उपरोक्त विषयमा नेपाल फेस डटकम अनलाइन पोर्टलमा मिति २०८३ कात्तिक २३ गते सोमबार ‘सशस्त्र प्रहरी महिला संघको तीन दिने देउसीभैलो, बीओपीदेखि गुल्म र गणपतिलाई दान जुटाउन गाह्रो’ शीर्षकमा प्रकाशित समाचारप्रति सशस्त्र प्रहरी बल नेपालको गम्भीर ध्यानाकर्षण भएको छ ।
सशस्त्र प्रहरी नायब उपरीक्षक तथा सहप्रवक्ता शैलेन्द्र थापाको नाममा पठाइएको खण्डनमा उल्लेख छ–‘समाचारमा प्रकाशित भएजस्तो सशस्त्र प्रहरी परिवार महिला संघले देशभरका बीओपीदेखि गुल्म, गण, तालिम केन्द्र र वाहिनी इन्चार्ज सम्मलाई देउसी–भैलो वापतको चन्दा रकम तोकेर नै दिनुपर्ने उर्दी जारी नगरिएको स्पष्ट पारिन्छ । कुनै पनि युनिटलाई रकम तोकेर दिनुपर्ने गरी उर्दी जारी भएको भन्ने नितान्त कपोकल्पित, भ्रामक र संगठनलाई बदनाम गर्ने ढंगले प्रकाशित समाचारप्रति सशस्त्र प्रहरी बल नेपाल खेद व्यक्त गर्दछ ।
स्थापनाकालदेखि नै सशस्त्र प्रहरी परिवार महिला संघले विभिन्न सामाजिक कार्यहरू गर्दै आइरहेको र यो एक गैरनाफामूलक संस्था भएको स्पष्ट छ । विगतदेखि नै संघले विभिन्न आयमूलक कार्य गर्दै पवित्र उद्देश्यले बाढी–पहिरो पीडित, गरिब, जेहेन्दार छात्रछात्रा, निम्नवर्गका व्यक्तिहरूका हितमा कार्य गर्दै आएको र यसका साथै कला संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले देउसी–भैलो खेल्ने परम्परालाई निरन्तरता दिने कार्यलाई संगठनको विरुद्धमा प्रचार गर्नु कुनै हालतमा पनि न्यायसंगत देखिँदैन ।
समाचारमा प्रयोग गरिएका कतिपय पारिवारिक विषय र भाषा अत्यन्त तल्लोतरका र पत्रकारिताको सामान्य सिद्धान्त विपरीत रहेका छन् र देउसी–भैलोको नाममा कुनै पनि युनिटलाई जबर्जस्ती नगरिएको र नितान्त पारिवारिक वातावरणमा पर्व मनाउने संघको उद्देश्य रहेको छ ।
महिला संघले गर्ने कुनै पनि कार्यमा व्यक्तिले उकासेको भन्ने र व्यक्तिगत लाञ्छना लगाउने कार्य मर्यादित पत्रकारिताभित्र पर्दैन । यस्तो कार्य परिवारभित्रका व्यक्तिको मानमर्दन गर्ने दूषित मनसायबाट प्रेरित भएको स्पष्ट देखिन्छ ।
सशस्त्र प्रहरी परिवार महिला संघ छुट्टै संस्था भएकोले संघले गर्ने कार्यक्रमहरुमा सशस्त्र प्रहरी बलका युनिटहरुले सामान्य समन्वय र सहजीकरण मात्रै गरिदिने स्पष्ट गरिएको छ ।
तसर्थ कपोकल्पित र भ्रामक समाचारले आम जनता र सकल दर्जामा समेत द्विविधा उत्पन्न हुने भएकोले यो खण्डन प्रकाशित गरिदिन हुन अनुरोध गरिएको छ ।
काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालका उपकुलपति(भीसी) डा. विवेक आचार्य बालेन सरकारको सुशासन नीतिबिपरीत अस्पताल डुवाएर कमाउधन्दामा लागेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान...
काठमाडौँ । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना न्यायाधीश नियुक्त गरेका छन्। नवनियुक्त न्यायाधीशहरूलाई राष्ट्रपति पौडेलको उपस्थितिमा प्रधानन्यायाधीश डा. मनोज शर्माले...
काठमाडौं। सरकारले छठ पर्वको भोलिपल्ट सोमबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै सोमबार छठ पर्वको अवसरमा...
सर्लाही । सीमाक्षेत्रमा हुने चोरी, तस्करी तथा अवैध गतिविधि नियन्त्रण गर्ने जिम्मेवारी पाएको सशस्त्र प्रहरीका केही अधिकारीमाथि नै तस्करसँग आर्थिक लेनदेन गरी अवैध कारोबारलाई...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रतिनिधिमण्डल कात्तिक २९ गतेदेखि चीनको भ्रमणमा जाने भएको छ। चिनियाँ कम्युनिस्ट पार्टी (सिपीसी) को औपचारिक निमन्त्रणामा रास्वपाका महामन्त्री विपिनकुमार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend