काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदद्वय सोविता गौतम र सुमना श्रेष्ठले सदनमा बोल्न नदिएको भन्दै गरेको प्रचारबाजीप्रति सभामुख देबराज घिमिरेले चासो देखाएका छन् ।
सभामुखका प्रेस संयोजक शेखर अधिकारीका अनुसार सांसद गौतमले माघ २७ गते पारित भइसकेको विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकबारे बोल्न माघ २८ गते आकस्मिक समय मागेकी थिइन् । तर, सभामुखले विधेयक पारित भइसकेका अवस्थामा सोही बिषय आकस्मिक विषय हुन नसक्ने बताएका थिए ।
सो विधेयक पारित गर्नुअघि नै सभामुखले कानून मन्त्री, उपसभामुख तथा प्रमुख पाँच दलका प्रमुख सचेतकसँग छलफल गरेको र त्यहीँ भएको सहमति अनुसार नै विधेयक अगाडि बढाएको भने पनि उनले प्रोसेस बिग्रिएको भन्दै बोल्न माग गरेकी थिइन् । तर, सोविताले बोल्न चाहेको विषय आकस्मिक नहुने भन्दै अरु नै विषय भए राख्न सकिने सभामुख घिमिरेले जानकारी दिएका थिए ।
तर, फागुन ५ गतेको बैठक सुरुवातको जनाउ घण्टी बस्न सुरु भएपछि सांसद श्रेष्ठले भारतमा नेपाली विद्यार्थी समस्यामा परेको भन्दै समय माग्न आएकी थिइन तर सभामुख घिमिरे आफ्नो च्याम्बरबाट उठेर बैठक कक्षतिर प्रवेश गरे पछि उनी आएको दावी सभामुखको सचिवालयको छ ।
‘जनाउ घण्टी सुरु भइसकेकाले त्यस विषयमा मैले बुझ्न पाइनँ । तपाईंले अगाडि नै विषय जानकारी गराउनुभएको भए पनि हुन्थ्यो । उठाउने विषय हो भने (सांसद अशोक चौधरीतर्फ देखाउँदै) उहाँलाई भन्नुहोला, उहाँले राखे पनि हुन्छ । उहाँले समय लिइसक्नुभएको छ । मैले तपाईंको विषय बुझ्न समय भएन । या त भोलि राख्नुहोला’ भनेर निस्कनुभयो,’ सभामुख घिमिरेको प्रेस संयोजकले भने ।
सभामुखले सो जानकारी दिदाँ रास्वपा प्रमुख सचेतक सन्तोष परियार पनि सँगै थिए र दलीय अनुरोध पनि आएको अवस्था थिएन ।
‘आकस्मिक विषय उठाउने नै हुँदा उपसभामुखले चेयर गरेको बेला सभामुखलाई विषय बुझाएर राख्न सकिन्थ्यो, त्यो पनि अभ्यास छ तर, संसदीय प्रक्रियाभन्दा बाहिर गएर, मिडिया, सोसल मिडियाबाट प्रेसर क्रिएट गर्न खोजिएको छ । सभामुखले अबका दिन पनि हाम्रा अभ्यास, कानून, नियमावलीको व्यवस्था र दलीय समझदारीलाई नै हेर्ने हो’ सभामुखको सचिवालयले भनेको छ ।
खासमा सभामुखसँग आकस्मिक समय माग्न बैठक सुरु हुनु आधा घण्टा अगाडि औसत २० देखि ३० जना सांसद सभामुखको च्याम्बरमा रहेका हुन्छन्, तीमध्ये सबैले समय पाउँदैनन् । ‘समय पाउने ८ देखि १० जनाले हो, आकस्मिक समयमा नियमावलीले नै व्यवस्था गरेको भन्दा फरक विषय उठ्ने गरेको भन्दै कार्यव्यवस्थामै पटक पटक आवाज उठ्ने गरेको छ,’ सभामुखको सचिवालयले स्पष्टीकरण दिदैँ भनेको छ ।
हिजोको संसदमा सभामुखले बोल्न नदिएको भन्दै सांसद श्रेष्ठ बैठकस्थल छाडेर हिडेको र बाहिर मिडियामा टिप्पणी गरेपछि सभामुखको सचिवालयले यो स्पष्टीकरण दिएको हो ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी स्वदेश फर्किएका छन् । उनी केहीबेर अघिमात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । महासभामा...
विराटनगर । विराटनगरमा नेपाली कांग्रेसको वडा अधिवेशनका क्रममा दुई पक्षबीच कुटाकुट भएको छ । विराटनगर महानगरपालिका–६ को वडा अधिवेशनका क्रममा शुक्रबार दिउँसो दुई पक्षबीच कुटाकुट...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललगायत विशिष्ट अतिथि तथा विदेशी पाहुनाहरूले इन्द्रजात्रा अवलोकन गरेका छन् । सांस्कृतिक एवं ऐतिहासिक पर्व इन्द्रजात्राका अवसरमा राष्ट्रपति पौडेल जुद्ध सालिकदेखि...
काठमाडौं । निरन्तरको वर्षापछि काठमाडौंका विभिन्न नदीहरूको सतह बढेको छ । बागमती मनोहरा लगायत खोलामा बाढी बढेपछि गृहमन्त्री सुधन गुरुङ अनुगमनमा निस्किएका छन् । उनी केहीबेरअघि...
काठमाडौं । काठमाडौं उपत्यकाभित्रका नदीमा बाढीको सतह बढ्न थालेपछि ट्राफिक प्रहरीले करिडोर भएर यात्रा नगर्न आह्वान गरेको छ । ललितपुरको च्यासलमा अवस्थित पुल बाढीले छोएपछि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend