काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुुसन्धान ब्यूरो(सीआईबी)ले गएको असोज २३ गते पक्राउ गरी धरौटीमा छुटेका बिचौलिया नवीनराज बस्नेतमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागले पनि अनुसन्धान सुरु गरेको छ ।
१३ वर्षअघिको रक्तचन्दन तस्करीको घटनामा संलग्न भएका ठेक्काका बिचौलिया बस्नेतको राहदानी(पासपोर्ट) समेत बिभागले रोक्का गरेको छ । बिभाग स्रोतका अनुुसार बस्नेत बिदेश भाग्न सक्ने आशंकामा उनको पासपोर्ट रोक्का गरी अनुसन्धान भइरहेको छ ।
१३ बर्षअघि उनलाई वतन नखुलेको भन्दै रक्तचन्दन तस्करीमा मुद्दा चलाइएको थिएन । रक्तचन्दन बरामद भएको ट्रकका चालक र सहचालक भने जेल चलान भएका थिए ।
नेकपाका सांसद तथा पूर्व सहरी विकास मन्त्री धनबहादुर बुढादेखि क्षमादेवी ग्रुुपका राजकुमार बस्नेत र समानान्तर निर्माण सेवाका अच्यूतप्रसाद खरेललाई विमानस्थलका ठूला ठेक्कापट्टा, भवनहरुको टेण्डरमा सेटिङ गरी अथाह लाभ लिएका उनी पछिल्ला दिनमा रास्वपा सरकार आएपछि प्रधानमन्त्री वालेन्द्र शाहका निकट कुमार बेनससम्म पहुँच राख्न सफल भइसकेका थिए । रास्वपाका केही सांसद र मिडियाका ब्यक्तिमार्फत् उनी बेनसम्म पुगेका थिए ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारीसँग मिलेर उनले सेटिङमा ठेक्का लिने गरेका थिए । अधिकारी भ्रष्टाचार मुद्दामा तानिएपछि बस्नेतले शक्तिकेन्द्रमार्फत् मुद्दा मिलाइदिने भन्दै करोडौँको डिल गरेका थिए । डिल नमिलेपछि विदेशमा रहेका प्रकाश पाठक र त्रिशुल बाबामार्फत् अख्तियारका पदाधिकारीलाई नै धम्क्याउने कामसमेत गरेको आरोप लाग्दैआएको छ ।
काठमाडौँ। काठमाडौंको दरबारमार्गस्थित लिक्विड लाउन्ज बारमा आगलागी भएको छ। आइतबार बिहान ८:५५ बजे आगलागी भएको सूचना प्राप्त भएपछि दमकल र सुरक्षाकर्मीको टोली घटनास्थलमा पुगेर आगो...
काठमाडौं । सरकारले सार्वजनिक खरिद प्रक्रियामा आबद्ध श्रमिकको न्यूनतम पारिश्रमिक, सामाजिक सुरक्षा र बीमासम्बन्धी व्यवस्था अनिवार्य गरेको छ । सरकारले ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिक...
काठमाडौं । मिटरब्याजको कारोबार गरी अकूत सम्पत्ति आर्जन गर्ने केही आरोपीबिरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पनि छानबिन गरिरहेको छ । मिटरब्याजको कारोबार गर्ने केहीविरुद्ध मुद्दा दायर...
काठमाडौँ। शिक्षा तथा खेलकुद मन्त्रालयले १० भदौको विनाशकारी बाढीमा परी ज्यान गुमाएका र बेपत्ता भएकाका सन्तानलाई पूर्ण छात्रवृत्ति उपलब्ध गराउन मन्त्रीस्तरीय निर्णयमार्फत प्रक्रिया अगाडि...
सुनसरी। सुनसरीको इटहरी उपमहानगरपालिका-१३ गणेश पेट्रोलपम्प नजिक ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । गएराति करिब ११स्५० बजे कोशी लोक मार्गमा उत्तरबाट...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend