काठमाडौं । सहरी विकास मन्त्रालय अन्तर्गतको महत्त्वपूर्ण निकाय काठमाडौं उपत्यका विकास प्राधिकरणको प्रगति निकै कमजोर र लाजमर्दो अवस्थामा छ ।
काठमाडौं उपत्यकालाई सुन्दर, शान्त, रमणीय, पर्यटकीय, हरियाली र व्यापारिक केन्द्र बनाई दिगो विकास र भद्रगोल विकास प्रक्रियालाई सहज, सरल र यहाँको जनसंख्यालाई व्यवस्थित तरिकाले बस्ती विकास गरी बस्न योग्य काठमाडौं उपत्यका बनाउने उद्देश्य राखी काठमाडौं उपत्यका विकास प्राधिकरण ऐन, २०४५ अनुसार गठन भएको प्राधिकरण स्थापना गरिएको थियो ।
नेतृत्व क्षमता नै नभएकी जानुका ढकाललाई अंकभार नै तलमाथि गरी विकास आयुक्त नियुक्ति गरेपछि प्राधिकरणको कामकारबाही प्रभावकारी रुपमा अगाडि बढ्न नसकेको कर्मचारीहरु नै स्वीकार गर्दछन् ।
जानुका ढकालले प्राधिकरणको नेतृत्व सम्हालेदेखि प्राधिकरणको प्रगति र इज्जत निरन्तर ओरालो लाग्दै गएको छ । हरेक वर्ष प्राधिकरणको प्रगति लाजमर्दो अवस्थामा छ । यस बर्ष झनै कमजोर भएको छ ।
चालु आर्थिक बर्ष २०८०-८१ सकिनै लाग्दा प्राधिकरण केन्द्रको प्रगति ४ प्रतिशत नाघेको छैन । काठमाडौं उपत्यका विकास प्राधिकरण काठमाडौं जिल्ला आयुक्तको कार्यालयले गरेको प्रगतिले केन्द्रको लाज जोगाएको छ ।

प्राधिकरणका काठमाडौं, भक्तपुर र ललितपुर गरी ३ वटा कार्यालय छन् । काठमाडौं कार्यालयले यस बर्ष ५५ प्रतिशत प्रगति कटाएको छ । ललितपुरका प्रमुख तुलसी खरबुजा र भक्तपुरका प्रमुख सफल श्रेष्ठको ध्यान भने प्रगति गर्नु भन्दा पनि सेटिङ मिलाएर आर्थिक उपार्जन गर्नतिर मात्रै केन्द्रित छ ।
केही महिनाअघि मात्र खरबुजा ललितपुर पुगेका थिए । ‘१० लाख बुझाएर आए, ५० लाख कमाउनुपर्ने भएको छ’ खरबुजाले आफू निकट केही साथीसँग भन्ने गरेका छन् ।
केभीडीएको प्रगति निकै कमजोर भएकोमा उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंह ढकालसँग आक्रोशित भएका छन् । केही दिनअघि बसेको मन्त्रालयको आन्तरिक बैठकमा केही काम गर्न नसकेको भन्दै सिंहले ढकालसँग आक्रोश पोखेका थिए । उक्त बैठकमा उनले केही बोल्न सकेकी थिइनन् । ढकालको कार्यकाल अब करिब १ वर्षमात्र छ । ‘ढकाल केभीडीएमा रहँदासम्म झनै बद्नाम हुने निश्चित छ, त्यसैले उनलाई जतिसक्दो चाँडो कारबाहीको प्रक्रिया अघि बढाउन आवश्यक छ’ मन्त्रालयका उच्च कर्मचारीहरुले भने ।
केभीडीए केन्द्रसँग काम गर्नका लागि चालु आर्थिक बर्षमा सय भन्दा बढी कार्यक्रम छन् । तर ढकालले कुनै पनि कार्यक्रम अघि बढाएकी छैनन् । सबै कार्यक्रमको प्रगति लाजमर्दो अवस्था छ । प्रगति लाजमर्दो भएको विषयमा मन्त्रालयले सोध्दा उनले आफ्नै कर्मचारीहरुले सहयोग गरेनन् भन्ने जवाफ दिने गरेकी छन् ।
आफ्नै कर्मचारीहरुसँग समन्वय गर्ने र सहयोग गर्ने क्षमता नै उहाँसँग छैन’ एक कर्मचारीले भने ।
रामकुमारी झाँक्री सहरी विकास मन्त्री हुँदा उनलाई हटाउन प्रक्रिया अघि बढाइएको थियो । त्यसका लागि उनलाई २ पटक स्पष्टीकरण सोधिएको थिए । त्यतिबेला सहसचिव पद्म मैनालीको संयोजकत्वमा छानबिन समिति नै गठन गरिएको थियो । उक्त समितिले ढकालले काम गर्न नसक्ने भन्दै ढकाललाई तत्काल केभीडीएबाट हटाउन मन्त्रालयलाई सिफारिस गरेको थिए ।
उक्त प्रतिवेदन कार्यान्वयन गर्ने बेलामा मन्त्रालयको सचिवको रुपमा रमेशप्रसाद सिहंको पुनरागमन भयो । त्यसपछि उनलाई हटाउने प्रक्रिया रोकिएको थियो । सिंहकै जोडबलमा अकंभार समेत तलमाथि पारेर केभीडीएमा ढकाललाई ल्याइएको थियो ।
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा मुद्दा सेटिङमा मात्र होइन, सहरी विकास तथा भवन बिभागले निर्माण गर्नुपर्ने सर्वोच्च अदालतको भवनको ठेक्का सेटिङको बिषयमा पनि छानबिनमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend