काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले गृहमन्त्री सुदन गुरुङलाई पोखराको फेवातालको २० रोपनी जग्गाको बारेमा प्रष्ट पार्न आग्रह गरेका छन् । पोखराको जग्गाको बारेमा खास कुरा के हो पत्रकार सम्मेलन गरेर स्पष्ट पार्न उनले आग्रह गरेका छन् ।
गृहमन्त्री गुरुङको नाममा पोखराको फेवातालमा २० रोपनी जग्गा रहेको समाचारले नैतिकताको सवाल खडा भएकाले अब यो सवालको जवाफ नदिने हो भने जनताले कुरा काट्छन र विश्वास गर्दैनन्, साम्पाङले सामाजिक संजालमा लेखेका छन्–‘प्रिय सुदन गुरुङज्यू, तपाईं देशको गृह मन्त्री बन्नुभएकोमा मैले बधाइ दिएको छैन !
मलाई ‘हर्क दाइ’ भन्नुहुन्छ १ त्यो साइनोले ‘भाइ हो तपाइँ मेरो’ मलाई ‘हर्कजी’ भन्नुहुन्छ ! त्यो अर्थमा ‘साथी हो तपाइँ मेरो’ तर यो देशको विधि र संविधानलाई मान्दा तपाइँ ‘माननीय गृहमन्त्रीज्यू’ हुनुहुन्छ ! With respect मैले त्यो भन्नैपर्छ !
एउटा प्रतिपक्ष दलको नेता भएको कारण तपाईंको टिकाटिप्प्णी गर्नैपर्छ मैले ! प्रश्न सोध्नैपर्छ मैले मेरा प्रश्नहरु व्यक्तिगत नभएर नितान्त पदीय जिम्मेवारीले भरिएका प्रश्न हुन् ! nothing personal, everything professional and legal ! तपाइँले gen z आन्दोलनको २३ गतेको घटनाका दोषीहरुलाई पक्रनु भयो ! धन्यवाद सबैले दिएका छन् !
गलत काम गर्नेहरुको लिस्ट बनाएर कारवाही गर्दै हुनुहुन्छ ! धन्यवाद छ ! I like that and appreciate that.। अझै अघि बढ्नुहोस् शुभकामना छ ! तर मैले सदनमा उठाएका दुइटा मुद्दा नबिर्सनु होला !gen z आन्दोलनको २४ गतेको घटनाको दोषीलाई कारवाही, जीबी राईलाई पक्रेर रवि दाईलाई न्याय दिने काम गर्ने मान्छेको खुट्टा तान्छन् !
अपजस पाइन्छ नै काम गर्ने क्रममा तर पोखराको फेवातालमा २० रोपनी जग्गा तपाइँको नाममा छ रे भन्ने खबरले सामाजिक संजाल तातिंदा नमज्जा लागेको छ ! खास कुरा के हो पत्रकार सम्मेलन राखिहाल्नुस् ! नैतिकताको सवाल खडा भयो १ अब यो सवालको जवाफ नदिने हो भने जनताले कुरा काट्छन् र विश्वास गर्दैनन् ! तपाइँलाई मान्दैनन् ! प्रहरीले पनि टेर्न छाड्छन् ! मलाई आशा छ तपाइँले एउटा दाजुले दिएको सल्लाह सम्झेर भनेको मान्नुहुनेछ १ एक दिन म तपाइँलाई हृदयदेखि नै बधाइ दिनेछु १ त्यो दिन चाँडै आओस् ! जय देश !’
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
काठमाडौँ। प्रमुख प्रतिपक्षी तथा नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले जेन–जी विद्रोहका क्रममा भएका घटनाबारे राष्ट्रिय मानव अधिकार आयोगले गरेको सिफारिस तत्काल कार्यान्वयन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend