काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान १०ः०० बजे सिंहदरबारमा बस्न लागेको हो ।
बैठकमा प्रधामन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक, २०८३’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।
यसैगरी, बैठकमा कानुनमन्त्री गौतमले ‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन् ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति ओजस्वी शेरचनले राष्ट्रियसभामा उत्पत्ति भएको ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला ९स्थापना र सञ्चालन० विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८३’ प्रस्तुत गर्नेछिन् ।
त्यस्तै, पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक, २०८३’ प्रस्तुत गर्नेछन् ।
स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ‘रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव बैठकमा प्रस्तुत गर्नेछिन् ।
त्यस्तै, आजै अर्थसमिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ ।
काठमाडौँ। सरकारका प्रवक्तासमेत रहेका शिक्षा मन्त्री सस्मित पोखरेलले पूर्वप्रधान न्यायाधीश चोलेन्द्रशम्शेर राणालाई पक्राउ नै नगरिएको बताएका छन्। आज सिंहदरबारमा मन्त्रिपरिषद बैठकका निर्णय सुनाउने क्रममा पत्रकारहरूले...
काठमाडौं । सरकारले आज (मंगलबार) बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका मुख्य...
काठमाडौँ । सिंहदरबारमा अहिले मन्त्रिपरिषद्को बैठक बसिरहेको छ। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केहीबेरअघि सुरु भएको हो। बैठकमा समसामयिक सरकारी कामकारबाही तथा विभिन्न प्रशासनिक विषयमा...
काठमाडौँ । गण्डकी प्रदेशका पूर्वमन्त्री राजीव गुरुङ ‘दीपक मनाङे’ नेपाली काँग्रेसमा प्रवेश गरेका छन्। मनाङे मंगलबार काँग्रेसको संस्थापन इतर समूहमा प्रवेश गरेका हुन्। काँग्रेसको १५औँ...
काठमाडौँ। नेपाली कांग्रेसको १५ औं महाधिवेशन दुई दिन सरेको छ। असोज १६ गते महाधिवेशन उद्घाटन गर्ने तय भएकोमा अब असोज १८ गते पुर्याइएको हो। कार्यवाहक...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend