काठमाडौं । बैकिङ कसुर मुद्दामा दोषी ठहर भएकी मिरा स्याङ्तानलाई नेपाली कांग्रेसको भातृ संस्था नेपाल किसान महासंघ बागमती प्रदेशको अध्यक्ष बनाइएको छ ।
नेपाल किसान महासंघ बागमती प्रदेशको नेपाली कांग्रेस केन्द्रीय पार्टी कार्यालय सानेपामा भएको अधिबेशनबाट अध्यक्ष बनेकी मिरा स्याङ्तानलाई जिल्ला अदालत मकवानपुरले बैकिङ कसुर मुद्दामा दोषी ठहर गर्दै माग दाबी पुग्ने फैसला गरेको हो । किसानको वकालत गर्न प्रदेश अध्यक्ष बनेकी मिरा स्याङ्तान किसानकै पैसा खाएर नतिर्ने आरोपित बनेकी हुन् ।
मङ्सिर २० गते बागमती प्रदेशका मुख्यमन्त्री नियुक्त भएका इन्द्रबहादुर बानियाँले आफू मुख्यमन्त्री भए पश्चात्को पहिलो सार्वजनिक कार्यक्रमा नै नेपाल किसान महासंघ बागमती प्रदेशको अधिबेशन उदघाटन गरेका हुन् ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा साउन २२ गते भएको नेपाल किसान महासंघ बागमती प्रदेशको प्रथम अधिबेशनले किसान महासंघ बागमती प्रदेश अध्यक्षमा मिरा स्याङ्तानलाई निर्बिरोध निर्वाचित गरेको थियो । मुख्यमन्त्री बानियाँकै जोडबलमा मिरा स्याङ्तानलाई निर्विरोध अध्यक्ष बनाएको बताइन्छ ।

मकवानपुरको कैलाश गाउँपालिका १० स्थायी घर भएकी मिरा स्याङ्तान नेपाल किसान महासंघको बागमती प्रदेश अध्यक्ष भएपछि चौतर्फी विवाद देखिएको किसान अगुवाहरुले बताएका छन् ।
राष्ट्रियता, लोकतन्त्र,समाजवाद,र किसान एकता हाम्रा आदर्श हुन भन्ने नारा बोकेको किसान महासंघमा अदालतले दोषी ठहर गरेको व्यक्तिलाई किसानको नेता बनाउनुले कस्तो समाजवाद कस्तो राष्ट्रियता कुन लोकतन्त्र हो भन्ने प्रश्न उब्जिएको छ ।
नेपाली कांग्रेस बागमती प्रदेश सभापतिसमेत रहेका बागमतीका मुख्यमन्त्री बानियाँले अदालतले दोषी ठहर गरेको व्यक्तिलाई नेपाल किसान महासंघ बागमती प्रदेशको अध्यक्ष बनाइनुले लोकतन्त्रमाथिको प्रहार रहेको कांग्रेस नेता कार्यकर्ताले बताएका छन ।
साउन २२ गते नेपाल किसान महासंघ बागमती प्रदेश समितिको अध्यक्ष निर्वाचित भएकी मिरा स्याङ्तानलाई जिल्ला अदालत मकवानपुरले साउन २७ गते बैकिङ कसुर मुद्दामा दोषी ठहर गरेको हो । मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ३२ बमोजिम दायर भएको जाहेरीमा जिल्ला अदालत मकवानपुरले जाहेर कर्ताको माग दाबी पुग्ने ठहर गरेको हो ।
मकवानपुर जिल्ला साविक भैंसे गाउँ बिकास समिति २ स्थायी घर भएकी सुन्तली कुमारी बर्तौलाले दायर गरेको मुद्दामा हालकी नेपाल किसान महासंघ बागमती प्रदेश समिति अध्यक्ष मिरा स्याङ्तान दोषी ठहर भएकी हुन् । स्याङ्तानले ब्यापार व्यवसाय गर्ने भन्दै बर्तौलासँग २६ लाख सापटी लिएको र मिरा स्याङ्तानले उक्त रकम फिर्ता नगरेपछि बर्तौलाले मुद्दा दायर गरेकी थिइन् ।
जिल्ला अदालत मकवानपुरकी जिल्ला न्यायाधीश गीता श्रेष्ठको इजलाशले २६ लाख दाबी ठहर हुने फैसला सुनाएको हो । अदालतले दोषी ठहर गरेको व्यक्तिलाई मुख्यमन्त्री बानियाँले किसान महासंघ बागमती प्रदेश अध्यक्ष बनाउनुले मुख्यमन्त्री बानियाँ समेत विवादित बनेका छन् ।
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वदीलय बैठक बोलाएका छन्। पार्टी प्रवक्ता जगदीश खरेलका अनुसार शीर्ष नेतृत्वबीचको सर्वदलीय बैठक बुधबार बस्न लागेको हो। बैठक...
काठमाडौं । नेपाली काँग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री बालेन शाहलाई संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुनुअघि सर्वदलीय बैठक राख्न सुझाव दिएका छन् । मंगलवार...
काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीभित्रको आन्तरिक विवाद अन्त्य गरी एकताबद्ध भएर अघि बढ्न अपिल गरेका छन् । देउवाले मंगलबार ७ बुँदे अपिल...
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ताहिर अली भाटले आइतबार दिँदै आएको सार्वजनिक बिदा कटौती गर्न सरकारसँग माग गरेका छन् । आज मंगलवार बसेको...
काठमाडौं। नेपाली कांग्रेसले निर्वाचन निर्देशिका २०८३ जारी गरेको छ। पार्टीको १५ औं महाधिवेशनलाई मर्यादित,व्यवस्थित र पारदर्शी बनाउने उद्देश्यले केन्द्रीय निर्वाचन समितिले नयाँ निर्देशिका जारी...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend