Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • आजको प्रतिनिधिसभा बैठकमा बजेटका सिद्धान्त र प्राथमिकताबारे छलफल हुने


    सोमबार, जेष्ठ ४ २०८३
    575
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजेदेखि सुरु हुने संघीय संसद सचिवालयले जारी गरेको कार्यसूचीमा उल्लेख छ ।

    संघीय संसद् सचिवालयका अनुसार आजको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल हुने कार्यसूची रहेको छ ।

    आर्थिक वर्ष २०८३–०८४ को लागि कर प्रस्ताव बाहेक विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल सुरु हुने सम्भावित कार्यसूची रहेको छ ।

    बैठकमा प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले ‘प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।

    सो प्रस्ताव समिति सभापति गणेश पराजुलीले प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको सचिवालयले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार