काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले कानुनी शासन र सुशासनलाई देशको सामाजिक न्याय र आर्थिक बृद्धिको आधारशीला भएको बताउँदै त्यसका लागि सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाएकी छन् ।
शनिबार नेपाल उद्योग वाणिज्य महासंघले काठमाडौंमा आयोजना गरेको ‘राष्ट्रिय बृहत् आर्थिक बहस २.०’ कार्यक्रममा बोल्दै प्रधानमन्त्री कार्कीले राज्यका सम्पत्तिमाथि राजनीतिक आवरणमा हुने लुट र निजी क्षेत्रमाथि लादिने शंका–संकटपूर्ण प्रणालीका विरुद्ध सरकार सजग रहेको बताइन् ।
उनले भनिन्– ‘सुशासन कुनै पनि मुलुकको सामाजिक न्याय र आर्थिक बृद्धिको पूर्वसर्त हो । राजकीय सम्पत्तिमाथि राजनीतिक आवरणमा भएका लुट र निजी क्षेत्रमाथि लादिएका शंका र दोहनकारी प्रणालीप्रति हामी सजग छौँ । कानुनको शासन स्थापित गर्न सरकारले कुनै कसर बाँकी राख्दैन ।’
प्रधानमन्त्री कार्कीले सुरक्षाको प्रत्याभूति दिलाउन सम्पूर्ण शक्तिका साथ सरकार लागिपरेको स्पष्ट पार्दै निजी क्षेत्रको योगदानलाई उच्च सम्मानका साथ स्वीकार गरिन् ।
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैंका अवसरमा सोमबार काठमाडौं उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन एवं पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गरेका छन्। उक्त अवसरमा राष्ट्रपति पौडेलले प्रथम महिला...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend