काठमाडौं । सुशीला कार्की शनिबार राति प्रधानमन्त्रीमा नियुक्त भइन् । राष्ट्रपति भवन शितलनिवासमा सपथग्रहण गरिसकेपछि कार्कीको खुट्टा ढोगेका जेनजी समूहका सुदन गुरुङले आइताबारै राजीनामा मागेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारअगाडि आइतबार मध्यराति सुदन गुरुङ समूहका युवाले कार्कीको राजीनामा माग गर्दै नाराबाजी गरेका छन् । आफूहरूको आन्दोलन हाइज्याक भएको दाबी गर्दै उनीहरूले सरकारविरुद्ध आक्रोश पोखेका हुन् ।
नाराबाजीका क्रममा जेनजी अगुवा सुदन गुरुङले तीव्र असन्तोष व्यक्त गर्दै भने, ‘म त लासमाथि हिँडिरहेको थिएँ, यहाँ क–कसलाई मन्त्री बनाउने खेल भइरहेको रहेछ ।’
उनका समर्थक युवाहरूले पनि आन्दोलनको नेतृत्वकर्ता आफूहरू नै भएको दाबी गर्दै, ‘हाम्रो आन्दोलन हाइज्याक भयो’ भन्दै चर्को नाराबाजी गरेका छन् ।
सुदन गुरुङले ओमप्रकाश अर्यालको नाम लिएर आक्रोश पोखेका छन् । ‘यो ओमप्रकाश लयर आफैंले गृहमन्त्री बनाउँदो रहेछ त्यहाँभित्र बसेर,’ उनले आक्रोशमा भनेका छन् ।
गुरुङले चेतावनीस्वरूप भने– ‘हामीले भनेको मानिएन भने भोलिदेखि सबैलाई बाहिर निकाल्छौँ ।’ उनीहरुले अधिवक्ता ओमप्रकाश अर्याललाई कानुन तथा गृहमन्त्री बनाएपछि प्रदर्शन गरेका हुन् ।
उनीहरुले प्रधानमन्त्री सुशीला कार्की ‘राजीनामा दे’ भन्दै नाराबाजी गरेका थिए ।
कानुनसहित गृहमन्त्रीमा नियुक्त ओमप्रकाश अर्याललाई नियुृक्ति गरेकोमा जेनजी समूह रुष्ट भएको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहका कानुनी सल्लाहकार रहेका अर्यालमाथि एउटा विवादास्पद मुद्दामा बहस पैरवी गरेको आरोप पनि लागेको छ ।
चितवन । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जनता मन्त्रीलाई भेट्न आउने नभई मन्त्री जनतालाई भेट्न जानुपर्ने बताएकी छन्...
काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण समारोह बिहीबार हुने भएको छ । केन्द्रीय निर्वाचन समितिले असोज अन्तिम...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको उद्घाटन प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले गर्ने भएका छन् । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज...
झापा । चाडपर्वका बेला जङ्गली हात्तीबाट हुनसक्ने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण झापाले हात्ती प्रभावित क्षेत्रमा...
काठमाडौं । विवादित अडियो काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगसमक्ष लिखित इन्कारी पत्र बुझाएका छन्। एक महिलासँगको विवादित...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend