काठमाडौँ। झापाको दक्षिणी सीमावर्ती क्षेत्र झापा गाउँपालिकामा चौपाया तस्कर र सशस्त्र प्रहरीबीच झडप हुँदा एकजना घाइते भएका छन्। नेपालबाट भारततर्फ अवैध रूपमा लैजाँदै गरिएका १८ वटा गोरु नियन्त्रणमा लिने क्रममा तस्कर र सुरक्षाकर्मीबीच विवाद भएपछि झडप भएको हो।
झापा गाउँपालिका–१ स्थित लसुनगञ्ज सीमा नाकाबाट व्यापक मात्रामा चौपाया तस्करी भइरहेको सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल ३८ नम्बर रिजर्भ गण पाडाजुङ्गीबाट सशस्त्र प्रहरी उपरीक्षक दिनेशकुमार बस्नेतको कमान्डमा २५ जनाको टोली परिचालन भएको थियो।
सशस्त्र टोलीले नेपालबाट भारततर्फ अवैध रूपमा लैजाँदै गरेका गोरु नियन्त्रणमा लिएको थियो। सोही क्रममा १० देखि १५ जनाको समूहमा रहेका चौपाया कारोबारीले सुरक्षाकर्मीको बाटो छेकेर विवाद गर्नुका साथै हातपातको प्रयास गरेका थिए।
स्थिति नियन्त्रणमा लिन सशस्त्र प्रहरीले बल प्रयोग गर्दा झडप भएको बताइएको छ। सशस्त्र प्रहरीको लाठी प्रहारबाट झापा गाउँपालिका–२ निवासी ४१ वर्षीय विनोदकुमार बराइली घाइते भएका छन्। उनको दाहिने खुट्टाको तिघ्रामा चोट लाग्नुका साथै हड्डीसमेत भाँचिएको छ। घाइते बराइलीलाई उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल लगिएको थियो।
नियन्त्रणमा लिइएका १८ वटा गोरु बीओपी टाँघनडुब्बाको कार्यालयमा राखिएको थियो। पछि ती चौपाया भन्सार कार्यालयमा बुझाइएको थियो। प्रहरी स्रोतका अनुसार भन्सार कार्यालयमा २ लाख ५५ हजार रुपैयाँ राजस्व बुझाएर चौपाया कारोबारीले ती गोरु लिएर गएका थिए ।
काठमाडौँ । जुवा खेल्ने तथा सट्टाबाजी गर्ने गरेको आरोपमा सुर्खेत प्रहरीले ५५ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगर नगरपालिकाका विभिन्न वडामा...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले गाई तिहारका दिन गाईको पूजा गरेका छन् । उनले राष्ट्रपति भवन शीतल निवासमा धनधान्यकी देवी लक्ष्मीको प्रतीकस्वरूप गाईको पूजा गरेका...
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली संस्कृति कमजोर हुँदै गएको भन्दै यसप्रति सबै नेपाली सजग हुनुपर्ने बताएका छन् । सोमवार...
काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पार्टीको महाधिवेशनमा आर्थिक चलखेल भएको भन्दै सामाजिक सञ्जालमा भइरहेका प्रचार आधारहीन भएको बताएका छन् । आज सोमवार...
काठमाडौँ । पर्साको पकाहाँ मैनपुर गाउँपालिका–२ मधुबनीमा पटाका पड्काउने क्रममा शरीरमा आगोले पोलेर घाइते भएका एक बालकको मृत्यु भएको छ।मृत्यु हुनेमा स्थानीय रामगुलाम सहनीका...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend