काठमाडौं । अबको दुई दिनपछि वर्तमान मुख्यसचिव सुमनराज अर्याल ५८ वर्ष उमेर हदका कारण अनिवार्य अवकाशमा जाँदैछन् । त्यसपछि नयाँ मुख्यसचिव को बन्छ भन्ने चासो र जिज्ञासा यतिबेला निजामती सेवामा सुरु भएको छ ।
बालेन सरकारले पालो मिचेन भने हाल मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयमा कार्यरत सचिव किरण शर्मा मुख्यसचिव बन्नेछन् । हुन त प्रधानमन्त्री कार्यालयमै कार्यरत सचिव खगेन्द्रप्रसाद नेपाल उनी भन्दा वरिष्ठ हुन् । तर खगेन्द्रका लागि सरकारले प्रधानमन्त्री कार्यालयमा विशेष दरबन्दी सिर्जना गरेर राखिएको छ । खगेन्द्रलाई मुख्यसचिव बनाउने सम्भावना छैन ।
वालेन्द्र शाह नेतृत्वको सरकारले प्रधानन्यायायीश नियुक्तिमा पालो मिचिसकेको छ । मुख्यसचिव नियुक्तिमा पनि पालो मिच्ने सम्भावना धेरै रहेको आँकलन गरिएको छ । स्रोत भन्छ–वरिष्ठताका आधारमा नवौं नम्बरका सचिव गोपालप्रसाद सिग्देललाई वालेन्द्र शाह सरकारले मुख्य सचिव नियुक्ति गर्ने तयारी भित्रभित्रै गरिरहेको छ ।
मुख्यसचिव बन्न सिग्देलले धेरै प्रयास गरिरहेका छन् । विभिन्न तह र माध्यमबाट उनले लविङ गरिरहेका छन् । सिग्देल इन्जीनीयर भएको र योबीचमा उनले प्रधानमन्त्री वालेन्द्र शाहलाई रिझाइसकेकाले उनी मुख्यसचिव बन्ने निश्चित भएको चर्चा निजामती कर्मचारी बृत्तमा छ ।
सिग्देल नवौं नम्बरमा मात्र छैनन् विगतमा उनको छवि राम्रो छैन । उनी निकै विवादापस्द मानिन्छन् । जेनजी सरकारको पालामा कुमार इङ्नाम सहरी विकास मन्त्री भएको बेला सिग्देलले आफ्नै मन्त्रीलाई पटक–पटक असहयोग गरेका थिए, मन्त्रीको निर्देशन उनले ठाडै उल्लंघन गर्ने गरेका थिए । सिग्देलसँग तत्कालीन मन्त्री इङ्नाम वाक्कदिक्क भएका थिए । यो कुरा इङ्नामले सार्वजनिक रुपमै भनेका थिए ।
सार्वजनिक जग्गा अतिक्रमण गर्नेहरुलाई संरक्षण
सचिव सिग्देलले सार्वजनिक जग्गा अतिक्रमणकारीलाई संरक्षण गरेको आरोप सुरुदेखि नै लाग्दै आएको छ । डेढ बर्षअघि सिग्देल तत्कालीन सहरी विकास मन्त्रालयको सचिव हुँदा मन्त्रालयमातहतको काठमाडौं उपत्यका विकास प्राधिकरणको काठमाडौं जिल्ला आयुक्तको कार्यालयले धोबीखोला कोरिडोरमा अतिक्रमण गरिएको सरकारी/सार्वजनिक जग्गा खाली गर्ने अभियान सुरु गरेको थियो ।
यसको नेतृत्व उपत्यका विकास प्राधिकरण काठमाडौंका तत्कालीन आयुक्तले गरिरहेका थिए । अतिक्रमित जग्गा खाली गर्ने क्रममा धोबीखोला कोरिडोरमा ओम अस्पताले पनि सरकारी/सार्वजनिक जग्गा अतिक्रमण गरी भवन बनाएको पाइयो । त्यतिबेला काठमाडौं आयुक्त कार्यालयले अतिक्रमित जग्गामा डोजर चलाउने सूचना निकाल्यो । त्यो सूचना कार्यान्वयन भएको भए ओम अस्पतालको भवनमा डोजर चल्ने निश्चित थियो । तर ओम अस्पतालका संचालक सिग्देलका ससुरा डा. उग्रनारायण पाठक (युएन पाठक) हुन् ।
त्यसैले ओम अस्पतालमा डोजर नचलाउन सिग्देलले आयुक्तलाई विभिन्न माध्यमबाट चर्को दबाब दिए । तर आयुक्त पछि हट्ने अवस्थामा थिएनन् । किनभने बानेश्वरस्थित आफ्नै हाकिमको घरमा उनले डोजर चलाइसकेका थिए । त्यसैले हतार हतारमा सिग्देले आयुक्तलाई प्राधिकरणबाट सरुवा गरे । आयुक्तलाई प्राधिकरणबाट सरुवा गर्न उनले अडान नै राखे । स्रोत भन्छ, त्यतिबेला उनले तत्कालीन सहरी विकास मन्त्रीसँग बस्नेतको सरुवा नभए आफू मन्त्रालयमै नबस्ने भनेका थिए । २०२१ को नापी नक्सा भिडाउने हो भने ओम अस्पतालले धोबीखोलाको बगर अतिक्रमण गरेको पुष्टि हुने जानकारहरुको भनाइ छ ।
टोखा नगरपालिकाको धुम्बाराहीमा वडा अध्यक्षले अतिक्रमण गरिएको सरकारी जग्गामा पनि बस्नेतले डोजर चलाउन खोजेका थिए । त्यतिबेला पनि सिग्देलले डोजर चलाउन दिएनन् । सिग्देल आफैंले पनि केही थोरै सरकारी जग्गा अतिक्रमण गरेका छन् । त्यसैले सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गर्नेहरुलाई उनले संरक्षण गर्ने गरेको आरोप लाग्ने गरेको छ । बालेन्द्र सरकारले अतिक्रमित सरकारी जग्गा खाली गराउने अभियानमा छ । सिग्देल मुख्यसचिव भए भने बालेन सरकारको यो अभियान पूरा नहुने निश्चित छ ।
यस्तो छ सिग्देलको विगत
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा शक्तिमा हुँदा सिग्देल डा. आरजु राणासँग निकै निकट मानिन्थे । आरजुलाई खुशी बनाउँदै यिनी लामो समय सडक विभागको महानिर्देशक भएका थिए । उनको कार्यकाल ठेक्का सेटिङमा निकै विवादित रहेको छ ।
२०७३ मा शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा सडक विभाग अन्तर्गतका विभिन्न आयोजनामा करिब १ खर्ब रुपैयाँका ठेक्कामा सेटिङ गरी २० अर्ब भन्दा बढी देशलाई नोक्सान पुर्याउने कार्यमा सिग्देलको भूमिका महत्वपूर्ण थियो । पूर्वयोग्यता (पीक्यू)का नाममा प्रतिस्पर्धालाई सीमित नगरी स्वच्छ प्रतिस्पर्धा हुन दिएको भए २० अर्ब कममा बोलपत्र प्रस्ताव पर्ने थियो । सिग्देल त्यो समयमा सडक विभागको महानिर्देशक थिए । सिग्देल र तत्कालीन भौतिक सचिव देवेन्द्र कार्कीले सडकका ठेक्कामा अरबौं नीतिगत भ्रष्टाचार गरेका थिए ।
त्यतिबेला सडकमा ७ वटा ठेकेदारको सिन्डीकेटलाई ठेक्का दिएर अरबौं भ्रष्टाचार भएको थियो । २०७३ मा पुष्पकमल दाहाल र त्यसपछि शेरबहादुर दुवै सरकारका भौतिक पूर्वाधार मन्त्री क्रमशः रमेश लेखक र वीरबहादुर बलायरको पालामा सिग्देल र कार्कीको डिजाइनमा सडकका ठेक्कामा सिन्डीकेट लादेर ७ वटा ठेकेदारलाई मात्र दिई प्रतिस्पर्धाबाटै बन्चित गर्दा देशलाई अरबौं घाटा भएको थियो । उदाहरणका लागि २०७३ जेठ १६ मा आह्वान भएको धरान–चतरा–गाईघाट–कटारी–सिन्धुली–हेटौैंडा सडक र गल्छी–त्रिशुली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडक आयोजनामा अत्यधिक रुपमा ठूलो प्याकेज निर्माण गरी ७ वटा ठेकेदारले मात्र भाग लिन पाउनेगरी टेण्डर गरिएको थियो । जुन बोलपत्रमा भाग लिनका लागि बार्षिक १ अर्ब रुपैयाँको कारोबार गरेको लगायतका पूर्वयोग्यता(पीक्यू) राखिएको थियो । जसमा कामको अनुभव पनि ७ वटा ठेकेदारसँग मात्र मिल्नेगरी राखिएको थियो ।
१ अर्ब रुपैयाँ कारोबार भएका कम्पनीलाई मात्र विदेशी जेभी राख्न पाउनेगरी अरु सबै ठेकेदारलाई बोलपत्रमा भाग लिन नपाउने गरी नियमावली संशोधन गरिएको थियो । ७ वटा ठेकेदारले नै मन्त्री, सचिव र महानिर्देशकलाई प्रभावमा पारी अरु ठेकेदारले प्रतिस्पर्धा गर्न नपाउने गरी सार्वजनिक खरिद नियमावली संशोधन गरिएको थियो । जसका कारण प्रतिस्पर्धा सीमित हुन गयो । र, देशलाई अरबौं रुपैयाँ नोक्सान हुन पुग्यो ।
पुलसमेत गरी ३० अर्बको धरान–चतरा–हेटौंडा र १० अर्बको गल्छी–स्याफ्रुबेसी,७ अर्बको बुटवल–बेलहिया, ५ अर्बको बिराटनगर–धरान, १२ अर्बको हुलाकी सडक, १२ अर्बको मध्यपहाडी लोकमार्ग पश्चिम खण्डदेखि एडीबी सडक निर्देशनालयको ठेक्का पनि सेटिङमै ७ वटा ठेकेदारको सिन्डीकेटलाई दिइएको थियो । प्रतिस्पर्धालाई सीमित नगर्न सार्वजनिक खरिद अनुगमन कार्यालयले दिएको सुझावलाई समेत तत्कालीन भौतिक मन्त्रालयका सचिव देवेन्द्र कार्की र सडक विभागका महानिर्देशक गोपाल सिग्देलले अवज्ञा गरी अरबौं नीतिगत भ्रष्टाचार आरजुसँग मिलेर गरेका थिए ।
बर्दियामा धेरै जमिन रहेका आरजु राणाका माइतीखलका निकट र जागिरे जीवनमा देउवा–आरजु दम्पतीको आडमा सधैं रजगज गरेका तिनै सिग्देल जेनजी आन्दोलनको जगमा भएको चुनावपछि गठित सरकारका प्रधानमन्त्री वालेन्द्र शाहका पनि प्रियपात्र बनेर मुख्यसचिव हुने भएका छन् ।
यसैगरी केपी ओली प्रधानमन्त्री भएको बेला उनी ओलीसँग पनि निकट मानिन्थे । कहिले आरजु र कहिले ओलीलाई आर्थिक लाभ दिंदै यिनी सधैँ आकर्षक स्थानमा मात्रै कार्यरत रहने र आकूत कमाउने अवसर पाइरहे । ओलीको पालाका भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठले वाम रुझानका सचिव केशवकुमार शर्मालाई हटाएर उनलाई भौतिकमा ल्याएका थिए ।
सेटिङमा निपूर्ण, खान र खुवाउन सिपालु सिग्देल रघुवीरका समेत प्रियपात्र थिए । बिभागको महानिर्देशक हुँदा सिग्देलकै इशारामा सार्वजनिक खरिद नियमावली संशोधन गरी ७ वटा ठूला ठेकेदारलाई मात्र करिब १ खर्बका ठेक्का दिएको बिषय निकै विवादमा परेको थियो । पूर्वयोग्यता(पीक्यू) राखी ७ वटा कन्ष्ट्रक्सन कम्पनीले मात्र भाग लिन पाउनेगरी प्रतिस्पर्धालाई सीमित गरी ठेक्का दिएर अरबौं भ्रष्टाचार भएको थियो ।
सडकका ठेक्का सेटिङमा दिएर अकूत कमाएका तिनै सिग्देल साम दाम सबै नीतिका साथ मुख्यसचिव हुने दाउमा छन् ।
बालेन सरकारका पूर्वाधार विकासमन्त्री सुनिल लम्सालसँग यतिबेला सिग्देल निकै निकट मानिन्छन् । अहिले उनले आफनो सम्पर्क बालेनको सचिवायलको टिमसँग पनि जोडिसकेका छन् । सुलिन लम्सालले सिग्देलाई संरक्षण गर्दै आएका छन् । सहरी विकास मन्त्रालय र भौतिक पूर्वाधार मन्त्रालय नगाभिदासम्म दुई वटा मन्त्रालयको सचिव हुने मौका सिग्देलले नै पाए । यस्तो मौका इतिहासमा यिनले पहिलो पटक पाएका हुन् ।
तत्कालीन भौतिक पूर्वाधार सचिव केशव शर्मा अनिवार्य अवकाशमा गएपछि मन्त्रालयका तत्कालीन वरिष्ठ सहसचिवले निमित्त सचिवको जिम्मेवारी पाउनुपथ्र्यो । यो कानुनमै व्यवस्था छ । वर्तमान मुख्यसचिव अर्यालले पनि मन्त्री लम्साललाई यही सुझाव दिएका थिए । यो सुझाव राख्दा त्यतिबेला मुख्यसचिव अर्यालले उल्टै लम्सालबाट हप्कीदप्की खाएका थिए ।
सिग्देलले गरेका थिए अबैध प्लटिङ रोक्न खोज्दा सरुवा
काठमाडौं उपत्यका विकास विकास प्राधिकरण जिल्ला आयुक्तको कार्यालय काठमाडौंले २ बर्षअघि करिब ३ अर्ब मूल्यबराबरका काठमाडौंका अबैध प्लटिङ रोकेको थियो । तर भूमाफियाहरुले तत्कालीन सहरी विकास मन्त्रालयका सचिव सिग्देलसँग मिलेर कर्मचारीकै सरुवा गरिदिए । र, ती प्लटिङ फुकुवा गराउन सफल भएका थिए ।
काठमाडौं उपत्यकामा भइरहेका अरु अबैध प्लटिङ पनि रोक्नुपर्नेमा विगतमा रोक्का राखिएका अवैध प्लटिङ पनि आर्थिक चलखेलमा फुकुवा गरिएको थियो । उपत्यका विकास प्राधिकरण जिल्ला आयुक्त कार्यालय काठमाडौंले योजना अनुमतिविना प्लटिङ गरिएका घडेरीहरु रोक्का गरी कारबाहीको दायरामा ल्याउने निर्णय २०८० माघ १२ मा गरेको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं उपत्यकाका अबैध प्लटिङ रोक्न पटक पटक निर्देशन दिएको थियो ।
प्राधिकरणको काठमाडौं जिल्ला कार्यालयले अख्तियारको निर्देशन अनुसार ९४ वटा अबैध प्लटिङको कुल ४ हजार ५ सय रोपनी जग्गा रोक्का गरेको थियो । रोक्का गरिएका अबैध प्लटिङका जग्गा करिब ३ खर्ब बराबरका भएको अनुमान गरिएको थियो । थप अबैध प्लटिङ रोक्का गर्दै जानुपर्ने थियो । तर अबैध प्लटिङ रोक्का गर्न खोज्ने प्राधिकरणका काठमाडौं जिल्ला कार्यालयका कर्मचारीकै सिग्देलले सरुवा गरिदिएका थिए ।
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा मुद्दा सेटिङमा मात्र होइन, सहरी विकास तथा भवन बिभागले निर्माण गर्नुपर्ने सर्वोच्च अदालतको भवनको ठेक्का सेटिङको बिषयमा पनि छानबिनमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend