गोरखा । गोरखाको धार्चे गाउँपालिका–१ स्थित ठाडो भर्याङको जंगल क्षेत्रमा शनिबार बिहान ठूलो सुख्खा पहिरो खसेको छ ।
पहिरोका कारण केही ढुंगा र माटो बूढीगण्डकी नदीमा पुगे पनि नदी थुनिने अवस्था नरहेको स्थानीय प्रशासन र गाउँपालिकाले जनाएका छन् ।
धार्चे गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङका अनुसार पहिरो खसेको स्थान फराकिलो पाखो क्षेत्रमा रहेकाले तत्काल कुनै जोखिम छैन । नदीमा केही छिटपुट ढुंगा र माटो मात्रै पुगेको उनले बताए ।
गोरखा प्रहरीका अनुसार शनिबार बिहान करिब ९ बजे एक्कासी पहिरो खसेको हो । पहिरोबाट मानवीय क्षति भएको छैन भने धुलो सडकसम्म आइपुगेको छ ।
पहिरो खसेको स्थानमा प्रहरी टोली परिचालन गरिएको बताइएको छ ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश कार्कीले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप) मा सहभागी हुन जानेहरूले सरकारी खर्चमा गएको हो...
उपरोक्त विषयमा नेपाल फेस डटकम अनलाइन पोर्टलमा मिति २०८३ कात्तिक २३ गते सोमबार ‘सशस्त्र प्रहरी महिला संघको तीन दिने देउसीभैलो, बीओपीदेखि गुल्म र गणपतिलाई...
काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालका उपकुलपति(भीसी) डा. विवेक आचार्य बालेन सरकारको सुशासन नीतिबिपरीत अस्पताल डुवाएर कमाउधन्दामा लागेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान...
काठमाडौँ । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना न्यायाधीश नियुक्त गरेका छन्। नवनियुक्त न्यायाधीशहरूलाई राष्ट्रपति पौडेलको उपस्थितिमा प्रधानन्यायाधीश डा. मनोज शर्माले...
काठमाडौं। सरकारले छठ पर्वको भोलिपल्ट सोमबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै सोमबार छठ पर्वको अवसरमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend