काठमाडौँ । नेपालको पहिलो आधुनिक यातायात सुरुङमार्ग ‘नागढुंगा–सिस्नेखोला सुरुङमार्ग’ सोमवारबाट औपचारिक रूपमा उद्घाटन गरिने भएको छ ।
जापान अन्तर्राष्ट्रिय सहयोग नियोग ९जाइका० को सहुलियतपूर्ण ऋण र नेपाल सरकारको संयुक्त लगानीमा निर्माण सम्पन्न भएको यस आयोजनाको कुल लागत करिव १९ अर्ब रुपैयाँ रहेको छ । सडक विभागका महानिर्देशक डा। विजय जैसीकाअनुसार मुख्य सुरुङको लम्बाई २ दशमलव ६८ किलोमिटर रहेको छ ।
यद्यपि सुरुङभित्रको निकास मार्ग ९इभ्याकुएसन टनेल० र क्रस–प्यासेजहरू समेत गणना गर्दा कुल सुरुङको लम्बाई करिव ५ दशमलव ५ किलोमिटर पुग्छ । जापानी निर्माण कम्पनी ‘हाज्मा आन्दो कर्पोरेसन’ ले वि।सं। २०७६ देखि यस आयोजनाको निर्माण शुरु गरेको थियो । आयोजनाको उद्घाटन पूर्वाधार विकासमन्त्री सुनिल लम्साल र जाइकाका अध्यक्षले संयुक्त रूपमा गर्ने तयारी छ । उद्घाटनपश्चात तत्कालका लागि एम्बुलेन्स, दमकल र सुरक्षा निकायका आकस्मिक सवारी साधनलाई मात्र सुरुङमा प्रवेश दिइने विभागले जनाएको छ । महानिर्देशक जैसीले सुरुङ मार्गलाई चरणबद्ध रूपमा पूर्ण सञ्चालनमा ल्याइने जानकारी दिए ।
उनका अनुसार उद्घाटनको एक साताभित्र सुरुङभित्र हुनसक्ने सम्भावित दुर्घटना वा आगलागी जस्ता विपद्को पूर्व तयारी स्वरूप ‘मक ड्रिल’ (नमूना अभ्यास) गरिनेछ । उक्त अभ्यास सफल भएपछि करिव एक हप्ताका लागि परीक्षणका रूपमा एकतर्फी ९वान–लेन० सञ्चालन गरिनेछ । सो अवधिमा सुरुङभित्रका जेट फ्यानहरूको अवस्था, वायु उत्सर्जन र गतिको प्राविधिक जाँच गरी करिव एक महिनाभित्र मात्रै सुरुङमार्ग पूर्ण रूपमा सञ्चालनमा ल्याइने विभागको योजना छ ।
यो सुरुङमार्गमा मोटरसाइकल र प्रज्वलनशील एवं विस्फोटक पदार्थ बोकेका सवारी साधनलाई भने गुड्न निषेध गरिएको छ । विगतमा ‘बिल अफ क्वान्टिटी’ ९बीओक्यु० मोडालिटीमा आधारित रही सडक विभाग आफैँले डिजाइन र सुपरीवेक्षणमा जापानी परामर्शदाताको सहयोग लिएर यो आयोजना अघि बढाएको थियो । प्राविधिक चुनौती र स्थानीय तहमा रहेका अन्योललाई चिर्दै निर्माण सम्पन्न भएको यस आयोजनाले नेपालको पूर्वाधार विकासमा नयाँ आत्मविश्वास थपेको महानिर्देशक जैसीले बताए ।
उनले भने, ‘नेपालको पहिलो आधुनिक यातायात सुरुङमार्ग सोमवार विधिवत उद्घाटन हुँदैछ । यो सडक विभागले आफैँ डिजाइन गरेर बीओक्यु मोडलमा निर्माण गरेको हो । अहिले टनेलमा ईपीसी मोडल बढी प्रचलित भए पनि यो बीओक्यु–आधारित ठेक्कामा जापानी निर्माण व्यवसायी र जापानी सुपरभिजन कन्सल्टेन्टमार्फत निर्माण गरिएको हो । सिस्ने खोलाबाट माथिको उकालो र पहिरोको जोखिम कम गर्न अध्ययनपछि यो सुरुङ शुरु गरिएको हो । निर्माणका क्रममा प्राविधिक चुनौती र स्थानीय तहका केही अन्योल भए पनि सबै चुनौती पार गर्दै अहिले उद्घाटनको चरणमा पुगेको छ । यो २।६ किलोमिटर लामो मुख्य सुरुङ हो । इभ्याकुएसन टनेल र क्रस–प्यासेजसहित भित्रको कुल सुरुङ लम्बाइ करिब ५।५ किलोमिटर छ । कुल लागत भेरिएसनसहित करिव १९ अर्ब रुपैयाँको हाराहारीमा पुगेको छ । गुणस्तरीय सुरुङ बनेको छ भन्नेमा हामी विश्वस्त छौँ ।’
उद्घाटन लगत्तै एम्बुलेन्स, दमकल र सुरक्षा निकायका सवारीसाधन सञ्चालन गर्न दिइने उनको भनाइ छ । उनले भने ‘मक ड्रिल गरेर सुरक्षासम्बन्धी सबै प्रणाली परीक्षण गरिनेछ । जेट फ्यानलगायत प्रणाली सिङ्क्रोनाइज गरेपछि चरणबद्ध रूपमा सवारी सञ्चालन गरिन्छ र करिव एक महिनापछि पूर्ण रूपमा सञ्चालनमा ल्याउने तयारी छ । सुरुङमार्गमा मोटरसाइकल तथा विस्फोटक वा प्रज्वलनशील पदार्थ बोकेका सवारीसाधन सञ्चालन गर्न पाइनेछैन। अन्य सवारीसाधन भने सञ्चालन गर्न सक्नेछन् । म यस परियोजनामा सुरुदेखि नै प्रत्यक्ष संलग्न छु । इभ्याकुएसन टनेल र मुख्य टनेल दुवैको ब्रेकथ्रु मेरै कार्यकालमा भयो। उद्घाटन पनि मेरै कार्यकालमा हुन लागेकाले यो सडक विभाग र समग्र राष्ट्रका लागि गर्वको विषय हो। यसले नेपालले यस्ता आधुनिक सुरुङमार्ग निर्माण गर्न सक्छ भन्ने आत्मविश्वास थपेको छ ।’
नागढुङ्गाको कठिन उकालो र पहिरोको जोखिमबाट जोगाई यात्रालाई सहज बनाउने विश्वास गरिएको यो सुरुङ मार्गलाई नेपालको सडक पूर्वाधारको क्षेत्रमा ठूलो उपलब्धि मानिएको छ । सञ्चालनको सुरुवाती चरणमा एम्बुलेन्स, दमकल र सुरक्षा निकायका अत्यावश्यक सवारी साधनलाई मात्र प्रवेश अनुमति दिइनेछ । त्यसपछि क्रमशः अन्य सवारी साधनका लागि मार्ग खुला गरिने विभागको योजना छ । सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै मोटरसाइकल र प्रज्वलनशील पदार्थ बोकेका सवारी साधनलाई भने सुरुङमार्ग प्रयोग गर्न निषेध गरिएको छ ।
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend