Nepal Face
  • आइतबार, १० साउन २०८३
  • संघीय समितिका ३ समितिका बैठक बस्दै, मिडिया काउन्सिल बिधेयकमाथि छलफल जारी


    मंगलबार, साउन ६ २०८२
    790
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । संघीय संसद अन्तर्गतका तीनवटा समितिको बैठक बस्दैछ ।

    संघीय संसद सचिवालय, सिंहदरवारमा उक्त बैठकहरू बस्नेछन् ।

    जसअनुसार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक दिउँसो १ः०० बजेका लागि बोलाइएको छ । जुन बैठकमा विश्वव्यापी आवधिक समीक्षा सम्बन्धमा राष्ट्रिय मानव अधिकार आयोगसँग छलफल हुनेछ ।
    उता, महिला तथा सामाजिक मामिला समितिको बैठकमा वैदेशिक रोजगारीमा रहेका महिला कामदारको विद्यमान अवस्था सम्बन्धमा छलफल हुनेछ । जुन बैठक बिहान ११ः३० बजेबाट सुरू हुनेछ ।

    साथै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा मिडिया काउन्सिल विधेयकमाथि संशोधनकर्तासँग छलफल जारी राखिएको छ । जुन बैठक दिउँसो ३ः०० बजेका लागि बोलाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार