काठमाडौं । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
मंगलबार प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले उनलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । शपथ लिएलगत्तै नवनियुक्त बानियाँले मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले ८ जना मन्त्री नियुक्त गरेका हुन् ।
कांग्रेसबाट कृष्णकुमार तामाङले खानेपानी ऊर्जा तथा सिँचाई मन्त्रालय, शिवराज अधिकारीले विनाविभागीय मन्त्री, एमालेबाट मधुसुदन पौडेलले कृषि तथा पशुपंछी विकासमन्त्री, डा. दिनेश चन्द्र देवकोटाले भौतिक पूर्वाधार विकासमन्त्री, जयराम थापाले श्रम रोजगार तथा यातायातमन्त्री, भरतबहादुर केसीले वन तथा वातावरणमन्त्री, किरण थापाले स्वास्थ्यमन्त्री र बिन्दु श्रेष्ठले उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रीको जिम्मेवारी पाएका छन् ।
प्रदेश प्रमुख देवकोटाले सबै नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् ।

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले केही समयभित्रै मुलुकमा फेरि नयाँ राजनीतिक परिस्थिति निर्माण हुने दाबी गरेका छन्। शनिबार पार्टी केन्द्रीय...
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आजदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ । पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो...
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend