Nepal Face
  • शनिबार, ३ असोज २०८३
  • संसदीय समितिमा बिनियोजन बिधेयकमाथि छलफल हुने


    बिहिबार, जेष्ठ ८ २०८२
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । संघीय संसदका दुई समितिको बैठक बस्दैछ ।

    संघीय संसद सचिवालय सिंहदरबार परिसरमा उक्त बैठक बस्नेछन् ।

    जसअनुसार विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान ११ः३० बाट सुरू हुनेछ, जुन बैठकमा विनियोजन विधेयक, २०८२ का सिद्धान्त र प्राथमिकता पूर्व बजेटका सम्बन्धमा छलफल गरिनेछ ।

    उता, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा विपद व्यवस्थापन (विपद जोखिम न्यूनीकरण, विपद प्रतिकार्य र विपद् पुनर्लाभ) सम्बन्धमा भएका काम कारबाही, विपद जोखिम न्यूनीकरणको लागि तयारी तथा भावी कार्ययोजना सम्बन्धमा छलफल हुँदैछ । जुन बैठक बिहान ११ः०० बजेबाट सुरू हुनेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार