Nepal Face
  • आइतबार, १० साउन २०८३
  • दीपक खड्का र केसी अख्तियार र सम्पत्ति शुद्धीकरणको छानबिनमा तानिंदै. पक्राउ गर्न जेनजीको दबाब


    मंगलबार, मंसिर २ २०८२
    1.7K
    Shares
    नेपाल फेस
  • ७ मिनेट पाठ
  • काठमाडौं । जेनजी आन्दोलनको मुख्य माग भ्रष्टाचार अन्त्य र सुशासन कायम गर्ने थियो । भ्रष्टाचारले जर्जर भएको मुलुकमा जेनजी पुस्ताले गरेको बिद्रोहले २४ घन्टामा सत्तापलट हुन पुग्यो । जेनजीको भावना अनुसार सुशीला कार्की नेतृत्वमा नागरिक सरकार गठन पनि भएको छ ।

    कार्की नेतृत्वको सरकार गठनपछि भ्रष्टाचार नियन्त्रणका दिशामा राज्यका संवैधानिक अंगहरुले बाधा–ब्यवधान र दबाबबिना काम गर्ने अपेक्षा गरिएको छ । भ्रष्टाचार नियन्त्रणका लागि गठित संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गम्भीर र ठूला भ्रष्टाचारमा सुक्ष्म ढंगले छानबिन गरिरहेको स्रोत बताउँछ ।

    उच्च स्रोतका अनुसार केपी शर्मा ओली नेतृत्वको सरकारका सबैभन्दा विवादित र भ्रष्टाचारमा लिप्त मन्त्रीका रुपमा चिनिएका दीपक खड्कामाथि अख्तियार र सम्पत्ति शुद्धीकरणले सुक्ष्म छानबिन गरिरहेका छन ।

    बिभिन्न हाइड्रोपावरका शेयरहोल्डरका अतिरिक्त संचालक रहेका खड्कालाई ऊर्जा मन्त्रीमा नियुक्त गरिनु नै कन्फिल्क्ट अफ इन्ट्रेष्ट हो । तर उनलाई आरजु राणाको दबाबमा ऊर्जामन्त्री बनाइएको थियो ।

    खड्काले जगदुल्ला अर्धजलाशययुक्त जलविद्युत आयोजनादेखि सिक्टा सिंचाई आयोजनाको ठेक्कामा गरेको अनियमितता, चेकमा घुस लिएको बिषयमा समेत अख्तियार दुरुपयोग अनुसन्धान आयोगदेखि सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागले समेत छानबिन गरिरहेको स्रोत बताउँछ ।

    कर्मचारी सरुवामा सेटिङ गरेकोमा विवादित ओली सरकारका मन्त्री राजकुमार गुप्तामाथि अख्तियारले भ्रष्टाचार मुद्दा दायर गर्यो । तर अनेक काण्डमा मुछिएका तत्कालीन ऊर्जामन्त्री खड्कामाथि भने छानबिनमा बिलम्ब भएको आवाज भने उठिरहेको छ । राजकुमार गुप्तालाई मुद्दा दर्ता गरेपछि खड्कालाई नियन्त्रणमै लिएर छानबिन गर्नुपर्ने माग समेत जेनजीले गरेपछि उनी उपचारको निहुँमा भारत गएका थिए । अहिले पनि उनलाई पक्राउ गरी उनको सम्पत्ति छानबिन गर्न माग भइरहेको छ ।

    जेनजीले खड्का संलग्न जगदुल्लाको चेक काण्ड छानबिन गर्न उजुरीको दिएको छ । १०६ मेगावाट क्षमताको डोल्पामा बन्ने जगदुल्ला हाइड्रोपावर कम्पनीको ठेक्कामा पूर्व उर्जा, सिंचाई तथा जलस्रोत मन्त्री दीपक खड्का विरुद्ध चेक लेनदेन गरेको प्रमाणमा अख्तियारमा उजुरी परेको थियो । अख्तियारले जेनजीको उजुरीपछि पनि छानबिन फाष्टट्रयाकमा अगाडि बढाएको छ ।

    जेनजीले खड्काको जगदुल्ला चेक काण्ड, स्काउटदेखि बिद्युत खरिद सम्झौता( पीपीए) र सरुवामा भएको अनियमिततामा पनि उजुरी दिएको छ । अख्तियारले खड्कामाथि लागेको आरोपसँग सम्बन्धित प्रमाणसमेत फेलापारेको छ । उक्त प्रमाणलाई प्रहरीको विधि विज्ञान प्रयोगशालामा समेत पठाइएको छ ।

    खड्का र उनका बिचौलिया अरुण केसीले जगदुल्लामा पूरै लागत स्टीमेट (भ्याटबाहेक १३ अर्ब ४० करोड) मा ठेक्का दिलाउन तत्काल पटेलको नामबाट काटेको घुसबापतको चेकको फोटोकपीसहित अख्तियारमा उजुरी परेको थियो ।

    जगदुल्लाका सीईओ सञ्जय सापकोटाले ठेक्का सदर नगर्ने भएपछि फेरि अर्को टेण्डर आह्वान गरियो । १ अर्ब कममा टेण्डर बिट गरेको अर्को कम्पनी अनक जेभीलाई टेण्डर परेको थियो । १ अर्ब कममा टेण्डर बिट गरेको ठेकेदारलाई तत्काल सदर गर्ने क्रममा त्यसरी नै चेक जबर्जस्ती लिएको चर्चा भएको थियो । खड्काको घर आगो लाग्दा चेकहरू सबै जलेको हल्ला पनि चलेको छ ।

    जगदुल्लाको ठेक्कामा सेटिङ गरी चेकमा घुस लिने काममा खड्काले बिचौलिया अरुण केसीलाई परिचालन गरेका थिए । सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागले खड्कामात्र होइन, उनका हरेक सेटिङका बिचौलिया केसीमाथि पनि अनुसन्धान गर्नुपर्ने माग भइरहेको छ । खड्का मन्त्री हुँदा घुसबापत लिएका बाँकी चेकको भुक्तानी लिन केसी अहिले पनि लागेका छन् ।

    दीपक खड्काले कुलमान घिसिङलाई बिद्युत प्राधिकरणको एमडीबाट हटाइसकेपछि पीपीएदेखि कर्मचारी सरुवामा मोलतोल र रकम असुलीका लागि केसीलाई नै परिचालन गरेका थिए । सिंचाई बिभागको महानिर्देशकमात्रै खड्काले एक बर्षमा ४ जनालाई बनाएर कुशासनको पराकाष्टा नै देखाए ।

    जेनजीको आन्दोलन भएको २३ भदौको राति पनि खड्काले निवासमा सिंचाई बिभागका महानिर्देशक मित्र बराललाई बोलाएर घुस लिंदै कर्मचारीको सरुवा गरेका थिए । जुन सरुवा कुलमान मन्त्री भएपछि बदर गरिएको थियो ।

    बिद्युत बिकास बिभागको महानिर्देशक एक दिन एउटाको निर्णय गरे, अर्को दिन फेरि उल्ट्याएका थिए । जसले बढी रकम कबोल गर्छ, उसैलाई डीजीदेखि आयोजना प्रमुख बनाउनाले भ्रष्टाचारले सीमा नै नाघ्यो । र, जेनजी बिद्रोह जन्मियो ।

    खड्काका कारण कांग्रेस सभापति शेरबहादुर देउवा समेत विवादमा परे । खड्काले गर्दा नै सांसद पूर्णबहादुर तामाङ ९कान्छाराम०, कुलमान घिसिङ, बहादुरसिंह तामाङ, तीर्थ लामालाई देउवाबिरुद्धको कित्तामा पुर्याए । भानु देउवा र आरजु राणाले पनि खड्कालाई साथ दिएकाले पनि खड्काले एकपछि अर्को काण्ड मच्चाउँदै गए ।

    यिनै खड्कादेखि भानु, प्रकाश देउवा र आरजुका सेटिङका कारण देउवाले जेनजी आन्दोलनमा कुटाइ खानुपर्यो । दुःख गरेका र इमान्दार कांग्रेसहरु अपमानित हुनपर्यो ।
    अख्तियारदेखि सम्पत्ति शुद्धीकरणले छानबिन सुरु गरेपछि अरुण केसी र दीपक खड्का अहिलेको सरकारका शक्तिकेन्द्र सेटिङको लागि दौडधूपमा लागेका छन् । सीआईबी, अख्तियार, सम्पत्ति शुद्धीकरण मिलाउन खड्का र केसी ब्रिफकेस बोकेर दौडिरहेका छन् ।

    दीपक खड्काको अकूत सम्पत्तिमा पनि अख्तियार र सम्पत्ति शुद्धीकरण दुबैले अनुसन्धान गरिरहेका छन् । खड्काले राजनीतिलाई कमाउने माध्यम बनाएर छोटो समयमा अरबौंको साम्राज्य बनाएका छन् । राजनीतिलाई ब्यवसाय बनाएका खड्काले मन्त्री हुनकै लागि ठूलै धनराशी खर्च गरेको चर्चा कांग्रेस बृत्तमा हुँदैआएको छ ।

    मन्त्री भएपछि ठेक्कादेखि कर्मचारी सरुवासम्म उनले गरेको भ्रष्टाचारले कांग्रेस पार्टी नै बदनाम भएको छ । भ्रष्टाचारबाट अरबौंपति भएका खड्का लाङटाङ भोटेकोशी हाइड्रोपावर कम्पनीदेखि बिभिन्न हाइड्रोमा संस्थापक शेयरधनी छन् । मेन्छियाम हाइड्रोपावर कम्पनीका त उनी अध्यक्ष नै छन् ।

    नेपाल स्काउटको जग्गा लिजमा लिएर ५ करोड भाडा नतिरेको खड्काल्याण्ड डेभलपमेन्ट प्रालि, संखुवासभा आधुनिक कृषि कम्पनी प्रालि, मकालु बरुण एग्रो कन्सर्न प्रालि, होटल फोरेष्ट इन प्रालि, लैनचोर बैंक्वेट लगायतका पनि उनी लगानीकर्ता र संचालक हुन् । स्काउटको भाडा विवाद भएपछि खड्का ल्याण्डको सेयर भने उनले आफन्तको नाममा सारेर अलग भएको दाबी गर्दैआएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार