Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • राष्ट्र बैंकले बिदाका दिन पनि आरटीजीएस प्रणाली सञ्चालन गर्ने


    शनिबार, कार्तिक २९ २०८३
    0
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेपाल राष्ट्र बैंकले सार्वजनिक बिदाका दिन पनि ‘रियल टाइम ग्रस सेटलमेन्ट’ (आरटीजीएस) प्रणाली सञ्चालन गर्ने भएको छ।

    केन्द्रीय बैंकले सूचना जारी गर्दै यही कात्तिक ३० गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म आरटीजीएस प्रणाली सञ्चालन हुने जनाएको हो।

    सरकारले छठ पर्वका अवसरमा पर्सि सोमबार सार्वजनिक बिदा दिने निर्णय गरे पनि भुक्तानी प्रणालीलाई निरन्तरता दिन राष्ट्र बैंकले आरटीजीएस सेवा सञ्चालन गर्ने व्यवस्था मिलाएको हो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार