काठमाडौं । बागमती प्रदेश सरकारका मुख्यमन्त्रीदेखि मन्त्रीहरुको सेटै परिवर्तन हुने भएको छ ।
बागमती सरकारका मुख्यमन्त्री बहादुरसिंह लामाको कामकारबाहीबाट नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा असन्तुष्ट छन् । र, उनी मुख्यमन्त्रीमा इन्द्रबहादुर बानियाँलाई बागमती प्रदेश सरकारको मुख्यमन्त्री बनाउने निष्कर्षमा पुगिसकेको कांग्रेसकको देउवा समूहका एक केन्द्रीय सदस्य बताउँछन् ।
गएको प्रतिनिधिसभा निर्वाचनमा मकवानपुर क्षेत्र नं. १ बाट महालक्ष्मी डिना उपाध्यायलाई अन्तर्घात गरी पराजीत गराएको आरोप लागेपछि सभापति देउवाले उनलाई मुख्यमन्त्री नबनाई बहादुरसिंह लामालाई बनाएका थिए । तर यसबीचमा लामाले देउवा दम्पत्तिलाई खुसी बनाउन सकेनन् । बानियाँले भने डिनालाई अन्तर्घात गरेकोमा क्षमा माग्दै देउवाको मन जित्दै गए ।
स्रोतका अनुसार कांग्रेस सभापति देउवा बागमती प्रदेशको बजेट पारित हुनासाथ मुख्यमन्त्रीदेखि मन्त्री परिवर्तन गर्ने र इन्द्रबहादुर बानियाँको नेतृत्वमा सरकार गठन गर्ने निष्कर्षमा पुगिसकेका छन् ।
लामासँग असन्तुष्ट रहेका देउवालाई गएको असार १ गते आर्थिक मामिला मन्त्री कुन्दन काफ्लेले प्रस्तुत गरेको बजेटले झन् आक्रोशित बनाएको छ । काफ्लेले बजेटमा गरेको अचाक्लीले पनि देउवालाई थप चिढ्याउने काम गरेको बताइएको छ ।
काफ्लेले पहिरो नियन्त्रण, पर्यटन पदमार्ग जस्ता कमिसनमुखी योजना बनाएर तिनमा मात्र बजेटको ठूलो हिस्सा छुट्याएपछि कांग्रेसबृत्तमा त्यसलाई ‘टंकी बजेट’को संज्ञा दिइएको छ । टंकी अर्थात् काम नै नगरी भुक्तानी दिने र ५० प्रतिशत मन्त्री काफ्लेले नै लिने गरी यस्ता अनावश्यक शीर्षकमा बजेटको ठूलो हिस्सा छुट्याइएको आरोप छ ।
कांग्रेसले बागमती सरकारको नेतृत्वसहित मन्त्रीको सेटै परिवर्तन गर्ने भएकाले एमालेका पनि परिवर्तन हुने चर्चा छ ।
काठमाडौं । सम्पत्ति शुद्धीकरणको कसूरमा थुनामा रहेका सुलभ अग्रवालसँग कारोबार देखिएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)बिहीबार पक्राउ गरेकी मृदुला सरियालाई बिरामी नै नभए पनि...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले पछिल्लो समय उद्योगी–ब्यवसायीलाई छानीछानी भेटिरहेका छन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवविना...
काठमाडौं । स्वास्थ्य उपकरणका ब्यापारी बिशाल पण्डितले संघदेखि प्रदेशसम्मका सरकारी अस्पतालका खरिद र मर्मतमा सिन्डिकेट नै कायम गरेका छन् । त्यो सिन्डीकेट वालेन्द्र शाह...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को बाचापत्रमा राजनीतिक नियुक्तिमा मेरिटोक्रेसी लागू गर्दै योग्यतमहरुबाट गर्ने उल्लेख छ । तर सरकारले गुठी संस्थानको प्रशासक(सदस्यसचिव)मा विगतका सरकारका पालामा...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल मेडिकल काउन्सिलको रजिष्टारमा निमित्तमाथि निमित्त तोकेको छ । अध्यादेशबाट पदाधिकारीबिहीन भएको काउन्सिलको अध्यक्षदेखि रजिष्टार नियुक्ति हुन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend