काठमाडौं । नेपाली कांग्रेसभित्र आन्तरिक किचलो गरेर बागमती प्रदेशको छैटौँ मुख्यमन्त्री बनेका इन्द्रबहादुर बानियाँको मुख्यमन्त्री नियुक्तिपछि कांग्रेसभित्र किचलो सुरु भएको छ । कांग्रेसभित्रको लफडा यतिसम्म अगाडि बढेको छ कि भर्खरै बाहिरिएका मुख्यमन्त्री बहादुरसिंह लामा खेमाका १४ सांसद पदबाटै राजीनामा बुझाउने तहमा पुगेका छन् ।
संसदीय दलको नेताबाट हटाउन अविश्वास प्रस्ताव दर्ता भएपछि लामाले गरेका नियुुक्त गरेका तीन मन्त्रीलाई प्रदेश प्रमुख दीपक देवकोटाले सपथ नगराएपछि उनले मुख्यमन्त्रीबाट राजीनामा दिएनन् । कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा नियुक्त भएका मन्त्रीहरुलाई बानियाँ सरकारमा पनि पुनः नियुक्ति गर्ने सहमति भएपछि लामाले राजीनामा दिएका थिए । तर बानियाँ मुख्यमन्त्रीमा नियुक्त भएपछि बहादुरले नियुक्त गरेका गोबिन्द लम्साल, माया श्रेष्ठ र गीता गुरुङलाई नियुक्ति गरेनन् । देउवा निवासमा भएको सहमति अनुसार तीनजनालाई मन्त्रीमा नियुक्त नभएपछि बहादुर पक्ष अपमानित महसुस गर्दै १४ सांसदको सामूहिक राजीनामा बुझाउन लागेका छन् । आइतबार उनीहरु देउवालाई राजीनामा दिने बताइएको छ ।
यसैबीच, बागमती प्रदेशमा हुँदा खाँदाको नेपालि कांग्रेस नेतृत्वको सरकारलाई चेपुवामा पारेर बागमतीको बागडोर सम्हाल्न आएका बानियाँ सुरुवात दिनदेखि नै विवादित पात्र हुन् । नेपाली कांग्रेसका नेता अरबपति बिनोद चौधरीको फेरो समातेर बुढानीलकण्ठ छिरेका बानियाँ कांग्रेस केन्द्रीय कोषाध्यक्ष उमेश श्रेष्ठको कनेक्सन मिलाएर बागमतीमा बबण्डर गर्न सफल भएका हुन् । बानियाँले साउन २७ गते विश्वासको मत लिंदैछन् ।
लामा मुख्यमन्त्री हुँदा नेपालका अरबपति भनेर चिनिएका बिनोद चौधरीको कम्पनी चौधरी ग्रुपले बंगलादेश सरकारले रिजेक्ट गरेको इभी ट्याक्सी नेपाल भित्र्याएर मालामाल हुने चौधरीको सपनामा बागमती प्रदेश सरकारले अनुमति नदिएपछि रन्थनिएका चौधरी लामा सित रुस्ट भएपछि लामालाई हटाउन लागिपरेका थिए ।
चौधरी ग्रुपको चौधरी ब्राण्ड बनाएर नेपालमा चलाउन खोजिएका हजारौं इभी ट्याक्सी यतिबेला चोभारमै थन्किएको छ । यही ट्याक्सीको मान्यता लिन चौधरीले बहादुर सरकार ढाल्ने र आफ्ना एसम्यान बानियाँलाई बागमतीको मुख्यमन्त्री बनाउने योजना अन्ततः सफल भए पनि बानियाँको बेलगाम यात्राले चौधरीलाई समेत धक्का लाग्ने देखिएको छ । चौधरीको ट्याक्सी र उमेश श्रेष्ठको हस्पिटलको अनुमति दिने ठेक्का अब बानियाँको काँधमा परे पनि कर्मचारीहरुले आफ्नै निर्णयले आफै हत्कडी लगाउन सक्ने हिम्मत गर्लान कि नगर्लान चासोको बिषय बनेको छ ।
बागमती प्रदेशका तत्कालिन श्रम रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनका छोरा चौधरी ग्रुपमै कार्यरत रहेकै कारण चौधरी ब्रान्डको मापदण्ड बिपरीतको इभी ट्याक्सीको अनुमति लिन महर्जनले पटक पटक ताकेता गरे पनि बागमती प्रदेशको आन्तरिक मामिला मन्त्री सुरजचन्द्र लामिछानेसम्मले टिप्पणी उठान गरेको अवस्थामा मुख्यमन्त्री लामाले कार्यविधि अनुसार मापदण्ड नपुगेको भन्दै रिजेक्ट गरेका थिए । लामाले चौधरी ब्राण्डको इभी ट्याक्सी रिजेक्ट गरेसँगै चौधरीको असली पात्र बने बानियाँ र सुरु भयो बागमतीबाट बहादुर हटाउने खेलोमेलो ।
प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन २०७९ मा आफ्नै पार्टीका नेता हराउन मुख्य भूमिका खेलेको आरोप लागेका इन्द्रबहादुर बानियाँलाई त्यस यता बुढानीलकण्ठ प्रवेशमै रोक लगाइएको थियो । पार्टी सभापति शेरबहादुर देउवा पत्नी आरजु राणाले नाम सुन्न समेत नरुचाइएका बानियाँ अन्ततः राणाकै प्रियपात्र बन्नुको रहस्य के होला भन्ने समेत चासोको बिषय बनेको छ ।
गोदावरीमा भएको नेपाली कांग्रेसको महासमिति बैठकमा गगन थापासित कुम जोडेका बानियाँले महासमिति बैठक बाहिर भने गगनको प्रतिवेदनमा विमति जनाउन नेता कार्यकर्ता उचालेको कुरा जाँदाजाँदै गगनले बानियाँ नै किन च्यापे भन्ने बिषयपनि सतहमा देखिएको छ । प्रकाशशरण महतलाई समेत कुनै बेला पंगु नेता भनेका बानियाँलाई काखी च्यापेर आफ्नै जिल्लाका लामालाई किन बहिर्गमन गरे भन्ने बिषयको हिसावकिताव नुवाकोटले खोजिरहेको स्थानीयले बताएका छन् ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend