काठमाडौं । प्रतिनिधिसभाको बैठक बस्दैछ ।
संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ः०० बजे बस्नेछ ।
हिजो बस्ने भनिएको बैठक सूचना टाँस गरेर आज बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको हो ।
भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने तथा स्वतन्त्र छानबिन आयोग बनाउनु पर्नु भन्दै प्रतिपक्षी दलले संसदमा अबरोध गरेका थिए ।
हिजो बिहान बैठक सुरू भएलगत्तै नेकपा माओवादी केन्द्र, रास्वपा र राप्रपा लगायतले गृह मन्त्री लेखकको राजिनामा माग गरेका थिए। राजिनामा नदिएसम्संम सद चल्न नदिने भनिए पछि पहिलो पटक ३० मिनेटका लागि स्थगित गरिएको बैठक दिऊँसो २ः३० बजे बस्ने भनिएको थियो ।
सो समय सिमा भित्र पनि बैठक बस्न नसके पछि सुचना टाँस गरेर आज ११ः०० बजेसम्मका लागि स्थगित गरिएको हो। भोली आर्थिक बर्ष २०८२/८३ को बार्षिक बजेट पेश गर्नु अघि हिजो उपप्रधान तथा अर्थ मन्त्री बिष्णुप्रसाद पौडेलले आर्थिक सर्बेक्षण प्रस्तुत गर्ने कार्यसुची थियाे ।
प्रतिपक्षले संसद अबरोध गरे पछि हिजो प्रस्तुत गर्न नसकिएको आर्थिक सर्बेक्षण आज प्रस्तुत गरिने भएको छ ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend