Nepal Face
  • मंगलबार, २३ भाद्र २०८३
  • प्रतिनिधिसभा बैठक भोलि ११ बजेसम्म स्थगित


    मंगलबार, जेष्ठ १३ २०८२
    995
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। प्रतिनिधिसभाको आजको बैठक सूचना टाँस गरेर भोलि बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ।

    भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकले राजिनामा दिनुपर्ने तथा स्वतन्त्र छानबिन आयोग बनाउनु पर्नु भन्दै संसदमा आज अबरोध गरेका थिए ।

    बिहान बैठक सुरू भएलगत्तै नेकपा माओवादी केन्द्र, रास्वपालगायतले गृह मन्त्री लेखकको राजीनामा माग गरेका थिए ।

    संसद चल्न नदिए पछि ३० मिनेटका लागि स्थगित गरिएको बैठक दिऊँसो २:३० बजे बस्ने भनिएको थियो ।

    सो समयसीमाभित्र पनि बैठक बस्न नसकेपछि सूचना टाँस गरेर भोलि ११:०० बजेसम्मका लागि स्थगित गरिएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार