काठमाडौं । गाईजात्राको अवसरमा संघीय सरकारले आज सार्वजनिक बिदा दिएको छ । तर त्यही संघीय सरकारका ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्कालाई भने कर्मचारी सरुवाको सूची बनाउन भ्याई नभ्याई छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास बुढानीलकन्ठको छेउमै बसोबास गर्दैआएका मन्त्री खड्का आज भने सरुवाको सूची बनाउनका लागि भैंसेपाटी मन्त्री निवास पुगेका छन् । भैंसेपाटीको मन्त्रीनिवासमा नबसे पनि मन्त्री खड्काले एउटा क्वाटर सेटिङका लागि ओगटेर राखेका छन् ।
आइतबार बिहानदेखि नै खड्का र उनको सचिवालयको टोली त्यही भैंसेपाटीको ओगटेको क्वाटरमा पुगेको छ । मन्त्री खड्काले प्रशासन महाशाखा प्रमुख शम्भुप्रसाद मरासिनी टिप्पणी उठाउनेदेखि उपसचिवसहितको टोली लिएर उतै गएका छन् । मन्त्रालयको सिंचाईतर्फकी सचिव सरिता दवाडी पनि भैंसेपाटी नै पुगेको स्रोतको दाबी छ ।
सिंचाईतर्फको उपसचिव(सीडीई) र सहसचिव(सुई)को सरुवाको सूची बनाउने र सोमबारको मितिमा आजै सदर गर्ने तयारी मन्त्री खड्काको रहेको छ । ऊर्जातर्फको उच्चतहको सरुवा सकेर सिंचाईतर्फ आँखा लगाएका खड्काले गतहप्तामात्र सिंचाई बिभागका महानिर्देशक मित्र बराललाई जिम्मेवारी दिएका थिए । एक बर्षको बीचमा सेटिङमै ४ पटक डीजी फेरेका उनले पछिल्लो पटक पनि ठूलो रकम बोलकबोलमा बराललाई बिभागको नेतृत्व सुम्पेको चर्चा सिंचाईका कर्मचारीबीच हुने गरेको छ ।
भैंसेपाटीमा बिहानदेखि नै सेटिङमै रानीजमरा कुलरिया सिंचाई आयोजना, सिक्टा सिंचाई, भेरी बबई डाइभर्सन लगायत ठूला सिंचाई प्रमुखसमेत फेरेर सेटिङमा सरुवा गर्न लागिएको स्रोत बताउँछ । अन्य सिंचाई आयोजनाका प्रमुखहरुको फेरबदल पनि हुँदैछ ।
सरुवा सेटिङको नेतृत्व मन्त्री खड्काले स्वयं नै गरेको बताइन्छ । सचिवालय र कर्मचारीको प्राविधिक सहयोगमात्र उनले लिएका छन् । सरुवा हुने प्रत्येक डीई र सुईसँग मन्त्रीले सिधै डिल गरेको स्रोतको दाबी छ । खानाखाजासमेत भैंसेपाटीमै मगाएर ज्यूनार गरेर भए पनि जसरी पनि आज रातिसम्म सरुवाको सूचीलाई अन्तिम रुप दिने तयारीमा मन्त्री खड्का लागेका छन् ।
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा मुद्दा सेटिङमा मात्र होइन, सहरी विकास तथा भवन बिभागले निर्माण गर्नुपर्ने सर्वोच्च अदालतको भवनको ठेक्का सेटिङको बिषयमा पनि छानबिनमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend