काठमाडौं । काठमाडौ उपत्यका विकास प्राधिकरण काठमाडौं जिल्ला आयुक्त कार्यालयले अवैध प्लटिङ रोक्न अभियान नै संचालन गरेको छ । तर अवैध प्लटिङ रोक्न महत्वपूर्ण भूमिका निभाएका कर्मचारी घनश्याम पौडेललाई उपत्यका विकास प्राधिकरणकी विकास आयुक्त जानुका ढकालले २४ घण्टाभित्र रमाना लिनेगरी सरुवा गरेको पत्र पठाएकी छन् ।
पौडेल प्राधिकरणको पुनरावेदन समितिका रजिष्टार र संचालक समितिका बोर्ड सचिव पनि हुन् । उच्च अदालतको रजिष्टारसरह उनले अधिकार प्रयोग गर्न पाउँछन् । त्यसैले उनलाई विकास आयुक्तले सरुवा गर्न मिल्दैन । यो भनेको न्यायालयलाई प्रभाव पारेको हो । किनभने नेपाल सरकारले रजिष्टारको सरुवा गर्न सक्दैन ।
ढकालले एक महिनाअघि पौडेललाई प्राधिकरण अन्तगर्तको भेल्पा आयोजनाका आयोजना प्रमुुखमा सरुवा गरेकी थिइन् । त्यतिबेला पौडेलले आफूलाई सरुवा गर्न कानुनी रुपमा नमिल्ने भएकाले भेल्पा जान मानेका थिएनन् तर विकास आयुक्त ढकालले यो विषयलाई आफ्नो प्रतिष्ठामात्र ठानिनन्, सरकारी जग्गा अतिक्रमण गर्ने विचौलियाको प्रभावमा परिन् । किनभने पौडेलले अतिक्रमण भएको सरकारी जग्गा संरक्षण गर्न र अवैध प्लटिङ रोक्न महत्वपूूूण भूमिका निभाउँदै आएका छन् ।
त्यसैले ढकालले जसरी भए पनि पौडेललाई सरुवा गर्न चाहेकी छन् । विचौलियाहरुले उनलाई पौडेलको सरुवा गर्न दबाब दिइरहेका छन् । ‘बिचौलियाको दबाबमा परेर उहाँले पौडेललाई २४ घण्टाभित्र रमाना बुझी भेल्पा आयोजनामा जान पत्र पठाउनुभएको प्रष्ट देखिन्छ’ प्राधिकरणका एक कर्मचारीले भने ।
अबैध प्लटिङको विषयमा जानकारी गराउन काठमाडौं जिल्ला आयुक्त सुवास बस्नेत र कानुन अधिकृत पौडेलले गत बिहीबार पत्रकार सम्मेलन गर्न खोज्दा ढकालले पत्रकार सम्मेलन गर्ने हल नै उपलब्ध गराइनन् । उनले त्यस दिन विहानै हलमा ताला लगाइन् । त्यसपछि बस्नेत र पौडेलले प्राधिकरण परिसरमा पत्रकार सम्मेलन गरेका थिए । जब कि पत्रकार सम्मेलनबारे बस्नेतले पहिले नै ढकाललाई जानकारी गराएका थिए । बिचौलियाको दबाबमा परेर ढकालले पत्रकार सम्मेलनको कार्यक्रमसमेत राक्ने प्रयास गरेकी थिइन् ।
ढकालले एउटा सरकारी गाडी आफ्नो श्रीमानलाई उपहारस्वरुप प्रयोग गर्न दिएकी छन् । यसबारेमा खोजीनीति गरेकाले जानुका काठमाडौं विकास आयुक्त बस्नेत र पौडेलसँग रुष्ट भएकी हुन् ।
काठमाडौ जिल्ला आयुक्त कार्यालयले हाल ९४ ठाउँमा अवैध प्लटिङ रोक्का गरेको छ । रोक्का गरिएको अवैध प्लटिङ फुकुवा गर्न ढकाल सक्रिय भएर लागेकी छन् । स्रोत भन्छ, यस काममा उनले बिचौलियाबाट ठूलो मात्रामा आर्थिक लाभ लिएकैले उनी फुकुवा गर्न लागेकी हुन् ।’
काठमाडौं । बाढी प्रभावित रसुवाका बालबालिकालाई कुपोषणको जोखिमबाट जोगाउन स्वास्थ्य सेवा विभागले ३० हजार स्याचेट Ready-to-Use Therapeutic Food (RUTF) रसुवा पठाएको छ । बाढीका कारण...
सुयोग शर्मा भदौ १० गते रसुवामा बाढी आयो । स्वास्थ्यका सबै निकाय परिचालन भए तर एकीकृत र प्रभावकारी हुन सकेनन् । कतै स्वास्थ्य सामग्रीको अभाव...
ललितपुर । कारागारमा रहेका व्यक्तिको निर्देशनमा ठूलो लागूऔषध सञ्जाल सञ्चालन भइरहेको आशंकाबीच सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्यूरोले ललितपुरको च्यासलबाट १७ हजार ४ सय...
काठमाडौं । देशको राजधानी काठमाडौंको टेकूमा रहेको केन्द्रीय जनस्वास्थ्य प्रयोगशाला(सेन्टर ल्याब) को ब्यवस्थापन प्रभावकारी नहुँदा आम नागरिकले दिनहुँ सास्ती ब्यहोर्नुपरेको छ । भरपर्दो र विश्वसनीयका...
काठमाडौं । नेपालमा जापानिज इन्सेफ्लाइटिस (जेई) संक्रमण र यसबाट हुने मृत्युको अवस्था गम्भीर बन्दै गएपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले उच्च जोखिममा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend