Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पाँच प्रमुख दलका सचेतकसँग छलफल गर्दै सभामुख


    सोमबार, माघ १४ २०८१
    940
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं  । हिउँदे अधिवेशनका लागि तयारी तिब्र पारिएको छ ।

    माघ १८ गतेदेखि सुरू हुने हिउँदे अधिवेशनका लागि सभामुख देबराज घिमिरेले सक्रियता बढाएका छन् ।

    जसअनुसार सभामुख घिमिरेले आज बिहान ११ बजेबाट प्रमुख पाँच दलका मुख्य सचेतक र प्रमुख सचेतकसँग सिंहदरवारमा छलफल गर्न लागेको उनको सचिवालयले जनाएको छ ।

    हिजो बिहान ११ बजे सत्तापक्षका मुख्य सचेतक, प्रमुख सचेतकसँग छलफल गरेका सभामुख घिमिरेले सो पछि दिउँसो २ बजे प्रमुख प्रतिपक्ष तथा प्रतिपक्षी दलका प्रमुख सचेतकसँग छलफल गरेका थिए ।

    सभामुख घिमिरेका सचिवालयका अनुसार भोली दिउँसो १ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक सिंहदरवारमा तय गरिएको छ। साथै, विधेयक रहेका संसदीय समितिका सभापतिसँग पनि सभामुख घिमिरेले अलग अलग संवाद गरिरहेको उनका प्रेस संयोजक शेखर अधिकारीले जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार