काठमाडौं । जेनजी आन्दोलनपछि गठन भएको सुशीला कार्की नेतृत्वको सरकार चौथो पटक बिस्तार हुने भएको छ । आजै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलबाट राष्ट्रपति भवन शीतल निवासमा आजै नयाँ मन्त्रीहरूलाई सपथ गराउने तयारी गरिएको छ । आज ४ जना नयाँ मन्त्री थपिने लागेका हुन् ।
थपिने मन्त्रीहरूमा कुमार इङ्नाम, माधव चौलागाईँ, राजेन्द्रसिंह भण्डारी र श्रद्धा श्रेष्ठ रहेका छन् ।
इङ्नामलाई भूमिब्यवस्था, चौलागाईंलाई वन, भण्डारीलाई श्रम र श्रेष्ठलाई महिला मन्त्रालयको जिम्मेवारी दिइने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
आज नियुक्त हुन लागेका मन्त्रीहरुमा भण्डारी नेपाल प्रहरीका पूर्वएआईजीपी हुन् । इङ्नाम प्राध्यापन पेशामा छन् । उनले लामो समयदेखि काठमाडौँ स्कुल अफ ल मा अन्तर्राष्ट्रिय व्यापार र वित्तीय अपराध विषयमा प्रध्यापन गर्दै आएका छन् । माधव चौलागाई कर्णालीको बिकास अभियन्ता हुन् । श्रद्धा श्रेष्ठ पर्यटन बोर्डकी कर्मचारी हुन् ।
हाल १० सदस्यीय मन्त्रिपरिषदमा प्रधानमन्त्री सुशीला कार्कीले प्रधानमन्त्रीसहित ७ वटा मन्त्रालयको जिम्मेवारी आफैं सम्हाल्दै आएकी छन् ।
सरकार गठन भएको करिब तीन महिना पुग्न लाग्दा प्रधानमन्त्री कार्कीको नेतृत्वमा शुक्रबार सरकार पाँचौँ पटक पुनर्गठन हुन लागेको हो ।
२०८२ भदौ २७ गते गठन भएको सरकार भदौ ३०, असोज ६ र कार्तिक ९ गते गरी चार पटक विस्तार भइसकेको छ । जस अनुसार रामेश्वर प्रसाद खनालले अर्थ तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, कुलमान घिसिङ ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालय, ओमप्रकाश अर्यालले गृह मन्त्रालय, अनिलकुमार सिन्हाले उद्योग, वाणिज्य तथा आपूर्ति र कानून, न्याय तथा संसदीय मामिला तथा भूमि व्यवस्था र सहकारी तथा गरिबी निवारण मन्त्रालय रहेका छन ।
यस्तै महावीर पुनले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, मदनप्रसाद परियारले कृषि तथा पशुपन्छी विकास मन्त्रालय, जगदीश खरेलले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सुधा गौतमले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय तथा बब्लु गुप्ताले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् ।
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend