काठमाडौं । बैंकिङ कसुर मुद्दामा फरार रहेका एक जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा गोरखा आरुघाट गाउँपालिका-८ का ४१ वर्षीय हरिशचन्द्र खनाल रहेका छन् । भक्तपुर सूर्यविनायक-२ लोकन्थली बस्दै आएका खनाललाई बिहीबार पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराले बताए ।
फरार व्यक्तिको खोजी सिलसिलामा नयाँ बानेश्वर वृत्तको टोलीले कोटेश्वरबाट खनाललाई पक्राउ गरेको बोहराले बताए ।
खनालविरूद्ध ९९ लाख ९१ हजार रुपैयाँको बैंकिङ कसुर मुद्दामा अदालतले त्यति नै जरिवाना र १८ दिन कैद सजाय तोकेको थियो। खनाललाई बिहीबार नै जिल्ला अदालत काठमाडौंले कारागार चलान गरेको छ।
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौं । पर्सामा ठूलो परिणामको गाँजा बरामद भएको छ । छिपरमाई गाउँपालिका-१ मिर्जापुरस्थित आँप बगैंचाबाट शनिबार राति १४० किलो गाँजा सशस्त्र र प्रहरीको संयुक्त...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौं । काठमाडौं महानगरपालिका–३० का लेखा अधिकृत (छैटौं) उद्धव भट्टराई घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले भट्टराईलाई २१ हजार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend