काठमाडौं । । सहरी विकास मन्त्रालयले काठमाडौं उपत्यका विकास प्राधिकरणकी विकास आयुक्त जानुका ढकाललाई कारबाही गर्ने भएको छ ।
मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले ढकाललाई कारबाही गर्न प्रक्रिया अघि बढाएको मन्त्रालय स्रोतले बतायो । केही दिनअघि सिग्देलले ढकाललाई मन्त्रालयमा आफ्नो कार्यकक्षमा बोलाएर कार्यक्षमता कमजोर भएको र आफूखुशी काम गरेको भन्दै हप्काएका थिए ।
रामकुमारी झाँक्री सहरी विकास मन्त्री भएको बेला ढकाललाई कारबाही गर्न खोजिएको थियो । उनलाई प्राधिकरणबाट हटाउनकै लागि दुई पटक स्पष्टीकरणसमेत सोधिएको थियो । ढकालको विषयमा झाँक्रीले सहसचिव पद्म मैनालीको संयोजकत्वमा एउटा उच्चस्तरीय छानबिन समिति गठन गरेकी थिइन् । उक्त समितिले ढकाललाई प्राधिकरणबाट हटाउन स्पष्टसँग सिफारिस गरेको थियो । उक्त समितिले दिएको प्रतिबेदनलाई टेकेर सिग्देलले ढकाललाई कारबाही गर्न खोजेको मन्त्रालय स्रोतले बतायो ।
झाँक्रीको पालामा ढकाललाई कारबाहीको प्रक्रिया अघि बढाइरहेको बेला सहरी विकास मन्त्रालयको सचिवमा रमेशकुमार सिंहको पुनः प्रवेश भएपछि कारबाही प्रक्रिया रोकिएको थियो । त्यतिमात्र नभई मैनाली प्रतिवेदनलाई पूरै गोप्य राखियो ।
ढकाललाई प्राधिकरणमा ल्याउन सिंहकै हात रहेको बताइन्छ । सिंहले अंकभार नै तलमाथि पारेर ढकालको नाम तीन जनाभित्र राखेका थिए । अहिले पनि ढकाललाई कारबाही गर्नबाट जोगाउन सिंह लागिपरेका छन् ।
पूर्वसचिव तथा हाल राष्ट्रिय योजना आयोगका सदस्य सिंहले ढकाललाई जोगाउन लागिपरेको थाहा पाएपछि सिग्देल झनै आक्रोशित भएका छन् । सहरी विकासमा सिग्देललाई सकेसम्म आउन नदिन सिंहले धेरै प्रयास गरेका थिए । त्यसैले सिंहसँग सिग्देल बेखुश छन् ।
ढकालले नेतृत्व गरेको उपत्यका विकास प्राधिकरण अहिले तहसनहसको अवस्थामा छ । पटक–पटक तालाबन्दी हुँदैआएको छ, काम पूरै ठप्प छ । कर्मचारीहरुवीच चरम गुटबन्दीको अवस्था छ । गुटबन्दी गर्ने काम ढकालले आफै गरेकी छन् । आफू निकट कर्मचारीहरुलाई उचालेर तालाबन्दी गर्ने गरेकी छन् । ढकाल प्राधिकरणमा नियुक्त भएपछि लगातार प्रगति कमजोर छ । गएको बर्ष त बार्षिक प्रगति ७ पूतिशतमात्र थियो । उनले नियुुक्ति हुनासाथ अतिक्रमित जग्गा खाली गराउन सूचना निकालिन्, तर खाली गराउने होइन, मोलतोल गरेर कुनै प्रक्रिया नै अगाडि नबढाएको आरोप छ ।
प्राधिरकणका एक कर्मचारी भन्छन्–‘उहाँ (ढकाल)ले आफंै विवेकबाट भन्दा पनि सिंहको इशाराबाट काम गर्नुहुन्छ । प्राधिकरणको वास्तविक विकास आयुक्त सिंह हुन् । त्यसैले कार्यालय भद्रगोलको अवस्थामा पुगेको छ ।’
ढकालको कार्यकाल अब करिब एक वर्षमात्रै बाँकी छ । तर उनी प्राधिरकणमा जति बसिन्, केही काम सकिनन् । नेतृत्व कमजोर भएका कारण प्राधिकरण अहिले नाममात्रको छ । काम गर्न खोज्ने कर्मचारीहरुलाई समेत उनले काम गर्न दिन्नन् । प्राधिकरणलाई धोबीखोला कोरीडोर हेने जिम्मेवारी दिइएको छ ।
कोरिडोरमा अनधिकृत रुपमा कब्जा गरिएको सरकारी जग्गा खाली गर्न ढकालले दुई पटक सूचना समेत निकालिन् तर खाली गरिनन् । अनाधिकृत कब्जा गरेका व्यक्तिसँग उल्टै बार्गेनिङ गर्ने गरेको आरोप उनीमाथि लागेको छ ।
कपनको लोयल्टी स्कुल, निलोपुलको एचआर पेट्रोल पम्प लगायतका धोवीखोला र बागमती नदी किनारका ४ सय ५० रोपनी जग्गा अतिक्रमणमा परेका छन् । तर ती अतिक्रमणमा परेका जग्गा खाली गराउनेभन्दा पनि मोलतोल गर्दै लाभ लिनेतिरमात्र प्राधिकरण नेतृत्व लागेको आरोप छ ।
काठमाडौं । बाढी प्रभावित रसुवाका बालबालिकालाई कुपोषणको जोखिमबाट जोगाउन स्वास्थ्य सेवा विभागले ३० हजार स्याचेट Ready-to-Use Therapeutic Food (RUTF) रसुवा पठाएको छ । बाढीका कारण...
सुयोग शर्मा भदौ १० गते रसुवामा बाढी आयो । स्वास्थ्यका सबै निकाय परिचालन भए तर एकीकृत र प्रभावकारी हुन सकेनन् । कतै स्वास्थ्य सामग्रीको अभाव...
ललितपुर । कारागारमा रहेका व्यक्तिको निर्देशनमा ठूलो लागूऔषध सञ्जाल सञ्चालन भइरहेको आशंकाबीच सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्यूरोले ललितपुरको च्यासलबाट १७ हजार ४ सय...
काठमाडौं । देशको राजधानी काठमाडौंको टेकूमा रहेको केन्द्रीय जनस्वास्थ्य प्रयोगशाला(सेन्टर ल्याब) को ब्यवस्थापन प्रभावकारी नहुँदा आम नागरिकले दिनहुँ सास्ती ब्यहोर्नुपरेको छ । भरपर्दो र विश्वसनीयका...
काठमाडौं । नेपालमा जापानिज इन्सेफ्लाइटिस (जेई) संक्रमण र यसबाट हुने मृत्युको अवस्था गम्भीर बन्दै गएपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले उच्च जोखिममा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend