Nepal Face
  • शुक्रबार, २८ कार्तिक २०८३
  • विश्व सम्मेलनमा सहभागी हुन प्रचण्ड मस्को प्रस्थान


    शुक्रबार, कार्तिक २८ २०८३
    85
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी(नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ रुसको राजधानी मस्को प्रस्थान गरेका छन् ।

    अखिल रुसी राजनीतिक दलको आयोजनामा नोभेम्बर १४ देखि १७ सम्म हुने ‘फर द फ्रिडम अफ नेसन्स’ (राष्ट्रहरूको स्वतन्त्रताका लागि) विषयक विश्व सम्मेलनमा सहभागी हुन प्रचण्ड शुक्रबार बिहान मस्को प्रस्थान गरेका हुन् ।

    प्रचण्डसँग उनका प्रमुख स्वकीय सचिव गोविन्दप्रसाद आचार्य पनि मस्को गएका छन् ।

    उक्त सम्मेलनमा विभिन्न देशका राजनीतिक व्यक्तित्व तथा प्रतिनिधिहरू सहभागी हुने जनाइएको छ ।

    सम्मेलनमा सहभागी भएर प्रचण्डले अन्तर्राष्ट्रिय राजनीतिक व्यक्तित्व तथा प्रतिनिधिहरूसँग भेटघाट र विचार आदानप्रदान गर्ने अपेक्षा गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार