Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कुलमानको मन्त्रालयमा बेथितिः राष्ट्रिय आवास कम्पनीमा निरौलाको मनपरी


    बिहिबार, असोज ३० २०८२
    1.9K
    Shares
    नेपाल फेस
  • ६ मिनेट पाठ
  • काठमाडौं । सरकारी स्वामित्वमा रहेका धेरै संस्थान र कम्पनी घाटामा संचालित छन् । कतिपय संस्थान र कम्पनी सरकारका लागि बोझ भएकाले बिभिन्न आयोगहरुले खारेज गर्न सुझाव दिएका छन् । तर राजनीतिक कार्यकर्तालाई नियुक्ति खुवाउन त्यस्ता औचित्यहीन र सरकारलाई बोझ बनेका कम्पनी वा संस्थान खारेज गर्न सरकारले सकेको छैन । जेनजीको बिद्रोहपछि गठन भएको सरकारले औचित्य र आवश्यकता दुबै नभएका र बोझ बनेका त्यस्ता संस्था वा कम्पनी बिना इफ बट खारेज गरिहाल्नुपर्छ । त्यस्तै सरकारलाई बोझ बनेको कम्पनी हो राष्ट्रिय आवास कम्पनी ।

    कम्पनीसँग हजारौं बिघा जमिन बिभिन्न जिल्लामा थिए । तर कम्पनीको नेतृत्वमा पुगेकाहरुले कमिसन खाँदै कौडीको मूल्यमा बिक्री गर्दै हाल कञ्चनपुर, झापा, बर्दिया, काभ्रे, कैलाली, कपिलवस्तु, नवलपरासीलगायतका जिल्लामा तीन हजार दुई सय बिघा जमिन बाँकी रहेको छ । तिनै जमिन बिक्री गर्ने काम कम्पनीको हो । तर ती जमिन बिक्रीमै ठूलो घोटाला हुँदैआएको छ । फुटकर जमिन बिक्री भनेर ठूलो घोटाला हुँदैआएको छ ।

    जमिन बिक्री गरेर नाफा कहिल्यै देखाईँदैन । तलवभत्ता र भ्रष्टाचारमै सकिने गरेको छ । उल्टै कम्पनी नै घाटामा देखाइन्छ । करारमा कर्मचारी भर्ति गर्ने भर्तिकेन्द्र बनाइएको छ । पंचायतकालमा तराईमा बस्ती बसाउन स्थापना भएको कम्पनी अहिले औचित्यहीन भए पनि खारेज गरिएको छैन । बिलम्ब नगरी खारेज गर्नुपर्ने कम्पनीका हाल महाप्रवन्धक छन् रामकृष्ण निरौला । उनको ध्यान पनि जसरी हुन्छ, कमाउधन्दातिर नै बढी केन्द्रित छ ।

    नियुक्तिको बेला नै विवादित बनेका राष्ट्रिय आवास कम्पनीका महाप्रवन्धक निरौलाले कम्पनीलाई दिनदिनै ओरालो बाटोतिर हिंडाइरहेका छन् । उल्टै ‘म आएपछि कम्पनीलाई नाफामा लगेको छु’ भन्ने गरेका छन् ।

    राष्ट्रिय आवास कम्पनी सहरी विकास मन्त्रालयको मातहतमा छ । जुन मन्त्रालयको नेतृत्व कुलमान घिसिङले गरेका छन् । आफ्नै मन्त्रालयको मातहतमा रहेको एउटा कार्यालयमा भइरहेको बेथिति, मनपरी र अनियमितताबारेमा घिसिङ भने जानकार छैनन् । राष्ट्रिय आवास कम्पनी पंचायतकालमा बाढीपहिरो पीडितलाई पुनर्वास गराउनका लागि पुनर्वास कम्पनीको रुपमा खोलिएको थियो ।

    निरौलाले आफ्नै बहिनी ज्वाइँ दीपक खनाललाई झापास्थित कम्पनीको योजना कार्यालयमा जागिर खुवाएका छन् । गत असार महिनासम्म उनले कम्पनीमा दर्जनौं आफूनिकट व्यक्तिहरु (केही नातेदारहरुसमेत) लाई कम्पनीमा डोर हाजिरीमा जागिर खुवाएका थिए । ती व्यक्तिहरु हाजिर गर्न कम्पनीको कार्यालयमा जानु पर्दैनथ्यो । घरमै बसेर तलब बुझ्ने गर्थे । यस्तो व्यवस्था निरौलाले मिलाएका थिए ।

    कम्पनीका अध्यक्ष संदीप मिश्रले राम्रो काम गर्न खोज्दा उल्टै अबरोध गर्ने गरेका छन् । बरु मिश्रको बारेमा बदनाम गराउन र समाचार लेखाउन आफूनिकट व्यक्तिहरुलाई भन्ने गरेका छन् ।
    आफूनिकट व्यक्तिहरुलाई उनले गत असारसम्म थुप्रै पटक तेलको कुपन बाँड्ने गरेका छन् । अध्यक्षलाई भने कुपन छैन भनी आलटाल गर्ने गरेका छन् । ‘कार्यकारी अधिकारप्राप्त म हुँ’ भन्दै अध्यक्ष मिश्रलाई भूमिकाविहीन बनाएका छन् ।

    कम्पनीको अतिक्रमित जग्गा फिर्ता ल्याउन निरौलालाई केही मतलब छैन, यतातिर उनको चासोसमेत छैन । ‘बरु उल्टै कम्पनीबाट हुने सानो सानो खरिदमा समेत उहाँले कमिशसन माग्ने गर्नुहुन्छ’ एक कर्मचारी भन्छन् । निरौलाले कम्पनीमा कार्यरत कर्मचारीहरुमाथि आतकं सिर्जना गरेका छन् ।

    निरौला यतिसम्म धूर्त छन् कि, कम्पनीका महाप्रवन्धकमा नियुक्ति भइसकेपछि उनी सवार गाडीले तेह«थुममा एक याुत्रलाई ठक्कर दिई घाइते बनाएको थियो । उनले सवारी चालकलाइ रातारात ब्याकडेट राखी कम्पनीको परिचयपत्र दिई कम्पनीको सवारी चालकको रुपमा नियुक्ति दिलाएका थिए । कारबाहीबाट जोगाउन आफ्नो ड्राइभरलाई सरकारी सवारी चालक बनाएका थिए । उनको नियुक्ति प्रक्रियामै चरम धाँधली भएको थियो । यसबारेमा अदालतमा मुद्दा समेत परेको थियो । अदालतमा सेटिङ गरी उनले मुद्दा जितेका थिए । अर्का एक जना कर्मचारी भन्छन्–उहाँ आएपछि कम्पनीका लागि एउटा पनि राम्रो काम गर्नुभएको छैन । कम्पनीलाई दिनदिनै अधोगतितिर हिंडाइरहनुभएको छ । उल्टै धेरे काम गरेको छु’ भन्दै प्रचार गर्ने गर्नुहुन्छ । यो भन्दा ठूलो नाटक अरु के हुनसक्छ ?’

    कम्पनीको महाप्रवन्धकमा नियुक्ति हुनुअघि निरौला नगरपालिकाको एउटा सामान्य कर्मचारी थिए । सामान्य कर्मचारीलाई कम्पनीको महाप्रवन्धक जस्तो ठूलो पदमा तत्कालीन सहरी विकास मन्त्री सिता गुरुङले नियुक्ति दिलाएकी थिइन् ।

    मन्त्रीको जिल्लाबासी र निकट व्यक्ति भएको हैसियतमा निरौला कम्पनीमा छिरेका थिए । मन्त्री भइसकेपछि निरौलाले मन्त्रीलाई समेत बिर्सेका छन् । उल्टै ‘म आफ्नै क्षमताबाट कम्पनीमा आएको हुँ’ भन्ने गरेका छन् । यहाँसम्म कि गुरुङ मन्त्रीबाट बिदा भएपछि उनीसँग निकट केही व्यक्तिलाई उनले निकै बेवास्ता गरेका थिए ।

    सहरी विकास मन्त्रालयमा जुन व्यक्ति आउँछ, त्यस व्यक्तिलाई उनले अत्यधिक चाकडी गर्ने गर्छन् । यतिबेला उनी घिसिङसँग निकट हुन खोजिरेका छन् । घिसिङसँग निकट हुने उनले नेपाली कांग्रेस, एमाले र कांग्रेसनिकट व्यक्तिहरुलाई गालीगलौज गर्ने गरेका छन् । जबकि उनी आफू कांग्रेस भएको देखाएर कम्पनीमा नियुक्ति पाएका थिए ।

    निरौलाले आएदेखि नै प्रत्येक बर्ष १ सय देखि १ सय ६० वटासम्म घडेरी बेच्ने योजना बनाएका छन् । उनले गतबर्ष काभ्रेमा आठवटाभन्दा बढी घडेरी बेचेका थिए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार