Nepal Face
  • आइतबार, १० साउन २०८३
  • १ करोड ४९ लाखको बैंकिङ कसुरका फरार प्रतिवादी पक्राउ


    सोमबार, चैत्र ११ २०८१
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा काठमाडौं-३१ घर भई हाल बुढानिलकण्ठ नगरपालिका-४ बस्ने ४० वर्षीय विजय लम्साल रहेका छन् ।

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लम्साललाई आइतबार काठमाडौं-२ लाजिम्पाटबाट पक्राउ गरेको हो ।

    खगेन्द्रबहादुर सोपले उनीविरूद्ध बैंकिङ कसुरको मुद्दा दर्ता गराएका थिए । १ करोड ४९ लाख ५० हजार रुपैयाँ बराबरको बैंकिङ कसुरको मुद्दा दर्तापछि उनी फरार थिए ।

    लम्सालको नाममा अन्य प्रहरी कार्यालयहरूमा समेत चार वटा मुद्दा दर्ता छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार