कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार सुदूरपश्चिम प्रदेशको नयाँ मुख्यमन्त्री नेकपा संसदीय दलका नेता खगराज भट्ट बन्ने भएका छन् ।
२०७९ सालको निर्वाचनमा भट्ट डडेल्धुरा प्रदेश सभा निर्वाचन क्षेत्र (क)बाट निर्वाचित एका थिए । हाल सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व नेपाली कांग्रेसका संसदीय दलका नेता कमलबहादुर शाह ले गरिरहेका छन् । उनी एमालेको समर्थनमा दोस्रो पटक मुख्यमन्त्री बनेका थिए । तर आर्थिक वर्ष २०८३/०८४ को बजेटलाई लिएर विवाद चुलिएपछि एमालेले असार ३१ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै शाह नेतृत्वको सरकार अल्पमतमा परेको हो ।
संविधानअनुसार अल्पमतमा परेका मुख्यमन्त्रीले एक महिनाभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने व्यवस्था रहेको छ । मुख्यमन्त्री शाह राजीनामा दिने वा विश्वासको मत लिने भन्नेमा छलफलमै रहेका छन् । एमालेले नेकपा नेतृत्वको सरकारलाई समर्थन गर्ने सहमति गरेसँगै प्रदेशमा सरकार परिवर्तनको प्रक्रिया अघि बढ्ने तयारी भइरहेको छ ।
विपक्षी दलहरूले मुख्यमन्त्रीलाई मार्गप्रशस्त गर्न आग्रह गर्दै आएका छन् भने मुख्यमन्त्री शाहले संविधानअनुसार विश्वासको मत लिएर मात्र अगाडि बढ्ने अडान राखेका छन् । यद्यपि प्रदेश सभाको वर्तमान अङ्कगणित हेर्दा उनको पक्षमा बहुमत जुट्ने सम्भावना छैन । अहिले कांग्रेस नेतृत्वको सरकारको बहिर्गमन र नेकपाका संसदीय दलका नेता खगराज भट्टको नेतृत्वमा नयाँ सरकार गठन हुने लगभग निश्चित देखिएको छ ।
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोसी बाढीप्रभावितहरूको पुनर्स्थापना र पूर्वाधार पुनर्निर्माणबारे चासो व्यक्त गरेका छन्। बुधबार उनले परराष्ट्रमन्त्री शिशिर खनाल र पूर्वाधार विकास मन्त्री सुनिल लम्सालसँग...
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीको आधिकारिकतासम्बन्धी मुद्दा पुनरावलोकनका लागि सर्वोच्च अदालतले दिएको अनुमतिबाटै आधाभन्दा बढी विजय भइसकेको दाबी गरेका छन् । कांग्रेस...
काठमाडौँ । सर्वोच्च अदालतले सार्वजनिक पदाधिकारीहरूले शिष्टाचार भेटघाट तथा विदेश भ्रमणका क्रममा प्राप्त गरेका उपहार राज्यकोषमा दाखिला गर्न सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको...
काठमाडौँ । प्रतिनिधि सभामा ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत भएको छ । सभाको आजको बैठकमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोविता...
काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले पार्टी पंक्तिलाई नागरिकको आक्रोशलाई लक्षित गरेर सामाजिक सञ्जाल वा चोकचौतारोमा तुच्छ टीकाटिप्पणी नगर्न संसदबाट निर्देशन दिएका छन् । उनले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend