काठमाडौं । गएको २१ फागुनमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिको पहिलो बैठक आजदेखि बस्दैछ । राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा आज २ बजेबाट संघीय संसद्को अधिवेशन सुरु हुन लागेको हो ।
संघीय संसद सचिवालयले प्रतिनिधिसभाको पहिलो बैठकका ८ वटा कार्यसूची तय गरेको छ । आजको बैठकबाटै सभामुख चयन प्रक्रिया सुरु हुने संसद् सचिवालयले जनाएको छ । सभामुख चयन भएपछि बल्ल उपसभामुख चयनको प्रक्रिया सुरु हुने सचिवालयको भनाइ छ ।
बुधबार प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूबीच संसद्को पहिलो बैठकमै सभामुखको निर्वाचनसम्बन्धी प्रस्ताव प्रस्तुत गर्ने सहमति जुटेको छ । सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीको अध्यक्षतामा सिंहदरबारमा बसेको दलका प्रतिनिधिको बैठकले सभामुख चयन प्रक्रिया तत्काल थाल्ने सहमति गरेको थियो ।
सहमतिअनुसार २० गते मनोनयन र २२ गते निर्वाचनको कार्यतालिका छ । एकजनाको मात्र उम्मेदवारी दर्ता भए शुक्रबार नै प्रतिनिधिसभाले नयाँ सभामुख पाउनेछ । रास्वपाले उपसभापति डोलप्रसाद अर्याललाई सभामुखका रूपमा अघि सार्दैछ । संसदमा रास्वपाको दुईतिहाइ पुग्न २ सिट कम संख्या भएकाले अर्याल सभामुख हुने निश्चित छ ।
पहिलो बैठकमा जेनजीसहित सबै आन्दोलनका शहीदप्रति श्रद्धाञ्जली व्यक्त गर्ने र संसदमा प्रतिनिधित्व गरेका ६ वटै दलका शीर्ष नेताले शुभकामना सम्बोधन गर्ने सहमति भएको छ । दलको बैठकपछि महासचिवको हस्ताक्षरमा तय भएको सम्भावित कार्यसूचीमा राष्ट्रपति कार्यालयले पठाएको सरकार गठन र संसद् आह्वानसम्बन्धी पत्र पढेर सुनाउने, बैठकको अध्यक्षता गर्ने सदस्यको मनोनयन गर्ने कार्यसूची छ ।
बैठकमा दलीय प्रतिनिधित्वका आधारमा शुभकामना मन्तव्यपछि गृहमन्त्री सुधन गुरुङले ३ वटा अध्यादेश पेस गर्ने कार्यसूची छ । सचिवालयका अनुसार गृहमन्त्रीले मतदाता नामावली अध्यादेश, प्रतिनिधिसभा सदस्य निर्वाचन अध्यादेश र नेपाल विशेष सेवा अध्यादेश पेस गर्नेछन् ।
प्रतिनिधिसभा भंग भएयता निधन भएका विभिन्न ५ जना सांसदप्रति शोक प्रस्ताव पारित गरेर बैठक समापन गर्ने कार्यसूची छ ।
मौजुदा प्रतिनिधिसभा नियमावली प्रतिस्थापन नहुँदासम्मका लागि पुरानै नियमावलीबाट प्रतिनिधिसभा बैठक सञ्चालन गर्ने सहमति गरेको छ ।
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैंका अवसरमा सोमबार काठमाडौं उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन एवं पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गरेका छन्। उक्त अवसरमा राष्ट्रपति पौडेलले प्रथम महिला...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend