काठमाडौं । गएको २१ फागुनमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिको पहिलो बैठक आजदेखि बस्दैछ । राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा आज २ बजेबाट संघीय संसद्को अधिवेशन सुरु हुन लागेको हो ।
संघीय संसद सचिवालयले प्रतिनिधिसभाको पहिलो बैठकका ८ वटा कार्यसूची तय गरेको छ । आजको बैठकबाटै सभामुख चयन प्रक्रिया सुरु हुने संसद् सचिवालयले जनाएको छ । सभामुख चयन भएपछि बल्ल उपसभामुख चयनको प्रक्रिया सुरु हुने सचिवालयको भनाइ छ ।
बुधबार प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूबीच संसद्को पहिलो बैठकमै सभामुखको निर्वाचनसम्बन्धी प्रस्ताव प्रस्तुत गर्ने सहमति जुटेको छ । सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीको अध्यक्षतामा सिंहदरबारमा बसेको दलका प्रतिनिधिको बैठकले सभामुख चयन प्रक्रिया तत्काल थाल्ने सहमति गरेको थियो ।
सहमतिअनुसार २० गते मनोनयन र २२ गते निर्वाचनको कार्यतालिका छ । एकजनाको मात्र उम्मेदवारी दर्ता भए शुक्रबार नै प्रतिनिधिसभाले नयाँ सभामुख पाउनेछ । रास्वपाले उपसभापति डोलप्रसाद अर्याललाई सभामुखका रूपमा अघि सार्दैछ । संसदमा रास्वपाको दुईतिहाइ पुग्न २ सिट कम संख्या भएकाले अर्याल सभामुख हुने निश्चित छ ।
पहिलो बैठकमा जेनजीसहित सबै आन्दोलनका शहीदप्रति श्रद्धाञ्जली व्यक्त गर्ने र संसदमा प्रतिनिधित्व गरेका ६ वटै दलका शीर्ष नेताले शुभकामना सम्बोधन गर्ने सहमति भएको छ । दलको बैठकपछि महासचिवको हस्ताक्षरमा तय भएको सम्भावित कार्यसूचीमा राष्ट्रपति कार्यालयले पठाएको सरकार गठन र संसद् आह्वानसम्बन्धी पत्र पढेर सुनाउने, बैठकको अध्यक्षता गर्ने सदस्यको मनोनयन गर्ने कार्यसूची छ ।
बैठकमा दलीय प्रतिनिधित्वका आधारमा शुभकामना मन्तव्यपछि गृहमन्त्री सुधन गुरुङले ३ वटा अध्यादेश पेस गर्ने कार्यसूची छ । सचिवालयका अनुसार गृहमन्त्रीले मतदाता नामावली अध्यादेश, प्रतिनिधिसभा सदस्य निर्वाचन अध्यादेश र नेपाल विशेष सेवा अध्यादेश पेस गर्नेछन् ।
प्रतिनिधिसभा भंग भएयता निधन भएका विभिन्न ५ जना सांसदप्रति शोक प्रस्ताव पारित गरेर बैठक समापन गर्ने कार्यसूची छ ।
मौजुदा प्रतिनिधिसभा नियमावली प्रतिस्थापन नहुँदासम्मका लागि पुरानै नियमावलीबाट प्रतिनिधिसभा बैठक सञ्चालन गर्ने सहमति गरेको छ ।
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
काठमाडौँ। प्रमुख प्रतिपक्षी तथा नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले जेन–जी विद्रोहका क्रममा भएका घटनाबारे राष्ट्रिय मानव अधिकार आयोगले गरेको सिफारिस तत्काल कार्यान्वयन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend