काठमाडौं । मिटरब्याजको कारोबार गरी अकूत सम्पत्ति आर्जन गर्ने केही आरोपीबिरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पनि छानबिन गरिरहेको छ ।
मिटरब्याजको कारोबार गर्ने केहीविरुद्ध मुद्दा दायर भइसकेको र केहीको हकमा अनुसन्धान जारी रहेको विभाग स्रोत बताउँछ । विभागले दुई बर्षअघि नै श्याम परदेशी भन्ने श्यामप्रसाद साहविरुद्ध मुद्दा दायर गरेको थियो । विगत लामो समयदेखि मिटरब्याजको कारोबार गर्दैआएका वीरेन्द्रलाल श्रेष्ठलगायतको हकमा अनुसन्धान जारी रहेको विभागका एक अधिकारी बताउँछन् ।
श्रेष्ठ काठमाडौंमा बसेर लामो समयदेखि मिटरब्याजको धन्दामा संलग्न रहेको आरोप लाग्दै आएको छ । उनीविरुद्ध प्रहरीमा पनि उजुरी छन् । पछिल्लोपटक उनीविरुद्ध लक्ष्मी पाठक, ओम शाक्य, नरेन्द्र प्रधान, सन्दीप श्रेष्ठको उजुरी परेको काठमाडौं परिसरका एक अधिकारीले बताए । वीरेन्द्रलालको मिटरब्याज तिर्न नसकेर जोरपाटीका एक रिजाल थरका ब्यक्तिले आत्महत्या नै गरेको भए पनि उनीबिरुद्ध दुरुत्साहन मुद्दामा कारबाही हुनुपर्ने आवाज उठिरहेको छ ।
मिटरब्याजको कारोबारबाट कमाएको अथाह सम्पत्ति वीरेन्द्रलालले संंयुक्त अरब इमिरेट्स(दुबई)मा रियलस्टेटमा लगानी गरेको बिषयमा पनि सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागमा सूचना पुगिसकेको स्रोत बताउँछ । दुबईमा उनले को–कोसँगको साझेदारीमा लगानी गरेका छन् भन्ने बिषयमा समेत बिभागले सुक्ष्मरुपमा अनुसन्धान गरिरहेको स्रोतको दाबी छ ।
उनले दर्जनौँ व्यक्तिविरुद्ध चेक बाउन्स तथा चेक अनादरको मुद्दा दायर गरेका छन् । मिटरब्याजबाटै करोडौँ सम्पत्ति आर्जन गरेको प्रमाणसहित उजुरी परेपछि विभागले उनीमाथि छानबिन थालेको हो । मिटरब्याजमा संलग्न अन्य केही व्यक्तिको पनि सम्पत्तिमाथि छानबिन भइरहेको विभागका एक अधिकारीले बताए ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागमा मात्र होइन, सीआईबी, जिल्ला प्रहरी परिसर काठमाडौं प्रधानमन्त्री कार्यालय, जिल्ला प्रशासन कार्यालय काठमाडौं र ललितपुरमा समेत उनीबिरुद्ध उजुरी परेका छन् । तर नेपाल प्रहरीका बहालवाला उच्च अधिकारीहरुले संरक्षण गरेका कारण उनी पक्राउ पर्नबाट जोगिंदैआएका छन् । फरार भनिएका वीरेन्द्रलाल कहिले कालिन्चोक त कहिले कहाँ घुमेका तस्वीरहरु टिकटकमा आइरहने गरेका छन् ।
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुुसन्धान ब्यूरो(सीआईबी)ले गएको असोज २३ गते पक्राउ गरी धरौटीमा छुटेका बिचौलिया नवीनराज बस्नेतमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागले पनि अनुसन्धान...
नेपालगञ्ज । बाँकेको खजुरा गाउँपालिकास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा भष्टाचार तथा बेथितिले आफ्नो चरम सीमा नाघिसकेको छ । उक्त अस्पतालमा भइरहेको बेथिति र भ्रष्टाचारका...
सम्राट उपाध्याय नेपालको निजामती सेवामा ट्रेड युनियन यति कमजोर कहिल्यै पनि भएको थिएन । नेपाल प्रहरीले एक साताअघि संचार गृहमा गएर पत्रकारहरुलाई गिरफ्तार शुरु गर्यो...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले भीड नियन्त्रणका क्रममा न्यूनतम बल र अधिकतम संयमता अपनाउनुपर्ने तथा भीड नियन्त्रण गर्नु भनेको नागरिकसँग भिड्नु वा...
काठमाडौं । आफूलाई गैरकानूनी रूपमा प्रहरी महानिरीक्षकबाट हटाइएको दाबीसहित दानबहादुर कार्कीले सर्वोच्च अदालतमा पेश गरेको रिट निवेदन दर्ता भएको छ । उनले हिजो (बिहीबार) वकिलहरूमार्फत...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend