Nepal Face
  • आइतबार, १० साउन २०८३
  • संसद अधिवेशनको तयारी तीब्र, आज कार्यब्यवस्थाको बैठक बस्दै


    मंगलबार, माघ १५ २०८१
    970
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । संसदको हिउँदे अधिवेसनका लागि तयारी तिब्र पारिएको छ ।

    माघ १८ गतेदेखि  सुरू हुने हिउँदे अधिवेशनका लागि सभामुख देबराज घिमिरेले सक्रियता बढाएका छन् ।

    जसअनुसार सभामुख घिमिरेले आज दिउँसो १ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक सिंहदरवारमा तय गरिएको छ ।

    साथै, विधेयक रहेका संसदीय समितिका सभापतिसँग पनि सभामुख घिमिरेले अलग अलग संवाद गरिरहेको उनका प्रेस संयोजक शेखर अधिकारीले जानकारी दिए ।

    हिजो प्रमुख पाँच दलका मुख्य सचेतक र प्रमुख सचेतकसँग सिंहदरवारमा छलफल गरिएको थियो भने सो अघि सत्तापक्षका मुख्य सचेतक, प्रमुख सचेतकसँग छलफल गरेका सभामुख घिमिरेले सो पछि दिउँसो २ बजे प्रमुख प्रतिपक्ष तथा प्रतिपक्षी दलका प्रमुख सचेतकसँग छलफल गरेका थिए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार