Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • आज सर्वदलीय बैठक बस्दै, भोलि संसद् अधिवेशन


    बुधबार, चैत्र १८ २०८२
    295
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरुको सर्वदलीय बैठक आज बस्दैछ ।

    बैठक दिउँसो २ बजे सिंहदरबारस्थित संसद् सचिवालयमा रहेको महासचिवको कार्यकक्षमा बस्नेछ ।

    गएको फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनबाट ६ दलले प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका छन् ।

    राष्ट्रिय स्वतन्त्र पार्टी नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी प्रतिनिधिसभामा रहेका छन् ।

    राष्ट्रपति रामचन्द्र पौडेलबाट बिहीबारका लागि संसद्को अधिवेशन आह्वान भएसँगै त्यसको तयारीका लागि सर्वदलीय बैठक बस्न लागेको हो ।

    राष्ट्रपति पौडेलले संसदका दुवै सदनको बैठक बिहीबार दिउँसो २ बजे बस्नेगरी आह्वान भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार