको सूची बनाउनका लागि भैंसेपाटी मन्त्री निवास पुगेका छन् । भैंसेपाटीको मन्त्रीनिवासमा नबसे पनि मन्त्री खड्काले एउटा क्वाटर सेटिङका लागि ओगटेर राखेका छन् ।
आइतबार बिहानदेखि नै खड्का र उनको सचिवालयको टोली त्यही भैंसेपाटीको ओगटेको क्वाटरमा पुगेको छ । मन्त्री खड्काले प्रशासन महाशाखा प्रमुख शम्भुप्रसाद मरासिनी टिप्पणी उठाउनेदेखि उपसचिवसहितको टोली लिएर उतै गएका छन् । मन्त्रालयको सिंचाईतर्फकी सचिव सरिता दवाडी पनि भैंसेपाटी नै पुगेको स्रोतको दाबी छ ।
सिंचाईतर्फको उपसचिव(सीडीई) र सहसचिव(सुई)को सरुवाको सूची बनाउने र सोमबारको मितिमा आजै सदर गर्ने तयारी मन्त्री खड्काको रहेको छ । ऊर्जातर्फको उच्चतहको सरुवा सकेर सिंचाईतर्फ आँखा लगाएका खड्काले गतहप्तामात्र सिंचाई बिभागका महानिर्देशक मित्र बराललाई जिम्मेवारी दिएका थिए । एक बर्षको बीचमा सेटिङमै ४ पटक डीजी फेरेका उनले पछिल्लो पटक पनि ठूलो रकम बोलकबोलमा बराललाई बिभागको नेतृत्व सुम्पेको चर्चा सिंचाईका कर्मचारीबीच हुने गरेको छ ।
भैंसेपाटीमा बिहानदेखि नै सेटिङमै रानीजमरा कुलरिया सिंचाई आयोजना, सिक्टा सिंचाई, भेरी बबई डाइभर्सन लगायत ठूला सिंचाई प्रमुखसमेत फेरेर सेटिङमा सरुवा गर्न लागिएको स्रोत बताउँछ । अन्य सिंचाई आयोजनाका प्रमुखहरुको फेरबदल पनि हुँदैछ ।
सरुवा सेटिङको नेतृत्व मन्त्री खड्काले स्वयं नै गरेको बताइन्छ । सचिवालय र कर्मचारीको प्राविधिक सहयोगमात्र उनले लिएका छन् । सरुवा हुने प्रत्येक डीई र सुईसँग मन्त्रीले सिधै डिल गरेको स्रोतको दाबी छ । खानाखाजासमेत भैंसेपाटीमै मगाएर ज्यूनार गरेर भए पनि जसरी पनि आज रातिसम्म सरुवाको सूचीलाई अन्तिम रुप दिने तयारीमा मन्त्री खड्का लागेका छन् ।
काठमाडौं । बाढी प्रभावित रसुवाका बालबालिकालाई कुपोषणको जोखिमबाट जोगाउन स्वास्थ्य सेवा विभागले ३० हजार स्याचेट Ready-to-Use Therapeutic Food (RUTF) रसुवा पठाएको छ । बाढीका कारण...
सुयोग शर्मा भदौ १० गते रसुवामा बाढी आयो । स्वास्थ्यका सबै निकाय परिचालन भए तर एकीकृत र प्रभावकारी हुन सकेनन् । कतै स्वास्थ्य सामग्रीको अभाव...
ललितपुर । कारागारमा रहेका व्यक्तिको निर्देशनमा ठूलो लागूऔषध सञ्जाल सञ्चालन भइरहेको आशंकाबीच सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्यूरोले ललितपुरको च्यासलबाट १७ हजार ४ सय...
काठमाडौं । देशको राजधानी काठमाडौंको टेकूमा रहेको केन्द्रीय जनस्वास्थ्य प्रयोगशाला(सेन्टर ल्याब) को ब्यवस्थापन प्रभावकारी नहुँदा आम नागरिकले दिनहुँ सास्ती ब्यहोर्नुपरेको छ । भरपर्दो र विश्वसनीयका...
काठमाडौं । नेपालमा जापानिज इन्सेफ्लाइटिस (जेई) संक्रमण र यसबाट हुने मृत्युको अवस्था गम्भीर बन्दै गएपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले उच्च जोखिममा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend