Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बैंकिङ कसुरमा फरार करुणा शाही पक्राउ


    बुधबार, बैशाख १२ २०८१
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • बाँके । बैकिङ कसुरमा फरार रहेकी करुणा शाहीलाई प्रहरीले पक्राउ गरेको छ । कोहलपुर नगरपालीका ११ वस्ने करुणा शाहीलाई ईलाका प्रहरी कार्यलय कोहलपुर बाँकेले आइतबार पक्राउ गरेको हो ।

    उनलाई बर्दियाको, बानियाभारबाट (माइतीघर) प्रहरीको टोलीले पक्राउ गरेको बताएको छ ।

    इलाका प्रहरी कार्यलयका डिएसपी धर्म भण्डारीले अहिले बयान लिने काम भइरहेको र बैंकको कागजात रुजु हुने क्रममा रहेको जानकारी दिएका छन् ।

    केही समय अगाडि बैकिङ कसुरमै फरार रहेका उनका श्रीमान् अर्जुनबहादुर खाँड ठकुरी पनि पक्राउ परेका थिए । उनलाई गत माघ २७ गते प्रहरी बृत्त सातदोवाटो ललितपुरबाट पक्राउ गरी कोहलपुर इलाका प्रहारी कार्यलय बाँके पुर्याइएको थियो ।

    त्यसपछि गत फाल्गुन १५ गते जिल्ला अदालत बाँकेले धरौटीमा उनलाई रिहा गरेको थियो । हाल यो अदालतमा मुद्दा विचाराधीन रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार