काठमाडौं । काठमाडौ उपत्यका विकास प्राधिकरण काठमाडौं जिल्ला आयुक्त कार्यालयले अवैध प्लटिङ रोक्न अभियान नै संचालन गरेको छ । तर अवैध प्लटिङ रोक्न महत्वपूर्ण भूमिका निभाएका कर्मचारी घनश्याम पौडेललाई उपत्यका विकास प्राधिकरणकी विकास आयुक्त जानुका ढकालले २४ घण्टाभित्र रमाना लिनेगरी सरुवा गरेको पत्र पठाएकी छन् ।
पौडेल प्राधिकरणको पुनरावेदन समितिका रजिष्टार र संचालक समितिका बोर्ड सचिव पनि हुन् । उच्च अदालतको रजिष्टारसरह उनले अधिकार प्रयोग गर्न पाउँछन् । त्यसैले उनलाई विकास आयुक्तले सरुवा गर्न मिल्दैन । यो भनेको न्यायालयलाई प्रभाव पारेको हो । किनभने नेपाल सरकारले रजिष्टारको सरुवा गर्न सक्दैन ।
ढकालले एक महिनाअघि पौडेललाई प्राधिकरण अन्तगर्तको भेल्पा आयोजनाका आयोजना प्रमुुखमा सरुवा गरेकी थिइन् । त्यतिबेला पौडेलले आफूलाई सरुवा गर्न कानुनी रुपमा नमिल्ने भएकाले भेल्पा जान मानेका थिएनन् तर विकास आयुक्त ढकालले यो विषयलाई आफ्नो प्रतिष्ठामात्र ठानिनन्, सरकारी जग्गा अतिक्रमण गर्ने विचौलियाको प्रभावमा परिन् । किनभने पौडेलले अतिक्रमण भएको सरकारी जग्गा संरक्षण गर्न र अवैध प्लटिङ रोक्न महत्वपूूूण भूमिका निभाउँदै आएका छन् ।
त्यसैले ढकालले जसरी भए पनि पौडेललाई सरुवा गर्न चाहेकी छन् । विचौलियाहरुले उनलाई पौडेलको सरुवा गर्न दबाब दिइरहेका छन् । ‘बिचौलियाको दबाबमा परेर उहाँले पौडेललाई २४ घण्टाभित्र रमाना बुझी भेल्पा आयोजनामा जान पत्र पठाउनुभएको प्रष्ट देखिन्छ’ प्राधिकरणका एक कर्मचारीले भने ।
अबैध प्लटिङको विषयमा जानकारी गराउन काठमाडौं जिल्ला आयुक्त सुवास बस्नेत र कानुन अधिकृत पौडेलले गत बिहीबार पत्रकार सम्मेलन गर्न खोज्दा ढकालले पत्रकार सम्मेलन गर्ने हल नै उपलब्ध गराइनन् । उनले त्यस दिन विहानै हलमा ताला लगाइन् । त्यसपछि बस्नेत र पौडेलले प्राधिकरण परिसरमा पत्रकार सम्मेलन गरेका थिए । जब कि पत्रकार सम्मेलनबारे बस्नेतले पहिले नै ढकाललाई जानकारी गराएका थिए । बिचौलियाको दबाबमा परेर ढकालले पत्रकार सम्मेलनको कार्यक्रमसमेत राक्ने प्रयास गरेकी थिइन् ।
ढकालले एउटा सरकारी गाडी आफ्नो श्रीमानलाई उपहारस्वरुप प्रयोग गर्न दिएकी छन् । यसबारेमा खोजीनीति गरेकाले जानुका काठमाडौं विकास आयुक्त बस्नेत र पौडेलसँग रुष्ट भएकी हुन् ।
काठमाडौ जिल्ला आयुक्त कार्यालयले हाल ९४ ठाउँमा अवैध प्लटिङ रोक्का गरेको छ । रोक्का गरिएको अवैध प्लटिङ फुकुवा गर्न ढकाल सक्रिय भएर लागेकी छन् । स्रोत भन्छ, यस काममा उनले बिचौलियाबाट ठूलो मात्रामा आर्थिक लाभ लिएकैले उनी फुकुवा गर्न लागेकी हुन् ।’
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा मुद्दा सेटिङमा मात्र होइन, सहरी विकास तथा भवन बिभागले निर्माण गर्नुपर्ने सर्वोच्च अदालतको भवनको ठेक्का सेटिङको बिषयमा पनि छानबिनमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend