Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जेनजीको नेतृत्वमा बदनामहरुको लर्को, सेनाले कारबाही गरेकादेखि फौजदारी अभियोग लागेकासम्म


    बुधबार, असोज २९ २०८२
    5.3K
    Shares
    फौजदारी अभियोग लागेका अनिश कार्की, क्यानका डीजीलाई थर्काउँदै अर्जुन शाही, अमेरिकाबाट डिपोर्ट भएका साम्रान्य खड्का, सुदन गुरुङ र जेनजी प्रदर्शनमा छोरा प्रहरीले बेपत्ता पारेको भन्दै भीडलाई आगो लगाउन उक्साउदै माधवसुन्दर खड्का
    नेपाल फेस
  • ८ मिनेट पाठ
  • काठमाडौं । जेनजी समूहको प्रदर्शन भ्रष्टाचारबिरुद्ध र सामाजिक संजाल बन्द गर्ने निर्णयका बिरुद्धमा थियो । तर धमिलो पानीमा माछा मार्न रास्वपा, माओवादी, राप्रपादेखि दुर्गा प्रसाईंदेखि बालेन साहले घुसपैठ गरी आन्दोलनमा बालबालिकालाई ढाल बनाउँदा २३ जनाको गोली प्रहारबाट मृत्यु हुन पुग्यो । जसका कारण तत्कालीन सरकारले राजीनामा दिनुपर्यो ।

    जेनजीको प्रदर्शनको पूर्वसन्ध्यामा बालेनको भारतीय सेनाका जनरलसँग भेट

    डायरी एक्सप्रेस साप्ताहिकका अनुसार सेप्टेम्बर ७ मा नेपाल आएर भारतीय सेनाका दुई तारे जनरल अश्विनी शर्माले काठमाडौं महानगरपालिकाका नगरप्रमुख बालेन्द्र साह, हामी नेपालका अध्यक्ष सुदन गुरुङ र नेपाली सेनाका पूर्व महासेनानी माधवसुन्दर खड्कालाई भेटेको रहस्य खुलेको छ ।

    नेपाली सेनाका पूर्व महासेनानी खड्काले भदौ २३ गते आफ्नो छोरा साम्राज्यबहादुर खड्का जेनजी आन्दोलनमा अग्रपंक्तिमा रहेको बताएका थिए । जसले भारतीय दूतावासमा झण्डै डेढ महिनाअघिदेखि जागिर खाएको खुल्न आएको छ । साम्राज्य अमेरिकामा एक संगीन काण्डमा दोषी भएकाले डिपोर्ट भएर नेपाल फकिएका विवादित पात्र हुन् ।

    डायरी एक्सप्रेस साप्ताहिकका अनुसार महासेनानी खड्काले छोरालाई आन्दोलनका क्रममा प्रहरीले बेपत्ता पारेको भन्दै आन्दोलनकारीलाई उत्तेजित बनाएका थिए । तर, उनलाई कतै लुकाएर प्रदर्शनकारीलाई उत्तेजित पार्न बेपत्ता पारेको भन्दै अफवाह फैलाएको खुलेको छ । पछि उनी सकुशल नै फेला परेका छन् । तर फेलापरेको कुरा भने बाबु माधवसुन्दरले अहिलेसम्म सार्वजनिक रुपमा भनेका छैनन् ।
    भारतीय सेनाका दुई तारे जनरल अश्विनी शर्मा सेप्टेम्बर ७ को साँझ ५ बजेर २० मिनेट जाँदा काठमाडौंमा उत्रिएका थिए । जनरल शर्मा जेनजी आन्दोलन चलिरहँदा काठमाडौंमै थिए । जेनजी आन्दोलन पश्चात् सुशीला कार्की नेतृत्वको सरकार बनेपछि शर्मा ११ सेप्टेम्बरको दिन दिल्ली फर्किएका थिए ।

    यसरी नेपालको राजनीतिक परिवर्तनमा २००७ देखि नै भारतीय खुफिया एजेन्सीले हस्तक्षेप गर्दै आएका छन् । २००७ पछि सालमा नेपालको मन्त्रीपरिषद्को बैठकमा नेपालका लागि भारतीय राजदूत गोबिन्दनारायण पनि अतिथिकै रुपमा हस्तक्षेपकारी भूमिका निर्वाह गरी बस्ने गरेका थिए । पछि राजा महेन्द्रले हटाएका थिए ।

    हामी नेपालका प्रमुख सुदन गुरुङ दलाई लामाका एजेन्ट नै भएको बताइन्छ । उनी अहिले पनि सरकारका सचिवदेखि राष्ट्रपति रामचन्द्र पौडेललाई समेत थर्काइरहेका छन् । अनधिकृत रुपमा उनी बिपत ब्यवस्थापन प्राधिकरणको बैठकदेखि उखु किसानसँगको छलफलमा सरकारका सचिवहरुलाई थर्काउने र निर्देशन दिने गर्दैआएका छन् ।

    सिंहदरबार जलाउनेमा सिनमा देखिएका युवाहरु टीओबी लेखिएका टीसर्ट लगाएका थिए । टीओबीको अर्थ तिबेतन ओरिजिनल ब्लड हो । तिनीहरु बौद्ध क्षेत्रमा बस्ने तिवेतिनमूलका भएको एकजना त्यही संस्थाका सल्लाहकारले बताएका छन् ।

    त्यसैले पनि दलाई लामाका कतिपय अनुयायीहरु यो आन्दोलनमा संलग्न छैनन् भन्ने अवस्था छैन । त्यसैकारण नेपालमा नै पहिलो पटक उनले सुशीला कार्की सरकारलाई बधाई दिएका छन् ।

    २०५२ साल फागुन १ गतेबाट सुरु भएको माओवादी आन्दोलन पनि भारतकै सहयोगमा गरिएका विषय खुल्दै गएको छ । भारतका पूर्व जनरल अशोक मेहताले सञ्चार माध्यममा यो विषय खुलासा गरिसकेका छन् । माओवादीका तत्कालीन नेता डा. बाबुराम भट्टराई भारतपरस्त र मोहन बैंद्य किरण चीनको निकट भनेर पार्टीमा चिनिन्थे । तर, उनै प्रचण्डले भारतको योजनामा गरिएको दिल्ली सम्झौताको समयमा मोहन बैद्य किरण र अर्का नेता सिपी गजुरेललाई थुनाएको पार्टी पक्तिमा ब्यापक चर्चा थियो । माओवादी आन्दोलनका प्राधिकार बैद्यलाई दिल्ली सम्झौताका समयमा भारतमै गिरफ्तार गरी थुनिएको थियो । प्रचण्ड भित्री रुपमा भारतको निकट रहेको पछिल्लो समयमा खुल्दै आएको छ ।

    तिबेतियन शरणार्थीहरु मन्त्री बनाउने र आन्दोलनमा पनि सहभागी हुनुलाई चीनले कस्तो दृष्टिले हेर्ला ? साथै तिबेतियन शरणार्थीहरुलाई नेपालको नागरिकता दिने शर्तमा सुशीला कार्की प्रधानमन्त्री बनाइएको हो भन्नेहरुको तर्क पुष्टि नगर्ला भन्न सकिँदैन ।

    यसरी नेपालमा देशभरका बिभिन्न ठाउँमा रहेका २३ वटा क्याम्पमा १२ हजार ५ सय ४० जना तिबेतनहरुलाई नेपालको नागरिकता दिएर अमेरिकामार्फत् हतियार दिने रणनीति भएको भन्दै बुद्धिजीवीहरु चिन्ता र चासोका साथ हेरिरहेका छन् ।

    बिकाउ सुरक्षाकर्मी अधिकारी, कर्मचारी र राजनीतिज्ञहरुकै कारण देशलाई युक्रेनको जस्तो रणमैदान बनाउने दिनबाट बचाउन जरुरी छ । त्यसका लागि कार्की सरकारलाई गोटी बनाउने रणनीतिलाई असफल पार्नु राष्ट्रप्रेमी नेपालीहरुको पहिलो कदम हुनुपर्दछ ।

    त्यसो त जेनजी प्रदर्शनपछि नेपाल प्रहरीका देशभरका भौतिक सम्पत्ति र कार्यालय आगजनीले ध्वस्त भएका छन् । प्रहरीका हतियार लुटिएका छन् । कारागारबाट १५ हजार कैदी फरार छन् । प्रहरीको मनोबल गिरेको छ । यही मौकाको फाइदा उठाउँदै जेनजीका नाममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगदेखि बिभिन्न कार्यालयमा जाने, थर्काउने र थुत्नेसम्मको धम्की दिने क्रम केही दिनदेखि बढिरहेको छ ।

    केही युट्युबर लिएर अख्तियार, नागरिक उड्डयन प्राधिकरणदेखि नेपाल वायुसेवा निगममा हुलहुज्जत गर्र्दै जाने, प्रमुखलाई हप्कीदप्की गर्ने, राजीनामा दिन निर्देशन दिनेजस्ता हर्कत गर्ने जेनजीका सहसंयोजक दाबी गर्दैआएका अर्जुनकुमार शाही बैंकिङ कसुरदेखि बैदेशिक रोजगार ठगीमा प्रहरीको फरार सूचीमा रहेको पुष्टि भएको छ । उनीबिरुद्ध प्रहरीमा १० वटाभन्दा बढी जाहेरी परेको तथ्य बाहिर आएको छ । त्यसो त अछामको पञ्चदेवल बिनायक नगरपालिका घर भएका शाही बाल्यकालमै छिमेकीका ३ वटा बाख्रा चोरेर फरार भएको समेत खुलेको छ ।

    चोरीदेखि ठगी र बैंकिङ कसुर जस्ता फौजदारी कसुर लागेका शाहीजस्ताले कानुनी शासनलाई चुनौती दिंदै अनधिकृत रुपमा अख्तियारदेखि सरकारी कार्यालयमा गएर कर्मचारीलाई घरबाटै थुत्ने भन्दा पनि बालेन साहले बनाएका गृहमन्त्री अर्यालले पक्राउ नगर्दा दण्डहीनता मौलाउन पुगेको छ । र, यस्ता ठग र फौजदारी कसुर गर्नेहरुको हौसला बढेको छ । जसले अपराध झन् बढिरहेको छ ।

    शाहीले अख्तियारका प्रवक्ता र उच्चपदस्थ कर्मचारी, प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी र निगमका अध्यक्ष युवराज अधिकारीलाई अमर्यादित ढंगले थर्काउने, राजीनामा दे भन्ने गरेका भिडियोहरु छताछुल्ल हुँदा पनि पूर्वप्रधानन्यायाधीशको नेतृत्वको सरकारले अहिलेसम्म उनलाई पक्राउ गरेको छैन । गृहमन्त्री ओमप्रकाश अर्यालले झिनो स्वरमा शाहीजस्ता कानुनी दायरामा आउने भने पनि पक्राउ गर्न निर्देशन दिएका छैनन् ।

    त्यसो जेनजी भन्दै अखिल नेपाल फुटबल संघ (एन्फा) पुगेर सोमबार जेनजीका नाममा ज्ञापनपत्र बुझाउने र युवाहरूलाई धर्नामा सहभागी गराउने अर्का युवा अनिश कार्की आफैँ फौजदारी कसुर लागेका ब्यक्ति भएको खुलेको छ ।

    कार्कीको नेतृत्वमा एन्फाको कामकारबाहीप्रति असन्तुष्टि जनाउँदै धर्ना तथा ज्ञापनपत्र बुझाएका थिए । ज्ञापनपत्र बुझाउनेमध्येका एक ३० वर्षीय अनिश कार्की बैंकिङ कसुरमा मुद्दा भोगेका आरोपित भएको खुलेको हो । स्थायी घर दोलखाका कार्की हाल काठमाडौंको कागेश्वरी मनोहरा बस्दै आएका उनीविरुद्ध काठमाडौं प्रहरीमा मनोहराकै कविराज गिरीले बैंकिङ कसुरमा उजुरी दिएको खुलेको हो । गिरीले प्रहरीलाई दिएको उजुरी अनुसार कार्कीले घर व्यवहार मिलाउने भन्दै पटकपटक गरेर पाँच लाख ३० हजार रुपैयाँ लिएर चेक दिएको तर चेक नसाटिएको उल्लेख गरेका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार